२९ कार्तिक , काठमाण्डौ ।
संघीय राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै पाँचौं प्रदूषित सहर बनेको हो । काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा परेको छ।
आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको थियो । जस अनुशार विश्वको प्रदूषित शहरमा छ्रैटौ स्थानमा थियो । तर विहान ११ बजे यो स्तर अझ खराब भई १ सय ७२ मा पुगेको छ ।
यस अनुशार नेपाल विश्वकै पाचौं प्रदूषित शहर बनेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ । पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ९८९ रहेको छ । यो निकै खतरनाक मानिन्छ ।
उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४०६ मापन गरिएको छ । तेस्रो स्थानमा बंगलादेशको ढाका रहेको छ भने चौथोमा भारतको कोलकाता रहेको छ । नेपालपछि छैटौंमा भियतनामको हानोई रहेको छ ।
स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७२ एक्यूआई मापन गरिएको छ । विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ । वातावरण विभागका अनुसार काठमाडौंको पनि खुमलटार क्षेत्र सबैभन्दा बढी प्रदूषित छ । खुमलटारको प्रदूषण १ सय ६९ एक्यूआई मापन गरिएको छ ।
त्यस्तै रत्नपार्क क्षेत्रको प्रदूषण १ सय ६५, भरतपुको १ सय ६४ र शंकरपार्कको प्रदूषण १ सय ६२ एक्यूआई मापन गरिएको छ ।