×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

वेस्ट इन्डिजका राइफर पोखरामा अनुबन्ध, एनपिएलको स्वामित्व क्यानको

२६ कार्तिक २०८१

२६ कार्तिक, काठमाण्डौ।

पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो ।

Advertisement
Advertisement

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका ३१ वर्षीय राइफर अलराउन्डर हुन् । उनले टी–२०मा ९३ म्याच खेलेका छन् । जसमा ११२४ रन बनाउँदै ६६ विकेट लिएका छन् ।

राइफरलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेटिएकाले टिम बलियो बनेको र प्रदर्शन पनि उच्च हुने विश्वाल लिएको बताए ।

एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन् । त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएका छन् ।

त्यस्तै आइपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ । एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

यसअघि एनपीएल रोक्न अन्तरिम आदेश माग गर्दै अदालतमा रिट परेपछि प्रतियोगिता आयोजना हुने नहुनेमा दुविधा थियो । तर हिजोमात्रै क्यानलाई एनपिएल आयोजनाका लागि कानूनी बाटो खुलेको छ ।

एनपिएल रोकी पाउ भनि आमिर अख्तरले दायर गरेको मुद्दामा आइतवार सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ र अन्तरिम आदेश दिन नपर्ने भनेपछि एनपिएल आयोजनाका लागि बाटो खुलेको हो ।

एनपीएलमा आफ्नो अधिकार दाबी गर्दै अख्तरले कात्तिक २३ गरे रिट दायर गरेका थिए । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी क्यानसँग लिखित जवाफ माग गरेको छ ।

जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपिएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । अदालत जानुअघि एनपिएल नाममा आफ्नो दाबी गर्दै अख्तरले गत महिना क्यानलाई सहमति गर्न ७ दिनको अल्टिमेटम दिएका थिए ।

तर अब अख्तरले आफू अदालतको आदेशको सम्मान गर्ने बताएका छन् । ‘मलाई अन्याय भयो भनेर अदालत गएको हु । निर्णय मेरो पक्ष वा विपक्ष जस्तो आएपनि म त्यसको सम्मान गर्छु। यसमा म दुःखी छैन,’ अख्तरले भने ।

एनपिएलका सहभागी ८ टोलीले खेलाडी अनुबन्ध गर्नेलगायत अन्य तयारी अघि बढाइरहेका छन् । यसअघि असोज २९मा एनपिएललाई लिएर पूर्व क्रिकेटर तथा व्यवसायी अख्तरले नेपाल क्रिकेट संघ क्यानलाई चेतावनी दिएका थिए ।

नेपाल प्रिमियर लिग एनपिएल कम्पनीको रुपमा आफ्नो नाममा दर्ता रहेको र सो सम्बन्धि सम्पूर्ण अधिकार आफ्नो हुने दाबी गर्दै आमिरले क्यानलाई आफ्नो सहमति बिना फ्रेन्चाईज प्रतियोगिता अघि नबढाउन चेतावनी दिएका थिए ।

नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करण सन् २०१४ मा धनगढीमा सफलतापूर्वक सञ्चालन गरेको जानकारी गराउँदै उनले कम्पनी ऐन अनुसार क्यानले एनपिएल आफुसँग खोस्ने काम गरेको आरा्प लगाएका थिए ।

उनले एनपिएल आफ्नो स्वामित्व भएको अधिकार प्राप्त कम्पनी भएको र सोलाई नजरअन्दाज गर्दै क्यानले एनपिएल घोषणा गर्नु कानुन विपरित रहेको दाबी गरेका थिए । उनले एनपिएल भव्यतापूर्वक गर्नुपर्ने तर त्यसका लागि एनपीएलको सञ्चालकको रुपमा आफु र क्यानबीच आपसी सहमती तथा सम्झौता हुनुपर्ने सर्त अघि सारेका थिए ।

आमिरले आपसी सहमती र सम्झौता अनुसार एनपीएल क्यानमा नामसारी गरिदिने तर सहमति नभएको खण्डमा अदालत जाने चेतावनी दिएका छन् । तर यो प्रस्ताव क्यानल् अस्वीकार गरेपछि उनी अदालत गएका थिए ।

आमिरले नेपाल प्रिमियर लिगको नाममा सन् २०१४ मा फ्रेन्चाईज क्रिकेट आयोजना गरेका थिए । त्यसपछि एनपीएलको नाममा विवाद आएपछि एभरेस्ट प्रिमियर लिग ईपीएलको नामबाट उनले अन्तराष्ट्रिय स्तरको फ्रेन्चाईज क्रिकेट सञ्चालन गर्दै आएका थिए ।

क्यानले सबै अन्तराष्ट्रिय स्तरका फ्रेन्चाईज प्रतियोगिताको अनुमती खारेज गर्दै नेपाल प्रिमियर लिगको नामबाट आफ्नो आधिकारिक फ्रेन्चाईज प्रतियोगिता घोषणा गरेको छ । सोही अनुसार पहिलो संस्करणको प्रतियोगिताको नेपाल प्रिमियर लिग आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुने भनिएको छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top