NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्री चीन जानुअघि बल्ल राजदूत नियुक्त

आइतवार कार्तिक २५ , २०८१
Reading Time: 1 min read
A A
आफ्नो पक्षबाट सभापतिमा एकल उम्मेद्‌वार तय गर्न पौडेल समूहले बोलायो बैठक

?????????????????????????????????????????????????????????

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ कार्तिक ,काठमाण्डौ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दुईजनालाई राजदूत पदमा नियुक्त गरेका छन् । उनले मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका निम्ति नेपाली राजदूतमा नियुक्त गरेका छन् ।

यस्तै, लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका निम्ति नेपालको आवासीय राजदूतमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ओली र रेग्मीलाई राजदूत पदमा नियुक्त गरेका हुन् ।

१४ साउनमा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पौडेलले ओली र रेग्मीलाई राजदूत नियुक्त गरेका हुन् ।

लामो समयदेखि राजदूत रिक्त रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि चीन र अमेरिकाका लागि पनि राजदूत नियुक्त गरिएको हो । सरकारले यसअघिका राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएपछि चीनमा नेपाली राजदूत पद रिक्त रहँदै आएको थियो ।

अहिले संसदीय सुनुवाइ प्रक्रिया पूरा भइसकेका ओलीलाई राष्ट्रपतिले नियुक्त गरेसँगै अब चीन गएर उनले प्रधानमन्त्रीको भ्रमणको आवश्यक तयारीलाई तीव्रता दिने बताइएको छ । प्रधानमन्त्री ओली यही डिसेम्बर महिनामा चीन भ्रमण जाने तयारीमा छन् ।

भ्रमणको निम्ता आइसकेपनि सरकारी निकायले यकिन मिति भने सार्वजनिक गरेको छैन । भारतबाट चासो नदिएपछि प्रधानमन्त्रीले चीनको भ्रमण गर्न लागेको बताइएको छ । यसैबीच प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर सत्ता सहयात्री एमाले र काँग्रेसबीच केही तनाब देखिएको छ ।

ओलीको चीन भ्रमणलाई नै लिएर दुई दलबीच राजनीतिक संयन्त्र बनाइएको र त्यसको चाँजोबाँझो परराष्ट्रमन्त्री आरजु राणाले नै मिलाउने भन्ने संदेश बाहिर आएपछि एमालेले यसमा खण्डन समेत गरेको छ ।

एमालेले गत कात्तिक २१ गते नेपाली कांग्रेससँग बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको स्पष्टीकरण दिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

दुई दलबीच सहकार्य भइरहने वातावरण निर्माणका लागि संयन्त्र बनेको उनको दाबी थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा ८ सदस्यीय संयन्त्र छ ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषय पनि उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीको चीन भम्रणको तयारीका लागि ओली र देउवाको निर्देशनमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई जिम्मेवारी दिइएको संयन्त्र बनिसकेपछि जारी विज्ञप्तिमा बताइएको थियो ।

यद्यपि, सो संयन्त्र प्रधानमन्त्रीको भ्रमणका लागि नबनाइएको उपमहासचिव ज्ञवालीले बताए । उनले भने, ‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन ।

दुईवटा राजनीतिक दलहरूको बीचमा खासगरी सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्तावेज तयार गरेका थियौँ,’ ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘सरकारले त्यसलाई आत्मसाथ गरेको छ ।

त्यसलाई सहजीकरण गर्ने र दुई दलबीच सहकार्य भइरहने वातावरणका लागि संयन्त्र बनेको हो । तत्कालका लागि महत्त्वपूर्ण एजेन्डा प्रधानमन्त्रीको चीन भ्रमण भएकाले त्यहाँ छलफल भयो । तर त्यही भ्रमणका लागि बनाइएको होइन।’

संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट ४ र नेकपा एमालेको तर्फबाट ४ जना सदस्य रहेका छन् । जसमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । संयन्त्रको पहिलो बैठकले कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालैपालो गर्ने उल्लेख गरिएको छ ।

Tags: #एमाले–काँग्रेसबीच तनाब#ओली चीन जाने

लोकप्रीय

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

हालका पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.