×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

रास्वपाले आन्दोलनको भारी बिसायो,रविका लागि सडकमा नउत्रने

६ मंसिर २०८१

६ मंसिर, काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीे सभापति रवि लामिछाने पक्राउ परेयता जारी राखेको सडक आन्दोलनको प्रारुप परिवर्तन गरेको छ । स्थानीयतहको उपनिर्वाचन नजिकिरहेको अवस्थामा रास्वपाले पहिलो प्राथमितामा उपनिर्वाचनलाई राखेको छ ।

Advertisement
Advertisement

कात्तिक २ मा रवि पक्राउ परेयता राजनीतिक प्रतिशोधपूर्वक पक्राउ गरिएको विरोधमा पोखरा, रुपन्देही र काठमाडौंमा प्रर्दशन गर्दै आएको रास्वपाले उपनिर्वाचन नजिकै आएकोले सडक आन्दोलनलाई चुनावी अभियानमा बिसाउने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति वैठकले पार्टीका केन्द्रीय नेताहरु चुनावी अभियानमा केन्द्रित हुने र त्यसलाई आन्दोलनको रुप दिने निर्णय गरेको केन्द्रीय सदस्य गणेश पराजुलीले बताएका छन्। उनले भनेका छन् , ‘उपनिर्वाचन आउन १० दिनमात्रै बाँकी भएकाले अबको हाम्रो आन्दोलन चुनावी अभियानमा केन्द्रित हुनेछ । केन्द्रीय सदस्यहरुले पार्टीले चुनाव लड्ने २७ वटै स्थानमा खटाउने निर्णय भएको छ । अहिले गरिएको आएको जस्तो सडक आन्दोलन हुँदैन ।’

पार्टी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले पनि स्थानीय निकायको उपनिर्वाचन हुँदै गर्दा उम्मेदवारी दिएका सबै निकाय तह र वडामा पुगेर आफ्नो उपस्थिति जनाउने बताए । उनले भने, ‘हामी कुन राजनीतिक परिस्थितिमा छौं, सबै कुराको जानकारी गराउँदै आन्दोलनलाई त्यो प्रारुपमा लान्छौं ।’

बैठकमा आन्दोलन चर्काउने र यसलाई अहिले बिसाउनुपर्ने दुईथरि धारणा आएका थिए । अहिलेको तरिकाको आन्दोलन परिणाममुखी नहुने र उपनिर्वाचनलाई समेत असर गर्नेमा सबै सहमत भएपछि सर्वसम्मतिले निर्णय लिइएको हो ।

यसअघि आइतबार रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतले लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान हुनुपर्ने माग राखी मंसिर ८ देखि सडक प्रदर्शन गर्ने घोषणा गरेका थिए । केन्द्रीय समिति बैठकमा भने प्रदर्शन गर्न नहुने बरु रचनात्मक आन्दोलनमा लाग्नुपर्ने माग उठेपछि फरक निर्णय भएको हो ।

म्याद थपका दिन प्रदर्शन गर्दा न्यायालयलाई प्रभाव पार्नका लागि पार्टी अगाडि बढेको हो कि भन्ने सन्देश पनि जनतामा गएकाले सचेत बन्नुपर्ने केन्द्रीय सदस्यहरूको भनाइ थियो । एकातिर केन्द्रीय समिति बैठक नबसी दोस्रो चरणको आन्दोलनको घोषणा भएको र अर्कोतिर स्थानीय तह उपनिर्वाचनका लागि प्रचारप्रसारलगायत काम नभएको भन्ने विषय पनि बुधबारको केन्द्रीय समितिमा उठेको थियो ।

रास्वपा उपसभापति अर्यालको अध्यक्षतामा मंगलबार केन्द्रीय समिति बैठक बोलाइएको थियो । बैठकमा आगामी शनिबारका लागि घोषणा गरिएको विरोध प्रदर्शनको तयारीबारे छलफल गर्ने भनिएको थियो । तर, बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सभापति लामिछानेलाई हिरासतबाहिर निकाल्ने नारा लिएर सडकमा विरोध प्रदर्शन गर्दा सर्वसाधारणको दैनिकीमा असर गर्न नहुने र त्यसो गर्दा नकारात्मक सन्देश जाने धारणा राखेका थिए ।

केन्द्रीय समितिमा विरोध प्रदर्शनको प्रस्तावमाथि नै प्रश्न उठेपछि उपसभापति अर्याल सभापति लामिछानेलाई भेट्न पोखरा गएका थिए । लामिछानेलाई पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि भेटेका थिए । बुधबार लामिछानेलाई भेटेर पोखराबाट अर्याल र परियार फर्किएपछि अपराह्न ४ बजेतिर केन्द्रीय समिति बैठक बसेको थियो  ।

बैठकमा सडकमा विरोध प्रदर्शन गर्नुभन्दा पनि स्थानीय तह उपनिर्वाचन, संगठन निर्माण, जिल्ला अधिवेशनलगायत काममा लाग्नुपर्ने र राज्यबाट लामिछानेमाथि प्रतिशोध कसरी साँधिएको हो भन्ने जनतालाई बुझाउन घरदैलोलगायत रचनात्मक विरोधको विकल्पमा जानुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेका थिए ।

सहमहामन्त्री सुमना श्रेष्ठ र विपिन आचार्यले सडकमा विरोध प्रदर्शनको महत्त्व कम हुने बताएका थिए । केन्द्रीय सदस्य गणेश कार्कीले पनि सडक प्रदर्शनको पक्षमा आफू नरहेको भन्दै सामाजिक सञ्जाललगायतबाट आवाज उठाउनुपर्ने प्रस्ताव राखेका थिए ।

उनले यसअघि सामाजिक सञ्जालबाटै लामिछानेको पक्राउको विरोधमा पोखरामा पार्टीले गरेको विरोध प्रदर्शन कमजोरी भएको लेखेका थिए । सांसद तोसिमा कार्कीलगायतले जिल्लाजिल्लामा पार्टी निर्माणमा लाग्नुपर्ने र त्यसै क्रममा सहकारी ठगीको वास्तविकता जनतालाई बुझाउनुपर्ने धारणा राखेका थिए ।

लामिछानेले नै राज्यका निकायले गर्ने अनुसन्धान र न्याय प्रणालीलाई स्वीकार गरेर जान्छु भनेपछि सडकमा विरोध प्रदर्शन गर्न नहुने विषय पनि केन्द्रीय समिति बैठकमा उठेको थियो । रास्वपा प्रमुख सचेतक परियारले अब स्थानीय तह उपनिर्वाचन हुने क्षेत्रमा सबै नेताहरू गएर सहकारी ठगी र सभापति लामिछानेको पक्राउका विषयमा जनतालाई आफ्ना कुरा स्पष्ट पार्ने निर्णय भएको बताए ।

बैठकपछि रास्वपाले दोस्रो चरणको आन्दोलन कस्तो बन्ने भन्नेबारे कुनै उल्लेख नगरी विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा विभिन्न राष्ट्रिय मुद्दाहरूलाई स्थानीयकरण गर्नेतर्फ लाग्नुपर्ने उल्लेख छ । रास्वपा सभापति रवि भने कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् ।

Advertisement

उनलाई पछिल्लो पटक थपिएको १३ दिनको समय ८ गते सकिदैछ । उनीविरुद्ध काठमाडौंबाट समेत पक्राउ पुर्जी जारी भएकाले बयानका लागि काठमाडौं लगिनेछ । यस्तै हिजो मात्रै रविसहित अन्य १० जनविरुद्ध चितवनमा पनि उजुरी परेको छ । यद्यपि चितवनबाट भने पक्राउ पुर्जी जारी भइसकेको छैन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top