Nepal Times
Nepal Times
3
Shares

नेपाली रुपैयाँ हालसम्म कै कमजोर

नेपाली रुपैयाँ हालसम्म कै कमजोर

२७ कार्तिक ,काठमाण्डौ।

आज मंगलबार पनि नेपाली बजारमा अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा पुग्दै डलर हालसम्मकै महँगो बनेको हो।

यो सँगै नेपाली रुपैयाँ सबैभन्दा कमजोर बनेको खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । आज १ डलर पाउनको लागि १३५ रुपैयाँ ३४ पैसा नेपाली रकम खर्च गर्नु पर्छ ।

अर्थात् एक डलर साट्नको लागि अब अहिलेसम्मकै धेरै पैसा तिर्नु पर्छ । यसलाई अर्को भाषामा भन्दा नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ। राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर भने १३४ रुपैयाँ ७४ पैसा तोकेको छ ।

यो राष्ट्र बैंकले खरिद गर्ने मूल्य हो । यस अघि हिजो सोमबार डलरको बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा र खरिद दर १३४ रुपैयाँ ७१ पैसा रहँदै डलर हालसम्म कै उच्च बनेको थियो। सो रेकर्ड आज तोडिएर डलरले फेरी नयाँ उचाई कायम गरेको हो ।

अमेरिकामा डोनाल्ड ट्रंपले राष्ट्रपतिको चुनाव जितेसंगै त्यसको प्रभावको कारण डलर थप मजबुत हुँदै डलरको मूल्य बढेको हो । डलरको मूल्य बढेर हालसम्म कै उच्च हुँदा नेपाली रुपैयाँ हालअसम्मा कै कमजोर बनेको छ।

डलरको मूल्य महँगो हुँदा कसलाई फाईदा हुन्छ भने कसैलाई घाटा हुन्छ। सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। डलरको मूल्य महँगो हुँदा नेपाल आउने रेमिट्यान्स बढ्छ ।

डलरमा पठाएको रेमिट्यान्स नेपालमा साट्दा धेरै पैसा आउँछ, डलरको भाउ महँगो हुँदा डलर साट्दा पाइने नेपाली रकम धेरै हुने हो । त्यस्तै डलरको मूल्य महँगो हुँदा नेपालमा प्राप्त हुने वस्तु तथा सेवाहरु पहिलेको भन्दा कम डलरमा पाइन्छ ।

यसले पर्यटनहरुलाई नेपालमा आकर्षण गर्न मद्दत गर्न सक्छ । जसबाट नेपालले फाईदा लिन सक्छ । त्यस्तै डलर महँगो हुँदा नेपालले निर्यातबाट धेरै लाभ लिन सक्छ । नेपालले वस्तु तथा सेवा विदेश निर्यात गर्दा डलर प्राप्त गर्ने र सो डलर महंगो हुँदा नेपालले थप आम्दानी गर्न सक्छ ।

यसले केही हदसम्म भएपछि ब्यापार घटाउन मद्दत गर्नसक्छ । तर नेपालले निर्यात भन्दा आयात धेरै गर्ने भएकोले डलरको मूल्य महँगो हुँदा आयात महँगो हुन जान्छ । यसले नेपालको वैदेशिक मुद्राको संचितिमा असर पुर्याउन सक्छ ।

साथै डलरको मूल्य बढ्दा नेपालले डलरमा तिर्नु पर्ने सावाँ र ब्याज महँगो हुन्छ । यसले नेपाललाई थप आर्थिक भार पर्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.