×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026

प्रधानमन्त्री चीन जानुअघि बल्ल राजदूत नियुक्त

२५ कार्तिक २०८१

२५ कार्तिक ,काठमाण्डौ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दुईजनालाई राजदूत पदमा नियुक्त गरेका छन् । उनले मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका निम्ति नेपाली राजदूतमा नियुक्त गरेका छन् ।

Advertisement
Advertisement

यस्तै, लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका निम्ति नेपालको आवासीय राजदूतमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ओली र रेग्मीलाई राजदूत पदमा नियुक्त गरेका हुन् ।

१४ साउनमा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पौडेलले ओली र रेग्मीलाई राजदूत नियुक्त गरेका हुन् ।

लामो समयदेखि राजदूत रिक्त रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि चीन र अमेरिकाका लागि पनि राजदूत नियुक्त गरिएको हो । सरकारले यसअघिका राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएपछि चीनमा नेपाली राजदूत पद रिक्त रहँदै आएको थियो ।

अहिले संसदीय सुनुवाइ प्रक्रिया पूरा भइसकेका ओलीलाई राष्ट्रपतिले नियुक्त गरेसँगै अब चीन गएर उनले प्रधानमन्त्रीको भ्रमणको आवश्यक तयारीलाई तीव्रता दिने बताइएको छ । प्रधानमन्त्री ओली यही डिसेम्बर महिनामा चीन भ्रमण जाने तयारीमा छन् ।

भ्रमणको निम्ता आइसकेपनि सरकारी निकायले यकिन मिति भने सार्वजनिक गरेको छैन । भारतबाट चासो नदिएपछि प्रधानमन्त्रीले चीनको भ्रमण गर्न लागेको बताइएको छ । यसैबीच प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर सत्ता सहयात्री एमाले र काँग्रेसबीच केही तनाब देखिएको छ ।

ओलीको चीन भ्रमणलाई नै लिएर दुई दलबीच राजनीतिक संयन्त्र बनाइएको र त्यसको चाँजोबाँझो परराष्ट्रमन्त्री आरजु राणाले नै मिलाउने भन्ने संदेश बाहिर आएपछि एमालेले यसमा खण्डन समेत गरेको छ ।

एमालेले गत कात्तिक २१ गते नेपाली कांग्रेससँग बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको स्पष्टीकरण दिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

दुई दलबीच सहकार्य भइरहने वातावरण निर्माणका लागि संयन्त्र बनेको उनको दाबी थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा ८ सदस्यीय संयन्त्र छ ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषय पनि उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीको चीन भम्रणको तयारीका लागि ओली र देउवाको निर्देशनमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई जिम्मेवारी दिइएको संयन्त्र बनिसकेपछि जारी विज्ञप्तिमा बताइएको थियो ।

यद्यपि, सो संयन्त्र प्रधानमन्त्रीको भ्रमणका लागि नबनाइएको उपमहासचिव ज्ञवालीले बताए । उनले भने, ‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन ।

दुईवटा राजनीतिक दलहरूको बीचमा खासगरी सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्तावेज तयार गरेका थियौँ,’ ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘सरकारले त्यसलाई आत्मसाथ गरेको छ ।

त्यसलाई सहजीकरण गर्ने र दुई दलबीच सहकार्य भइरहने वातावरणका लागि संयन्त्र बनेको हो । तत्कालका लागि महत्त्वपूर्ण एजेन्डा प्रधानमन्त्रीको चीन भ्रमण भएकाले त्यहाँ छलफल भयो । तर त्यही भ्रमणका लागि बनाइएको होइन।’

Advertisement

संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट ४ र नेकपा एमालेको तर्फबाट ४ जना सदस्य रहेका छन् । जसमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । संयन्त्रको पहिलो बैठकले कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालैपालो गर्ने उल्लेख गरिएको छ ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top