×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 11, 2026
Playing
सुकुम्बासीको लगत संकलन, नापी र पूर्जा वितरणमा कांग्रेस अगुवा बन्ने|| Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला कार्कीले भनिन् पत्रकारले बेइज्जत गर्याे || Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026

न्युजिल्याण्डमा ३५ हजार जनता किन सडकमा उत्रिए ?

६ मंसिर २०८१

६ मंसिर,एजेन्सी ।

न्यूजिल्याण्डको संसदमा बिहीबार एक अद्वितीय घटना घट्यो, जब सबैभन्दा कान्छी सांसद हाना–राव्हीटी करियारीकी मैपी–क्लार्कले संसदको नियमावली च्याँदै “माओरी हाका नृत्य“ गरेर एक विधेयकको विरोध गरिन् । यसले न्यूजिल्याण्डको मात्रै होइन विश्वकै ध्यान केन्द्रित गरेको छ ।

Advertisement
Advertisement

यो विधेयक १८४० को ऐतिहासिक वेटाङ्गी सन्धिसँग सम्बन्धित थियो । यही विधेयकको विरोधमा अहिले ३५ हजार जनताले न्यूजिल्याण्डको संसद घेरेका छन् । न्युजिल्यान्डको राजधानी वेलिङ्गटनमा आदिवासी “हाका“ को नारा प्रतिध्वनित भयो जब हजारौं मानिसहरूले यस अभ्यासलाई प्रतिबन्ध लगाउने विधेयकको विरोधमा सडकमा उत्रिए।

विपक्षीहरू भन्छन् कि विधेयकले माओरी जनताको अधिकारलाई अवमूल्यन गर्दछ र संस्थापक सिद्धान्तहरूको उल्लङ्घन गर्दछ। हिकोई मो ते तिरिती पदयात्रा देशको सुदूर उत्तरमा दश दिन अघि सुरु भएको थियो । यो हालैका दशकहरूमा देशको सबैभन्दा ठूलो विरोध प्रदर्शनका रुपमा रहेको छ ।

हिकोई मार्च मङ्गलबार न्युजिल्यान्डको संसद बाहिर समाप्त भयो । जहाँ लगभग ३५ हजार मानिसहरूले प्रदर्शन गरे । सांसदहरूले यस महिनाको सुरुमा स्वतन्त्रतावादी एसीटी न्युजिल्यान्ड पार्टीले प्रस्तुत गरेको सन्धि सिद्धान्त विधेयकलाई अस्वीकार गर्न माग गरेका थिए ।

जुन विधेयकले कथित रूपमा वेताङ्गीको सन्धिलाई पुनः परिभाषित गर्न खोजेको छ । अब बढ्दो विरोधलाई ध्यानमा राख्दै, यो कानून पारित हुने सम्भावना नगण्य छ।किनभने अधिकांश दलहरूले यसलाई अस्वीकार गर्न मतदानका लागि अपिल गरेका छन्।

तर त्यसबेलादेखि राज्यमा राजनीतिक उथलपुथल भएको छ। आदिवासी अधिकारका विषयमा फेरि बहस सुरु भएको छ। माओरीहरू न्युजिल्यान्डका आदिवासीहरू हुन् र उनीहरूको इतिहास र संस्कृतिले देशको संस्कृतिमा महत्त्वपूर्ण योगदान पुर्याउँछ।माओरीहरूलाई दुई ठुला टापुहरूका मूल बासिन्दाहरू मानिन्छ।

जसलाई अहिले न्युजिल्यान्ड भनिन्छ। उनीहरू १३०० को दशकमा पोलिनेसियाबाट डुङ्गा यात्रामा आएका थिए। त्यसबेलादेखि तिनीहरू न्युजिल्यान्डमा छन्। तिनीहरू त्यही बसेर आफ्नो संस्कृति र भाषाको विकास गरे। आज तिनीहरू न्युजिल्यान्डभरि छुट्टै जनजातिका रूपमा छरिएका छन्।

माओरीहरू बसोबास गर्ने टापुहरूलाई आओटेरोआ भनिन्थ्यो। सन् १८४० मा ब्रिटिस उपनिवेशवादीहरूले नियन्त्रण लिएपछि नाम परिवर्तन गरी न्युजिल्यान्ड राखिएको थियो। न्युजिल्यान्डले सन् १९४७ मा ब्रिटिसबाट स्वतन्त्रता प्राप्त गरेको थियो।सन् १८४० मा ब्रिटिस क्राउन र ५ सय भन्दा बढी माओरी नेताहरूबीच वैताङ्गीको सन्धिमा हस्ताक्षर भएको थियो।

अलिखित संविधान रहेको न्युजिल्यान्डमा यसलाई संस्थापक दस्तावेज मानिन्छ । यसलाई माओरी र युरोपेली न्युजिल्यान्डवासीहरू बिचको शक्ति बाँडफाँड सम्झौताको रूपमा पनि हेरिन्छ। एक प्रतिवेदनअनुसार यो सन्धि मूल रूपमा माओरी र अङ्ग्रेजहरू बीचको मतभेद समाधान गर्ने उपायका रूपमा प्रस्तुत गरिएको थियो।

यद्यपि, सन्धिको अङ्ग्रेजी र ते रियो संस्करणहरू बिच केही स्पष्ट भिन्नताहरू छन्, जसका कारण माओरीहरूले कथित रूपमा स्वतन्त्रता पछि पनि न्युजिल्यान्डमा अन्याय सहनु परेको छ। आधिकारिक तथ्याङ्कका अनुसार न्युजिल्यान्डमा हाल ९ लाख ७८ हजार २ सय ४६ माओरीहरु छन् ।

जुन देशको ५ दशलमव ३ मिलियन जनसङ्ख्याको लगभग १९ प्रतिशत हो। ते पति माओरी वा माओरी पार्टीले संसदमा उनीहरूको प्रतिनिधित्व गर्दछ र १२३ मध्ये ६ वटा सिट ओगटेको छ। सांसद डेभिड सेमुर, जो स्वयं माओरी हुन्, उनले संसदमा सन्धि सिद्धान्त विधेयक पेस गरेका छन् ।

उनी न्युजिल्यान्डको गठबन्धन सरकारमा साझेदार एसीटी पार्टीका सदस्य हुन्। यसले नै माओरीहरुलाई चिन्तित तुल्याएको छ । सेमुरको पार्टीका अनुसार न्युजिल्यान्डवासीहरूका लागि दोहोरो प्रणाली सिर्जना गर्दै दशकौँदेखि वेताङ्गीको सन्धिको गलत व्याख्या गरिएको छ।

जहाँ माओरीलाई विशेष अधिकार दिइन्छ। सन्धि सिद्धान्त विधेयकले सन्धिका सिद्धान्तहरूलाई विशेष परिभाषा दिएर “जातिको आधारमा विभाजन“ अन्त्य गर्न खोज्छ । यी सिद्धान्तहरू त्यसपछि सबै न्युजिल्यान्डवासीहरूमा लागू हुनेछन्, चाहे माओरी हुन् वा होइन। निवर्तमान प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सेमुरको विधेयकको विरोध गरेका छन्।

यसको अर्थ जब संसदीय मतको कुरा आउँछ, यो कुनै पनि मूल्यमा संसदमा पारित हुन सक्दैन। यही विधेयकलाई लिएर संसदमा समेत “माओरी हाका नृत्य“ प्रस्तुत भएको छ । २२ वर्षीय माओरी पार्टीका सांसद हाना–रविती मैपी–क्लार्कले यसलाई च्यातेकी छन् ।

यही भिडियो भाइरल भएको छ। हानाको यो कदमलाई सांस्कृतिक अधिकारका लागि संघर्षको प्रतीकको रूपमा लिइएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । हाना ब्रोडकास्टर पोटाका माइपीकी छोरी हुन् ।

Advertisement
Advertisement

उनका हजुरबुबा तैटिमु माइपी हुन्, जसको सक्रियताले २०२० मा क्याप्टेन ह्यामिल्टनको मूर्ति हटाउन योगदान पु¥याएको थियो । उनले न्युजिल्याण्डमा शिक्षा हासिल गरेकी थिइन् । उनी २०२३ को आम चुनावमा उनी सांसद बनेकी थिइन् ।

भर्खरको समाचार

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

सम्बन्धित खबरहरु

Scroll to Top