×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

रवि लामिछानेको हिरासत बसाइ ९० दिनसम्म लम्बिन सक्ने

२६ कार्तिक २०८१

२६ कार्तिक, काठमाण्डौ।

सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाई लम्बिदै गएको छ। लामिछाने आइतबार मात्रै अदालतले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अदालतको आदेशसँगै पूर्वगृहमन्त्रीसमेत रहेका रवि अझै १३ दिन प्रहरी हिरासतमा रहनेछन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा रविलाई ६ दिन, ७ दिन र १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको थियो । चौथो पटक १३ दिन म्याद थप भएपछि उनको हिरासत बसाई ३६ दिन पुग्नेछ ।

अनुसन्धानको लागि हिरासतमा राख्न यो चौथोपटक म्याद थप गरिएको हो । उनीविरुद्द रुपन्देही प्रहरीले पनि पक्राउ पूर्जी जारी गरेको छ । कास्की प्रहरीले यहाँको अनुसन्धान सकेपछि पूरक अनुसन्धानको लागि रविलाई बुटबल पठाउने जानकारी दिएको छ ।

सभापति सहकारी प्रकरणमा अनुसन्धान रहदा पनि पार्टी भने रविले नै संचालन गर्ने भएका छन् । यसको जानकारी रास्वपाका उपसभापति डिपी अर्यालले दिएका छन् । उनले रवि लामिछाने जिउँदो रहेसम्म सभापति रहने बताएका छन् ।

रवि हिरासतमा रहदा समेत कार्यवाहक सभापति नतोकिएको भन्दै यसका बारेमा चासो बढिरहेका बेला अर्यालले सबैलाई चित्त बुझ्ने गरी रास्वपाको नेतृत्वको बारेमा जवाफ दिएका छन् ।

यस्तै अर्यालले दोस्रो चरणको सडक आन्दोलनको कार्यक्रम समेत चाडै सार्वजनिक गरिने बताएका छन् । आन्दोलन परिचालन समिति संयोजक समेत रहेका उनले यसका लागि पार्टी सभापति रवि लामिछानेसँग छलफल हुने जानकारी दिएका छन् ।

लामिछाने हिरासतमै रहे पनि हिरासत कक्षमै छलफल गरेर आवश्यक निर्णय लिने उनले बताएका छन् । यसका लागि अर्का उपसभापति स्वर्णिम वाग्लेले समेत पोखरा पुग्ने उनले जानकारी दिएका छन् ।

दुई उपसभापतिले आगामी रणनीतिबारे रपिसँग हिरासत कक्षमै निष्कर्ष निकाल्ने छन् । पार्टीको शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको थियो ।

मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय रास्वपाको छ ।

सोही कारण आन्दोलनको नयाँ कार्यक्रम तय गर्न छलफल गर्न लागिएको अर्यालको भनाई छ । सहकारीको बचत गोरखा मिडियामा ल्याएर अपचलनमा संलग्न रहेको संसदीय छानबिन समितिले निष्कर्ष सहितको प्रतिवेदन दिएपछि यतिवेला सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

तर रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा आइतबार अर्यालले रास्वपाले अर्को सभापतिको कल्पना नरहेको बताएका छन् । रवि हिरासतमा वा जेलमा बसे पनि सभापति नै भइरहने उनले बताएका छन् ।

जेलमै बसेर पार्टी सञ्चालन गरेको, प्रधानमन्त्रीको कुर्चीमै बसेको संसारमा धेरै उदाहरण रहेको दाबी उनले गरेका छन् । लामिछानेको रिहाइको माग गर्दै २३ दिनदेखि निरन्तर रास्वपाका नेता, कार्यकर्ता तथा शुभचिन्तक सडक संघर्षमा छन् ।

रास्वपा भन्छ प्रतिशोध भयो हिरासतमुक्त गरेर अनुसन्धान गर । तर प्रधानमन्त्री नै भन्छन् कानूनको कार्यान्वयन मैले सहकारीको छानविन गर्न मानेको थिइन् अनि म छानविपन समितिमा थिइन् ।अहिले सत्तारुढ दल र प्रतिपक्ष रास्वपाले यो प्रकरणलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

रवि हिरासतमुक्त भए नजिकिदो मंसिर १६ को उपनिर्वाचनमा यसको असर दिने डर सत्तारुढ दललाई रहेको छ । लामिछानेलाई सूर्यदर्शन सहकारीको अनुसन्धान सकिएपछि बुटवलको सुप्रिम सहकारीको छानविनका लागि पठाइने लगभग तय भइसकेको छ ।

शनिवार रास्वपा उपसभापति अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल गरेको थियो ।

साथै बैठकमा मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनबारे पनि छलफल भएको थियो । यसबीचमा रास्वपाले पहिलो चरणको शान्तिपूर्ण आन्दोलनबाट सरकार टसकोमस नभएपछि दोस्रो चरणको आन्दोलन नै घोषणा गरेको छ।

रास्वपाको केन्द्रीय समिति बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विभिन्न पाँच वटा सहकारीबाट गोर्खा मिडियामा रकम ल्याई अपचलन गरेको आरोप लामिछानेमाथि छ ।

सोही आरोपमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पनि कास्की प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो । छवि र रविको एउटै मुद्दा भएकाले आइतबार थप गरिएको १३ दिन जोड्दा ६० दिन पुग्छ ।

रवि लामिछाने छविलालभन्दा एक महिना पछाडि पक्राउ परे पनि सो मुद्दाको अनुसन्धान छविलाल पक्राउ परेको मितिदेखि नै गणना गरिएको छ । त्यस आधारमा संगठित अपराधको अनुसन्धानका लागि थुनामा राख्न पाउने ६० दिनको अवधि सकिएकाले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको देखिन्छ ।

सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top