×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

कर्मचारीको किरिया, बिरामी र प्रसुति बाहेकका बिदा कटौती !

३० कार्तिक २०८१

३० कार्तिक , काठमाण्डौ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीहरुले पाउदै आएको बिदामा प्रावधानसहित कटौती गरेको छ । साथै विभिन्न कार्यालयमा सरुवा, पदस्थापन र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

सरुवा, पदस्थापन र काज फिर्ताबारे मन्त्रालयले गरेको निर्णयको अवज्ञा गरी सम्बन्धित कार्यालयमा हाजिर नगर्ने कर्मचारी र रमाना नदिने कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई हाजिर गराउने र उनीहरूको रमाना व्यवस्थापन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहलाई निर्देशन जारी गर्दै निर्देशन अवज्ञा गरेमा कडा विभागीय कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

रमाना नदिएका÷नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएकाले तत् तत् कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम निर्देशन दिइएको मन्त्रालयले स्पष्ट गरेको छ ।

‘नेपाल सरकार (मन्त्रिपरिषद्), मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूबाट विभिन्न मितिमा निजामती सेवा ऐन, २०४९ को दफा १५ (१) बमोजिम पदस्थापन गरिएका, दफा १८ (१) बमोजिम सरुवा गरिएका, दफा १८क (१) बमोजिम काज खटाइएका तथा काज फिर्ता गरिएका, कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९(९) र दफा ११(२) बमोजिम कामकाज गर्न खटाइएका तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४(४) बमोजिम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएका संघीय निजामती कर्मचारीहरू प्रचलित कानूनबमोजिम सरुवा÷पदस्थापना÷कामकाज÷काजमा खटाइएका तथा काज फिर्ता गरिएका निकाय÷कार्यालयमा रमाना भई जानुपर्नेमा हालसम्म पनि रमाना नदिएका÷नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएको हुँदा तत् तत् कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई पठाउने सम्बन्धमा तपसिल बमोजिम गर्नु÷गराउनु हुन यस मन्त्रालयको २०८१÷०७÷२८ को निर्णय (सचिवस्तर) अनुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।

यस्तै परिपत्र अनुसारका :

१. हालसम्म सरुवा÷पदस्थापन÷कामकाज÷काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई ७ ९सात० दिनभित्र सोको जानकारी यस मन्त्रालयलाई गराउने ।

२. सरुवा÷पदस्थापन÷कामकाजरकाजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको सम्बन्धमा निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना लिने अवधि गुज्रिएपश्चात् साबिकका निकाय÷कार्यालयमा निजहरूको किरिया बिदा, बिरामी बिदा र प्रसूति बिदा बाहेक अन्य बिदा स्वीकृत नगर्ने÷नगराउने ।

३. निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना भई नजाने कर्मचारीहरूलाई उपलब्ध गराउने सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्नका लागि सम्बन्धित निकायलाई अनुरोधसहित पत्राचार गर्ने ।

४. बुँदा नं. १–३ सम्मका निर्णय कार्यान्वयन नगर्ने÷नगराउने विभागीय प्रमुख÷कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ६० बमोजिम विभागीय सजायसम्बन्धी कारबाही अघि बढाउने ।

निजामति कर्मचारीहरुलाई प्रत्येक वर्ष भैपरी आउने बिदा ६ दिन र पर्व बिदा ६ दिन गरी १२ दिन बिदाको व्यवस्था गरिएको छ । भैपरी आउने बिदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछन् । त्यस्तै कर्मचारीले काम गरेको अवधिको १२ दिनको एक दिनको दरले घर बिदा पाउने छन् ।

त्यस्तै प्रत्येक वर्ष १२ दिन बिरामी बिदा पाउने व्यवस्था गरिएको छ । घर बदिा ३० दिन, प्रसूति बिदा ९८ दिन, प्रसूति स्याहार बिदा १५ दिन, किरिया बिदा १५ दिन,अध्ययन विदा, असाधारण विदासहित पर्यटन र सट्टा विदा समेत पाउदै आएका छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top