×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतका अर्बपतिले अमेरिकामा के गरे कसुर ?

६ मंसिर २०८१

६ मंसिर, एजेन्सी ।

भारतीय अर्बपति तथा अडानी समूहका अध्यक्ष गौतम अडानीमाथि अमेरिकामा मुद्दा दायर भएको छ । उनीविरुद्ध ठगीको अभियोग लगाइएको छ । उनीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र उक्त विषय लुकाएको आरोप लगाइएको छ ।

Advertisement
Advertisement

बुधबार न्युयोर्कमा दायर गरिएको आपराधिक मुद्दा भारतका सबैभन्दा धनी व्यक्तिमध्ये एक ६२ वर्षीय गौतम अडानीका निम्ति ठूलो धक्का हो । अडानीको व्यापारिक साम्राज्य बन्दरगाह र विमानस्थलदेखि ऊर्जा क्षेत्रसम्म फैलिएको छ ।

अमेरिकी अभियोजकले अडानी र उनको कम्पनीका अरू वरिष्ठ अधिकारीहरूले आफ्नो नवीकरणीय ऊर्जा कम्पनीका निम्ति ठेक्का लिन भारतीय अधिकारीहरूलाई घुस दिन सहमत भएको आरोप लगाएका छन् ।

उक्त सम्झौताबाट कम्पनीले आउँदो २० वर्षमा दुई अर्ब डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको थियो । अडानी समूहले यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन । अडानी समूह सन् २०२३ देखि अमेरिकामा शंकाको घेरामा छ ।

उक्त वर्ष हिन्डनबर्ग नामक कम्पनीले अडानीमाथि ठगीको आरोप लगाएको थियो । अडानीले कम्पनीको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका थिए । तर, त्यो समाचार बाहिर आएपछि अडानी समूहका कम्पनीको सेयरमा भारी गिरावट आएको थियो ।

अहिले यो घुसकाण्डविरुद्ध मुद्दा दायरको खबरपनि सोही वमोजिम सेयरमा गिरावट आएको छ। विहीबार अडानी समूहको सेयर १० देखि २० प्रतिशतसम्म घटेको छ। अडानी इन्टरप्राइजेजको सेयर १५ प्रतिशतसम्म घटेको छ।

अडानी पोर्ट्स र एसईजेड, अडानी पावर र एनर्जी र ग्रिन एनर्जीका स्टकहरूमा पनि भारी गिरावट आएको छ । यसले केही मिनेटमा अडानी समूहको मार्केट क्यापमा २ दशमलव २४ लाख करोड भारुको घाटा निम्त्याएको छ ।

अडानी इन्टरप्राइजेजको मार्केट क्यापमा सबैभन्दा बढी ४९ हजार करोड रुपैयाँ घाटा भएको छ। सोही समयमा अडानी एनर्जीको बजार पूँजीकरणले ४२ हजार करोड भारुको घाटा बेहोरेको छ। यो घुसकाण्ड अनुसन्धानबारे पनि केही महिनादेखि खबर आइरहेको थियो ।

अभियोजकले यो मुद्दाको अनुसन्धान सन् २०२२ मा नै सुरु भएको बताएका छन् । अमेरिकी न्यायाधिवक्ता ब्रिओन पिसले भनेका छन्, ‘प्रतिवादीहरूले भारतीय सरकारी अधिकारीहरूलाई अरबौं डलरको ठेक्काहरू सुरक्षित गर्न घुस दिनको लागि विस्तृत योजना बनाए र उनीहरूले अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट पूँजी जुटाउन खोज्दा घुसखोरीको योजनाबारे झूट बोलेका थिए ।’

उनले अगाडि थपे, ‘मेरो कार्यालय अन्तर्राष्ट्रिय बजारमा भ्रष्टाचारलाई जरैदेखि उखेल्न र हाम्रो वित्तीय बजारको अखण्डताको मूल्यलाई थप समृद्ध बनाउन तथा लगानीकर्ताहरूलाई जोगाउन प्रतिवद्ध छ ।’ अडानीले घुस योजनालाई अगाडि बढाउन सरकारी अधिकारीहरूसँग व्यक्तिगत रूपमा भेटेको समेत त्यहाँका अधिकारीहरूले जिकिर गरेका छन् ।

अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् । उनले लामो समयदेखि विपक्षी राजनीतिज्ञहरूको सामना गर्दै आएका छन् । अमेरिकामा न्यायाधिवक्ता राष्ट्रपतिले नियुक्त गर्ने परम्परा छ । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा चुनाव जितेको केही हप्ता पछि, अमेरिकी न्याय विभागलाई फेरबदल गर्ने वाचा गरेलगत्तै यो फाइल बाहिर आएको हो ।

तर, अडानीले गत हप्तामात्रै सामाजिक सञ्जालमार्फत ट्रम्पले चुनाव जितेकामा बधाई दिंदै अमेरिकामा १० बिलियन डलर लगानी गर्ने बाचा गरेका थिए । अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी भएपनि जनवरी २० अघिसम्म भने सत्ताको बागडोर राष्ट्रपति जो बाइडेनको हातमा नै रहनेछ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top