अफगानिस्तानविरुद्ध नेपाल २–० गोलले विजयी

१ मंसिर ८१, आइतबार

२ मंसिर,एजेन्सी ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोलसँगै नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो ।

नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित भरत खवासको गोलमा हात पारेको थियो । एएफसी च्यालेन्ज कप २०१२ छनोटमा भरतको गोलमा नेपालले दशरथ रंगशालामा अप्रिल २०११ मा १–० को जित निकालेको थियो ।

Advertisement

त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको छ । साफका ती दुवै सेमिफाइनल जुन नयाँ दिल्लीमा २०११ र काठमाडौंमा २०१३ को भेटमा अफगानिस्तानले बाजी मारेको थियो । उसले पहिलो सेमिफाइनल अतिरिक्त समय र दोस्रो सेमिफाइनल नियमित समयमै जितेको थियो ।

काठमाडौंमा भएको अन्तिम भेटमा रोहितले दुईपल्ट पेनाल्टी प्रहार गरे पनि गोल गर्न नसक्दा नेपाल पराजित हुन पुगेको थियो । तर, यसपल्ट उनले नै नेपालको जर्सीमा गोल गर्दै नेपाललाई सहज जित दिलाए ।

Advertisement

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरूआतमै जेलस्पीजंग कार्कीले नेपाललाई अग्रता दिलाए । त्यसपछि ७८औं मिनेटमा रोहितले करियरकै पहिलो र खेलका लागि दोस्रो गोल गरे ।

सन् २००९ मा प्यालिस्टाइनविरुद्ध १७ वर्षकै उमेरमा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसयता ९१ खेल खेले पनि उनी गोलविहीन थिए । खेलको ८७ औं मिनेटमा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै खेललाई २–० को स्थितिमा राखे ।

उनले ६ यार्ड बक्स नजिकबाट आएको भलीलाई डाइभ दिँदै विफल पारेका थिए । नेपाल पहिलो खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको थियो।

अफगानिस्तानले नेपालविरुद्ध प्रतिस्पर्धा गरेसँगै मंगलबार ताजिकिस्तानसँग खेल्ने छ । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न नपाएपछि यसपटक भने खेल्न पाएको थियो । अन्तरिम प्रशिक्षक नवीन न्यौपानेले पनि दोस्रो खेलमै जितको स्वाद चाखेका छन् ।

अब टोलीले मार्च २०२५ मा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ । यसका लागि समूह विभाजन डिसेम्बर ९, २०२४ मा हुनेछ । एन्फाले रिक्त रहेको प्रशिक्षक पदका लागि आवेदन प्रक्रिया अघि बढाइसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top