७१ स्थानमाथिको ताजिकस्तानसँग खेल्दै नेपाल,रणनीति‘काउन्टर अट्याक’

२७ कात्तिक ८१, बुधबार

२८ कार्तिक , एजेन्सी ।

नेपाल र आयोजक ताजिकिस्तानबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । नेपाली टोली भारत हुँदै ताजिकिस्तान पुगेको थियो । थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ । नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ ।

टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको छनोट गरेका थिए । नेपाली राष्ट्रिय फुटबल टोलीमा किरण चेम्जोङ, दीप कार्की र विशाल सुनार, अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, अन्जल महर्जन, रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन राई (आशिष), भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ, जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी रहेका छन् ।

Advertisement

मुख्य प्रशिक्षक न्यौपानेले मैत्रीपूर्ण खेल्न लागेका दुवै टोली बलियो रहेको उल्लेख गर्दै भने,’उनीहरुको खेलको अध्ययन गरेका छौं । हाम्रो खेलाडीले अन्तिम समयसम्म कोसिस जारी राख्नेछन्।’ माथिल्लो वरीयताको ताजिकिस्तानविरुद्ध बुधबार हुने मैत्रीपूर्ण खेलमा आक्रामक फुटबल खेल्ने पनि उनले बताएका छन् ।

‘ताजिकस्तान बलियो टोली हो,’ मंगलबार डुासन्बेमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले ताजिकस्तानसँग तीनपल्ट खेलिसकेका छौं । कडा मिहिनत गर्दै संगठित रूपमा काउन्टर अट्याकमा खेल्नेछौं । खेलमा १–२ अवसर पाउँछ र त्यसलाई उपयोग गर्दै सकारात्मक रिजल्ट दिनेछौं।’

Advertisement

घरेलु फुटबलमा सफल न्यौपानेले पहिलोपल्ट राष्ट्रिय टोली सम्हाल्ने अवसर पाएका हुन् । यस्तोमा नेपालले फिफा वरीयतामा ७१ स्थानमाथिको ताजिकस्तान र २५ स्थानमाथिको अफगानिस्तानविरुद्ध डुसान्बेमा प्रतिस्पर्धा गर्न लागेको हो ।

झन्डै दुई साताको तयारीपछि नेपाली टोली ताजिक राजधानीमा दुई मैत्रीपूर्ण खेल खेल्न आइपुगेको हो । विगतमा नेपालले ताजिकस्तानविरुद्ध तीन खेल खेलेको छ । तर, ती सबै खेलमा नेपाल हारेको तथ्यांक छ । ‘ताजिकस्तान राम्रो टोली हो।

खेलाडीहरू स्तरीय छन्,’ कप्तान किरण चेम्जोङले भने, ‘मेरो करिअरमा हामीले ताजिकस्तानविरुद्ध एसियन कप छनोटसहित तीन खेल खेलेका छौं र तीनपल्टै हारेका छौं । शारीरिक र प्राविधिक रुपमा ताजिक खेलाडी राम्रा छन् । हामी मानसिक रूपमा पनि ताजिकस्तानविरुद्ध भिड्न तयार छौं। खेल प्रतिस्पर्धात्मक हुनेछ।’

एसियन कप २०२३ को अन्तिम आठसम्म पुगेको ताजिकस्तानविरुद्ध प्रतिस्पर्धा गरेपछि नेपालले डुसान्बे मै शनिबार अफगानिस्तानको सामना गर्नेछ । यी दुवै खेल कठिन हुने पनि कप्तान किरणले बताएका छन् । ताजिक टोली गत वर्ष भएको एसियन कप २०२३ को क्वार्टरफाइनल पुगेको थियो। फिफा वरीयतामा नेपालभन्दा ५१ स्थानमाथि छ ताजिकिस्तान ।

त्यही पनि ताजिकिस्तानका मुख्य प्रशिक्षक गेला सेकिलाजे बुधबार हुने मैत्रीपूर्ण खेलमा नेपालको चुनौतीलाई सहज रूपमा नलिएको बताउँछन् । गत अक्टोबरमा सिरिया र फिलिपिन्सविरुद्ध हारेपछि सेकिलाजे र उनको टोलीको आलोचना भइरहेको छ ।

त्यसैले ताजिक टोलीलाई सेन्ट्रल स्टेडियम, डुसान्बेमा नेपालविरुद्ध हुने खेलमा जित्नै पर्ने दबाब छ । फिफा वरीयताको १०५औं स्थानमा रहेको टोली सम्हालेका सेकिलाजेले पत्रकार सम्मेलनमा भने, ‘ बुधबार धेरै राम्रो खेल हुनसक्छ ।

किनभने नेपाल राम्रो टोली हो । उसका खेलाडी अनुभवी छन्,’ उनले थपे, ‘हामीलाई थाह छ कि हाम्रो पछिल्लो खेल राम्रो भएको थिएन। हामी राम्रो खेल प्रदर्शन गर्दै समर्थकलाई खुसी पार्ने प्रयास गर्नेछौं।’

प्रशिक्षक पिटर सेगर्टले सम्हालेको ताजिक टोलीले एसियन कप डेब्युमै सनसनीपूर्ण यात्रा गर्दै क्वार्टरफाइनल खेलेको थियो।उनकै नेतृत्वमा थाइल्यान्डमा किङ्स कप २०२२ र मलेसियामा मर्डेका कप २०२३ को उपाधि जितेको थियो । उनको बिदाइपछि फेब्रुअरी २०२४ देखि सेकिलाजेले ताजिक टोली सम्हालेका हुन्।

नेपाल र अफगानिस्तानविरुद्ध घरेलु मैदानमा हुने प्रतिस्पर्धा प्रशिक्षक सेकिलाजेले जित्नै पर्ने दबाबमा इरान, रुस, उज्वेकिस्तानको लिगमा व्यस्त रहेका खेलाडीलाई पनि ताजिक टोलीमा समावेश गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top