NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

माफी माग्नु पर्ने गरी प्रचण्डले के बोले ?एमाले रिसले आगो

आइतवार मंसिर २ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
६ दिनदेखि संवादहीनताको अन्त्य गर्दै ओली–दाहाल छलफलमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ मंसिर, काठमाण्डौ ।

भ्रष्टाचारको आरोपसहित विदेशी र विचौलियाको भरमा बनेको भन्दै लगातार वर्तमान सरकारको आलोचना गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेले माफी माग्न भनेको छ, त्यो पनि जनतासंग ।

र त्यो माफी सरकारमाथिको आलोचनाका लागि नभई भारतीय मिडियामा ओलीमाथि गरेका टिप्पणीका कारण प्रचण्डको भत्र्सना गर्दै एमालेले माफी माग्न भनेको हो । तीनदिन अघि दाहालले भारतीय अखबार ‘द हिन्दु’ सँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति टिप्पणी गरेका थिए ।

Advertisement

विहीवार दक्षिण भारतबाट प्रकाशन हुने अङ्ग्रेजी भाषाको अखबार ’दि हिन्दु’मा दाहालले अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड प्रयोग गरेको’ बताएका थिए । ओलीले मंसिर १७ देखि गर्न लागेको चीन भ्रमणको निर्णयसमेत अपरिपक्व भएको दाहालले टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण बारेमा प्रचण्डले भनेका छन– केपी ओलीजी पहिलो दुईपक्षीय भ्रमणका लागि चीन जाँदैछन् । तर यो भ्रमण चिनियाँ कार्ड जस्तो देखिन्छ । यो गलत छ । पहिलोपटक प्रधानमन्त्री हुँदाको पहिलो विदेश भ्रमण चीनबाटै गरेका उनले ओलीको आसन्न चीन भ्रमणलाई ’चिनिया कार्ड’ खेलेको बताएका हुन् ।

भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीलाई चीनपरस्त वामपन्थी भन्दै नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट गर्ने गरेको परम्परा तोडेको अनर्गल प्रचार गरिरहेका बेला उनीहरुलाई नै बल पुग्नेगरी प्रचण्डले अभिव्यक्ति दिएका छन् ।

यसैका लागि एमालेले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पु¥याउने कार्य भएको जनाएको हो । ‘यी कथनहरू कूटनीतिक प्रोटोकलको सरासर उल्लंघन हुन् र नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना देखाउँछन ।

सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले नेपाललाई आफ्नो कूटनीतिक संलग्नताका लागि कुनै बाह्य स्वीकृति आवश्यक पर्दैन,’ एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्ब हो, झूटो दाबी गरिएको कार्ड कूटनीति होइन,’ विज्ञप्तिमा उल्लेख छ । भारत र चीन दुवै नेपालको विकास र समृद्धिको हिस्सा भएको जनाउँदै एमालेले दाहालको भनाइले नेपालले आफ्ना दुई छिमेकीसँग कायम राखेको सन्तुलनलाई कमजोर पार्ने जनाएको छ ।

‘यस्ता विचारहीन टिप्पणीले यी राष्ट्रहरूसँग नेपालले कायम राखेको बलियो र समान साझेदारीलाई खलल पार्ने खतरा छ,’ विज्ञप्तिमा उल्लेख छ । एमालेले परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको र पूर्वप्रधानमन्त्री दाहालको भनाइ नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि पनि हानिकारक भएको जनाएको छ ।

साथै एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहो¥याउँदै दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।

‘दाहालको भनाइले नेपालको सार्वभौमसत्ताप्रतिको घृणा र राष्ट्रको स्वाभिमानको मूल्यमा राजनीतिक चालबाजी गर्ने प्रवृत्ति झल्काउँछ,’ विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री ओलीले सन्तुलित र व्यावहारिक परराष्ट्र नीति अवलम्बन गरेको र त्यसले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै भारत र चीन दुवैसँग आपसी सम्मान र सहयोगलाई बढावा दिएको एमालेको दाबी छ ।

‘द हिन्दु’ सँगको अन्तर्वार्तामा दाहालले नयाँ सरकारको नीतिका कारण नेपाल–भारत सम्बन्ध तनावग्रस्त भएको र फेरि सीमा समस्या चर्कने ‘खतरा’ रहेको बताएका थिए । आफ्नो १८ महिने कार्यकालमा नेपाल–भारत सम्बन्धलाई ‘नयाँ उचाइमा’ पु¥याएको उनको दाबी छ ।

दाहालले २०२३ जुनमा गरेको भ्रमणका क्रममा भारतसँग धेरै महत्त्वपूर्ण तथा दूरगामी सम्झौता गरेको जनाएका थिए । तर आफ्नो नेतृत्वको सरकार हटाइएपछि नेपालमा भारतविरोधी कार्य भइरहेको दाबी गर्दै उनले त्यो प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको अपरिपक्वताको प्रमाण भएको टिप्पणी गरेका थिए ।

नेपालको इतिहास, संस्कृति र भूगोलले दुई देशबीचको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने बताउँदै दाहालले प्रधानमन्त्री ओलीले चीन जानुअघि भारतसँग नेपालको अद्वितीय सम्बन्धलाई स्वीकार गर्नुपर्ने पनि बताएका थिए ।

प्रचण्डले भारतसँगको नेपालको सम्बन्ध इतिहास संस्कृति र भूगोलको कारण भन्दै सबैभन्दा सुरुमा भारतै जानुपर्ने बताएका छन् । यस्तै मुद्दामा केही दिन अगाडि ’कान्तिपुर कन्क्लेभ’मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने सार्वभौम देशको प्रधानमन्त्रीले जता सहज हुन्छ उतैबाट विदेश भ्रमण हुने मन्तव्य दिएका थिए ।

यस्तै प्रचण्डले सार्कको समस्या समाधानका लागि भारतको प्रमुख भूमिका रहेको धारणा अन्तर्वार्तामा राखेका थिए । तर तीन पटक प्रधानमन्त्री भइसकेका र हाल संवैधानिक पद प्रमुख विपक्षी दलको नेताको हैसियतमा रहेका दाहालले कूटनीतिक मान्यता समेत भुलेर भारतीय मिडियामा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सर्वत्र आलोचनासमेत भइरहेको छ ।

देशको प्रधानमन्त्री औपचारिक भ्रमणका क्रममा एउटा छिमेकमा जान लागेका बेला जिम्मेवार नेताले अर्को छिमेकीलाई उक्साउने र आपसी सम्बन्धमा आशंका उत्पन्न गराउने ढंगले अभिव्यक्ति दिनु आपत्तिजनक र कुटनीतिकरुपमा राष्ट्रिय हितविपरित हुने भन्दै उनको आलोचना भइरहेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा चीनपछि प्रधानमन्त्री भारत जाने तयारीमा छन् । चीन भ्रमणको तयारीको संयोजन गरिरहेकी परराष्ट्र मन्त्री आरजु राणाले नै चीनपछि प्रधानमन्त्रीको भारत भ्रमण हुने जानकारी दिएकी छन् ।

दोस्रो खेलमै जितको स्वाद चाखेका छन् । अब टोलीले मार्च २०२५ मा एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ । यसका लागि समूह विभाजन डिसेम्बर ९, २०२४ मा हुनेछ । एन्फाले रिक्त रहेको प्रशिक्षक पदका लागि आवेदन प्रक्रिया अघि बढाइसकेको छ ।

Tags: #एमाले रिसले आगो#ओलीको चाइना कार्ड#प्रचण्ड

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.