वल्र्डकपको ढोका खोल्न आतुर नेपाल

२७ कात्तिक ८१, बुधबार

२८ कार्तिक , एजेन्सी ।

यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै छ । विश्वकप छनोटको निर्णायक खेलका रुपमा रहेको यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।

यो नै निर्णायक खेल हो, जसले अर्को वर्ष मलेसियामा हुने विश्वकपमा एसियाबाट पुग्ने एक टोलीको टुंगो लगाउने छ । दुबईमा दिउँसो सवा ३ बजेदेखि सुरु हुने खेल नेपालले रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्न आवश्यक छ ।

Advertisement

यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जीत सहित यूएई १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जीत र १ हारसहित ८ अंक जोडेको नेपाल दोस्रोमा छ ।

आज हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन, रनरेटमा पनि अगाडि आउनुपर्ने छ । पहिले ब्याटिङ गरेर १४० रन बनाएको अवस्थामा २१ रन वा बढीको अन्तरले खेल जित्नुपर्ने छ । त्यस्तै यूएईले पहिले ब्याटिङ गरेको अवस्थामा नेपालले १६.१ ओभरमा लक्ष्य पूरा गरिसक्नुपर्ने हुन्छ ।

यीभन्दा कम अन्तरको जीत हासिल गरेपनि नेपाल रनरेटमा पछाडि पर्दै खेल जितेपनि दोस्रोमै सीमित भएर विश्वकप खेल्नबाट वञ्चित हुने छ । हालसम्म अपराजित रहेको यूएईलाई रनरेटमा समेत पछि पार्दै हराएमा नेपाल पहिलोपटक आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुने छ ।

यसपटक कप्तान पुजा महतो उत्कृष्ट लयमा देखिएकी छन् । मंगलबार कुवेतविरुद्ध पूजाले एकै पटक शतक र ५ विकेटको दुर्लभ कीर्तिमान बनाएकी छन । अजमानस्थित द सेभेन रंगशालामा पूजाले अविजित १३० रनको इनिङ्स खेलिन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला खेलाडीको यो दोस्रो र उमेर समूहमा पहिलो शतक हो । रुबिना क्षेत्रीले फेब्रुअरीमा मलेसियामा एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ११८ रन बनाएकी थिइन ।

त्यस्तै प्रदर्शन आजको खेलमा अन्य खेलाडीबाट पनि हुन सके नेपाली अन्डर–१९ महिला टोलीले पहिलोपटक विश्वकप खेल्ने छन् । नेपालले थाइल्याण्ड र कुवेतलाई दुवै भेटमा फराकिलो अन्तरले हराएको छ ।

त्यस्तै यूएईले पनि दुवै टोलीलाई हराउँदा नेपाललाई १३ रनले हराएको थियो । छनोटचरण पार गर्दै अफ्रिकाबाट नाइजेरिया, अमेरिकी क्षेत्रबाट अमेरिका, पूर्वी एसियाबाट सामोअ र युरोपबाट स्कटल्यान्डले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

आयोजक भएको नाताले मलेसियाले सीधै स्थान बनाउँदा अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज भने अघिल्लो विश्वकपमा गरेको प्रदर्शनका आधारमा छनोट भइसकेका छन् ।

अब विश्वकपमा सहभागी हुने अन्तिम टोली नेपाल या यूएई को हुन्छ यही खेलले निक्यौल गर्नेछ । नेपाल यो खेल जित्दै विश्वकपमा पुग्न आतुर छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top