×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

ओलीकोपछि हात धोएरै लागे दुर्गा प्रसाईं,डकुमेन्ट फेक ?पक्राउ गर्न माग

४ मंसिर २०८१

४ कार्तिक , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशी कम्पनीमा अर्बाै लगानी रहेको भन्दै व्यवसायी दुर्गा प्रसाईंले त्यसको प्रमाण समेत रहेको दावी गरेका छन् । लामो समयदेखि प्रधानमन्त्रीविरुद्ध विभिन्न प्रश्न उठाउदै आएका प्रसाईंले कम्बोडियाको संचार कम्पनीमा ओलीको लगानी रहेको भन्दै त्यसको प्रमाण समेत रहेको दाबी गर्दै भिडियो समेत सार्वजनिक गरेका छन् ।

Advertisement
Advertisement

उनले भनेका छन्, ल हेर्नुहोस केपी ओलीको कम्बोडियाको लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र । म मर्न तयार छु यस्ता तस्कर संग झुक्न तयार छैन । मलाई थाहा छ मैले यो सार्वजनिक गरेपछी मेरो जिन्दगि माथि खतरा थपिएको छ । मलाई यसैकारण मार्न पनि सक्छन् भन्ने पनी मलाई थाहा छ। तर मर्न त एक दिन मैले मर्नै पर्छं , म मरेता पनि मेरा नेपाली दाजुभाईलाई यी तस्करको यथार्थता देखाउँदै यस्ता फटाहालाई नंगाएर मात्र मर्न तयार छु । दुर्गा प्रसाई मर्न सक्छ, दुर्गाको बिचार मर्दैन, किनकी दुर्गा भनेको बिचार हो , घरघरमा जन्मिसके दुर्गाहरु ! यो सुरुवात मात्र हो, यस्ता प्रमाणहरु अन्य दलका नेताहरुका पनि आईरहने छन्, खाँचो छ , त तपाइँ आम नागरिकहरुको साथको । धन्यबाद !!!

तर प्रसाईंको यो दाबीको एमालेका नेताहरुले अखण्डन गरेका छन् । उनीहरुले प्रसाईंलाई पक्राउ गर्न पनि माग गरेका छन् । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् ।

कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई बर्बाद बनाउने विष वृक्ष भएको पोखरेलले प्रष्ट पारेका छन् । ‘यस प्रकारको षडयन्त्र र अराजकतावाद राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो’, सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेखेका छन् ।

प्रसाईंले भिडियो सामाजिक सञ्जालमा राखेपछि महासचिव पोखरेलले यो राष्ट्र र जनताविरुद्धको षडयन्त्र भएको उल्लेख गरेका छन् । यस्तै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले दुर्गा प्रसाईंलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

प्रसाईं विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित भएकाले नियन्त्रणमा लिनुपर्ने उनको माग छ। प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोप पुष्टि गर्न लगाउन पनि उनले माग गरेका छन् ।

बैंकहरूको अरबौँ रुपैँया ऋण लिएर नतिरी बैंकको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारणलाई भ्रममा पारेर वित्तीय अपराध गरिरहेका प्रसाईंले किर्ते कागजको अपराध सुरु गरेको थापाको भनाई छ।

बैंकको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारण जनतालाई भ्रममा पारेर वित्तीय अपराधमा संलग्न, तर उल्टै तथाकथित अभियान चलाइरहेको र स्वयंचाहिँ अरबौँ रकम बैंकको ऋण लिएर नतिरी उफ्रिरहेको ठगले नक्कली (फेक) कागजातको कारखाना पनि सञ्चालन गर्न सुरु गरेछ, विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित यस सिल्ली फ्याउरोलाई अनुसन्धान गर्ने निकायद्वारा तत्काल नियन्त्रणमा लिएर प्रमाण पुष्टि गर्न लगाइयोस्’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रसाईं मानसिक रूपमा पनि अस्वस्थ देखिएकोले स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउन पनि उनले माग गरेका छन् । ‘मानसिक स्वास्थ्य पनि परीक्षण गरिहाल्ने प्रबन्ध मिलाइयोस्’, उनले लेखेका छन् । यस्तै नेकपा (एमाले) बागमती प्रचार विभागले अहिले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षडयन्त्र चिर्न त्यसका विरुद्धको प्रचारमा जुट्नुपर्ने निष्कर्ष निकालेको छ ।

एमाले बागमती प्रदेश कमिटी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षतामा बसेको बैठकले पार्टी र सरकारविरुद्धको भ्रम चिर्न संगठित रूपमा प्रचारमा जुट्नुपर्ने निर्णय गरेको हो ।

पार्टीका विरुद्ध भइरहेका षडयन्त्रहरू चिर्न र मुलुकमा कानुनी शासन कायम राख्न प्रचार विभागका सदस्यहरूको ठूलो भूमिका रहेको निष्कर्ष निकाल्दै बैठकले अस्थिरता र अराजकता फैलाएर स्वार्थ सिद्ध गर्न खोज्ने तत्वका विरुद्ध लाग्न निर्देशन दिएको छ ।

भिडियोमा प्रमाण भन्दै प्रसाईंले केही कागजातहरू देखाइएका छन् । १४ मे २०१९ मिति राखिएको एउटा कागजमा लगानी रकम २१ करोड यूएसडी तथा लगानीकर्ता खड्गप्रसाद ओली उल्लेख छ । ओलीको हस्ताक्षर समेत देखाइएको अर्काे कागज पनि प्रमाणका रूपमा देखाइएको छ जहाँ उनको नाम लेखिएको छ तर दुवै नाममा स्पेलिङ फरक छन् ।

Advertisement

ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया विजनेस फोरममा सहभागी हुन कम्बोडिया गएको बेला सेयर होल्डरको रूपमा हस्ताक्षर गरेको दावी प्रसाईंले गरेका छन् । प्रसाईं कुनै समय प्रचण्ड र केपी ओलीसँग पालौपालो निकट थिए । उनले दुवै नेतासँग खाएको मार्सी चामलको भात कुनै समय चर्चित विषय बनेको थियो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top