सरकारमा बसेको एमालेको सडकबाट शक्ति, प्रसाईं समर्थकपनि सडकमा

६ मंसिर ८१, शुक्रबार

७ मंसिर ,काठमाण्डौ।

प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन गर्दैछ । दरबारमार्गमा जागरणसभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ ।

साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने तय गरिएको छ । सरकार संचालन गरिरहेको दलले नै शक्ति प्रर्दशन गर्ने विषयमा आलोचना भइरहेका बेला एमाले उपमहासचि प्रदीप ज्ञवालीले अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको बताएका छन् ।

Advertisement

काठमाडौंका विभिन्न तीन ठाउँमा विभिन्न समूहले प्रदर्शन गर्दैछ। माइतीघरमा केही दिन अघिदेखि नै सहकारी पीडितहरूको प्रदर्शन जारी छ। शुक्रबार नेकपा (एमाले) र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले काठमाडौंमै प्रदर्शन गर्दैछन्।

एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि भद्रकालीबाट ¥याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ। त्यस्तै दुर्गा प्रसाईँ समूहको प्रदर्शन कोटेश्वरमा हुँदैछ। एकैदिन तीन ठाउँमा फरक फरक समूहको प्रदर्शन हुने भएपछि शुक्रबार काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ।

Advertisement

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने बताएका छन् ।

त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताएका छन् । त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिनेछन्। त्यसका लागि काठमाडौंमै पर्याप्त प्रहरी रहेको पनि उनले बताएका छन् ।

सुरक्षा संवेदनशीलता र यातायातलाई मध्येनजर गरेर नै प्रदर्शन गर्ने ठाउँको दूरी टाढा बनाइएको पनि प्रजिअ आचार्यले बताएका छन् । प्रतिनिधि सभाको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको चार महिना पुगिसकेको छ ।

दुई तिहाइ समर्थन भएको शक्तिशाली केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न सकिरहेको छैन । विपक्षी दल मात्रै होइन, सत्तारुढ दलका नेताहरुले पनि सरकार प्रभावकारी ढंगले चल्न नसकेको भन्दै आलोचना गर्न थालेका छन् ।

विपक्षी दलहरुले यो वा त्यो बहानामा सडक तताइरहेको बेलामा सत्ताकै नेतृत्व गरिरहेको एमाले पनि सडकमा उत्रिँदैछ । उपत्यकाका तीन जिल्लाले गर्ने कार्यक्रममा एक लाख मानिस उतार्ने एमालेले लक्ष्य लिएको छ ।

अराजकता, अस्थिरता र जनतामा एमाले र एमाले नेतृत्वविरुद्ध भ्रम छरेको भन्दै एमालेले त्यसको प्रतिवाद गर्नको लागि काठमाडौंमा कार्यकर्ता उर्तान लागेको बताइएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले देश बर्बाद भइरहेको भन्ने निराशाको खेती गर्न चिनुपर्नेमा जोड दिँदै अराजकतावादी, माओवादी, रास्वपा र राजावादी मिलेको टिप्पणी गरेका छन् ।

त्यसो सत्तारुढ दल एमाले मात्रै होइन, विपक्षी दलहरु पनि सडक आन्दोलनमै छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ओली सरकार असफल भएको भन्दै कात्तिक १० गते काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गरेको थियो।

प्रतिनिधि सभाको चौथौ ठूलो दल रास्वपा पनि सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै सडक आन्दोलनमै छ । सरकारको पछिल्लो कदमले प्रतिशोध राखेको पुष्टि भएको भन्दै आन्दोलनको मोडलमा परिवर्तन गरेपछि नछाडेको प्रवक्ता मनिष झाले बताएका छन् ।

रास्वपाले सरकारको नेतृत्व गर्नेले जनताको दैनिक विगार्छु भन्दै शक्ति देखाएर अरुलाई तर्साउँछु भनेर लागेकोप्रति असन्तुष्टि जनाएको छ । विश्लेषकहरुले समेत सरकारको नेतृत्व गरिरहेको एमालेले विरोधीलाई देखाउन सडकमा ओर्लिन खोजेको बताएका छन् ।

जनताले काम गर्न नसकेको भन्दै आलोचना गर्न थालेपछि सरकार अफ्ठ्यारोमा परेको बेलामा आफ्नो बचाउमा एमालेले सडकबाट शक्ति देखाउन खोजेको कतिपयले टिप्पणी गरेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top