×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एनपीएल रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

२५ कार्तिक २०८१

२५ कार्तिक , काठमाण्डौ।

नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन तीन सातामात्रै बाँकी रहेका बेला यसलाई रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेर प्रतियोगिता आयोजनाको बाटो खुला गरिदिएको छ ।

Advertisement
Advertisement

अब तोकिएकै मितिमा प्रतियोगिता हुने छ । एनपीएल रोक्न माग गर्दै जोरा स्पोर्ट्स म्यानेजमेन्टका तर्फबाट अमिर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आइतबार न्यायाधीश हरि फुयालको इजलासले रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । तर, अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रिटमा अख्तरले एनपीएलको फ्रेन्चाइज नेपाल क्रिकेट संघ (क्यान)ले १० वर्षका निम्ति आफ्नो नाममा दिइसकेको दाबी गरेका छन् ।

त्यसरी दिइसकेको फ्रेन्चाइज अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने जिकिर गर्दै उनले यही कातिक २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए । आफूमाथि क्यानले अन्याय गरेकाले न्याय गरिदिनुपर्ने उनको माग तत्काल सम्बोधन हुनुपर्ने प्रकृतिको नभएको भन्दै सर्वोच्चले अन्तरिम आदेश आवश्यक नपर्ने ठहर गरेको हो ।

आउँदो मंसिर १६ गतेदेखि काठमाडौंमा उक्त प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगिताका निम्ति क्यानले खेलाडीको ‘अक्सन’ समेत गराइसकेको छ । प्रतियोगितामा सहभागी हुने आठै क्लब आ–आफ्नो तयारीमा व्यस्त छन् ।

क्लबहरूले प्रतियोगिताको तयारीका निम्ति ठूलो धनराशि समेत खर्च गरिसकेका छन् । अन्तरिम आदेश नपाएसँगै लिगका लागि तत्कालको कानुनी अवरोध हटेको छ । विगतमा नेपाल प्रिमियर लिग नाममा प्रतियोगिता आयोजना गर्ने तयारी अख्तरले गरेका थिए ।

एनपिएल नाममा आफ्नो दाबी गर्दै अख्तरले गत महिना क्यानलाई सहमति गर्न ७ दिनको अल्टिमेटम दिएका थिए ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top