×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

स्रोत नखुलेको पैसा बोक्नेलाई पनि जेल, मंसिरमा पनि घट्यो बैंक ब्याज

३० कार्तिक २०८१

३० कार्तिक , एजेन्सी ।

सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दाको दायरालाई प्रस्ट पार्दै फैसला गरेको छ । सो फैसला अनुसार कसैले अर्काकै भए पनि स्रोत नखुलेको रकम बोकेको भएमा सजायको भागिदार हुने अदालतले प्रस्ट पारेको छ ।

Advertisement
Advertisement

भारतीय नागरिक रविशचन्द्र पाठक पुनरावेदक प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०८० फागुन २ गते फैसला सुनाएको थियो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सुनाएको उक्त फैसलाको पूर्णपाठ हालै प्रकाशित भएको छ ।

पुनरावेदक प्रतिवादी रविशचन्द्र र बाँके जिल्लाको नेपालगञ्ज उपमहानगर–१६ बस्ने १२ वर्षीय नितेश तिवारीको साथबाट २०७५ फागुन २२ गते प्रहरीले ३५ लाख ४४ हजार रकम फेला पारेको थियो ।

उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो । रविशचन्द्रले आफू १५÷२० दिनदेखि मासिक १० हजार पारिश्रमिक पाउने गरी धिरज तिवारी नाम गरेका व्यवसायीको किराना पसलमा काम गर्दै आएको र उक्त रकम आफूलाई निज साहुले नै दिएर पठाएको बयान अधिकारप्राप्त अधिकारीसमक्ष दिएका थिए ।

उक्त मुद्दामा विशेष अदालतले २०७७ चैत १७ गते फैसला सुनाउँदै स्रोत नखुलेको सो रकमको साहु धिरज तिवारीलाई बिगोको दोब्बर जरिवानासहित ३ वर्ष कैद सजाय सुनाएको थियो । रविशचन्द्रलाई भने मतियारका रूपमा दोषी ठहर गर्दै मुख्य कसुरदार धिरजलाई हुने सजायको आधा अर्थात् बिगो बराबर जरिवाना र डेढ वर्ष कैदको फैसला सुनाएको थियो।

विशेष अदालतको सो फैसला चित्त नबुझी रविशचन्द्रले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । सोही पुनरावेदनको सम्बन्धमा फैसला गर्दै सर्वोच्च अदालतले विशेष अदालतकै फैसलालाई सदर गर्दै सम्पत्ति शुद्धीकरणको मामिलामा केही व्याख्यासमेत गरेको छ ।

सर्वोच्चले फैसलामा प्रतिवादीले आफ्नो साथबाट बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेको अवस्थामा सो रकम गैरकानुनी तरिकाबाट आर्जन गरी शुद्धीकरण गर्ने प्रयोजनले साथमा राखी अन्त कतै लैजाने क्रममा प्रतिवादीलाई प्रहरीले रकमसहित बरामद गरेको देखिने ठहर गरेको छ । फैसलामा कसुरको मुख्यकर्ताको रूपमा साहु धिरज तिवारी देखाएको भएता पनि रविशचन्द्रले गरेको कार्य कानुनतः क्षम्य हुने प्रकृतिको नदेखिने पनि उल्लेख छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा बरामद रकमको वैधानिक स्रोत पुष्टि गर्ने भार प्रतिवादीमै निहीत रहेको अवस्थामा रविशचन्द्रले सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३ ले निषेधित कार्यमा मुख्य कसुरदारलाई गैरकानुनी रूपमा आर्जित रकम लुकाउने, छिपाउने, एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने कार्यमा सहयोग गरी उक्त कसुर सम्पन्न गर्नका लागि मतियारको भूमिका निर्वाह गरेको अवस्थामा बरामद गरिएको रकमका सम्बन्धमा प्रमाणको भार स्वयं आफैँले पु¥याउनुपर्ने सर्वोच्चको ठहर छ ।

यसैबीच मंसिर महिनामा पनि ब्याजदर घट्ने भएको छ । मंसिरका लागि प्रकाशित नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी बैंकको ब्याजदर स्थिर रहँदा ब्याजदर बढ्ने बैंकको संख्या शुन्य छ । नयाँ महिनाका लागि प्रकाशित ब्याजदर तालिका अनुसार साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् ।

त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत ११ वटा बैंकको ब्याजदर घट्दा र एकवर्षे संस्थागत मुद्दती खातामा १२ वटा बैंकले ब्याज घटाएका छन् । संस्थागत मुद्दती खाताको ब्याजदर त ३ प्रतिशत भन्दा कम समेत कायम गरिएको छ ।

कृषि विकास बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राख्दा र व्यक्तिगत मुद्दती खातामा ०.७४ प्रतिशत र संस्थागत मुद्दती खाताको ब्याजदर १.२५ प्रतिशत विन्दुले घटाएको छ । सिटिजन्स बैंक मंसिर महिनाका लागि सबै प्रकारका खाताहरुको ब्याजदर स्थिर राखेको छ ।

एभरेस्ट बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने मुद्दती खाताका ब्याजदरलाई ०.१५ प्रतिशत विन्दुले घटाएको छ । ग्लोबल आईएमई बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.५० र ०.७५ प्रतिशत विन्दुले घटाएको छ ।

हिमालयन बैंकले यो पटक बचत खाताको ब्याजदरलाई ०.०५ प्रतिशत विन्दुले घटाएको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई यथावत राखेको छ । कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ ।

कात्तिक महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको हो ।लक्ष्मी सनराइज बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर दुवैलाई ०.५० प्रतिशत विन्दुले घटाएको छ ।

माछापुच्छ्रे बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर क्रमशः १.५० र १.०० प्रतिशत विन्दुले घटाएको छ । नबिल बैंकले साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाएको छ ।

नेपाल बैंकले साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदर ०.१९ प्रतिशत विन्दुले घटाएको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले घटाएको छ।

नेपाल एसबीआई बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर दुवैलाई ०.३४ प्रतिशत विन्दुले घटाएको छ । एनआईसी एसिया बैंकले बचत खाता ब्याजदर ०.१७ प्रतिशत विन्दुले घटाउँदा व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेको छ ।

एनएमबि बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदर घटाएको छ । बचत खातामा ०.०२ प्रतिशत, व्यक्तिगत र संस्थागत मुद्दती खातामा १.५० प्रतिशत विन्दुका दरले ब्याज घटाएको हो । प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।

यस अनुसार आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशतमा यथावत रहनेछ ।राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाउँदा अन्य निक्षेप खाताको ब्याजदर यथावत् राखेको छ ।

सानिमा बैंक र सिद्धार्थ बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई यसपटक स्थिर राखेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।

नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले तोकेको ३.१० नै बचत खाताको सबैभन्दा धेरै ब्याज हो । साधारण बचत खातामा १२ वटा बैंकको ब्याज ३.०० प्रतिशत छ । त्यस्तै, व्यक्तिगत मुद्दती खातामा सिटिजन्स बैंकले तोकेको ५.७५ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top