Nepal Times
Nepal Times
3
Shares

समुद्रमा पसेर कसले काटिरहेको छ इन्टरनेट केबल्स ?

समुद्रमा पसेर कसले काटिरहेको छ इन्टरनेट केबल्स ?

६ मंसिर, विराटनगर ।

युक्रेनसंगको युद्ध जारी रहेकै बेला रुस र युरोपेली देशहरुबीच पनि तनाब बढ्न सुरु भएको छ । रुस र युक्रेनबीच लामो दूरीको हतियार आक्रमण प्रत्याक्रमणले बढ्दो तनाव र अन्य छिमेकी देशहरुको समेत युद्धको तयारीका खबरहरुले कुनैपनि बेला युद्ध सुरु हुने हो कि भन्ने डर पैदा भएको छ ।

युद्ध फैलिने त्रासकै बीच बाल्टिक सागरभित्र इन्टरनेट काटिएको खबर सार्वजनिक भएको छ जसले युरोपका देशहरुमा हल्लीखल्ली मच्चिएको छ । दूरसंचार कम्पनी टेलिया लिथुआनियाका अनुसार आइतबार नै लिथुआनिया र स्वीडेनका बीच एक केबल काटिएको थियो ।

उता फिनल्याण्डको दूरसंचार कम्पनी सिनियाले पनि भनेको छ कि फिनल्याण्ड र जर्मनी जोड्ने उसको केबलमा पनि सोमबार बाधा पुर्याइएको छ । एटलान्टिक महासागरको हिस्साका रुपमा बाल्टिक सागर युरोपेली देशहरु र रुसको सीमाले घेरिएको छ ।

यसअघि अमेरिकाले केही दिन पहिला नै रुसले युरोपका महत्वपुर्ण समुद्री पूर्वाधारहरुमा निशाना बनाउन सक्ने भन्दै चेतावनी दिएको थियो । सीएनएनले पनि स्वीडिश स्रोतहरुलाई उदृत गर्दै सरकारले काटीएका केबलहरुमा कथित रुपले गरिएको तोडफोडको प्रारम्भिक जाँच सुरु गरेको मंगलबार उल्लेख गरेको थियो ।

फिनल्याण्ड पनि यो मामिलालाई लिएर कडारुपमा प्रस्तुत भएको छ र जाँच पनि सुरु गरेको छ । यता लिथुआनियाली मिडियाले पनि जुन केबलमा बाधा पुर्याइएको छ, त्यो लिथुआनियाको इन्टरनेट क्षमताको लगभग एक तिहाई रहेको जनाएको छ । यद्यपि, यो व्यवधानपछि पुनः सेवा सुचारु गरिएको पनि यी देशहरुले बताएका छन् ।

यसबीच फिनल्याण्ड र जर्मनीका विदेशमन्त्रीहरुले आफ्नो देशहरुमा केबल काटिएको विषयलाई लिएर गहिरो चिन्ता व्यक्त गरेका छन् । र यस घटना हाइब्रिड युद्धको हिस्सा हुनसक्ने सम्भावना व्यक्त गरेका छन् । बयानमा भनिएको छ, यस किसिमका घटनाबाट जानीबुझी नोक्सान पुर्याइएको आशंका बढेको छ ।

यसले हाम्रो समयको अस्थिरताका बारेमा धेरै कुराहरु बोलेको छ । अहिले जाँच चलिरहेको छ । बयानमा अगाडी भनिएको छ, युरोपमा युक्रेनलाई साथ दिएको बदलामा रुसले आक्रामक युद्ध छेड्न सक्छ । हामीविरुद्ध हाइब्रिड युद्धको पनि खतरा रहेको छ ।

यता यसअघि चेतावनी दिएको अमेरिकाले भने यो घटनामा रुसकै हात रहेको अहिलेसम्म कुनै प्रमाण फेला नपरेको बताएको छ । अमेरिकी अधिकारीहरुले सीएनएनलाई भनेका छन् कि प्राराम्भिक जाँचमा अहिलेसम्म यस किसिमका गतिविधिहरुको कुनै पनि संकेत फेला परेको छैन ।

न त समूद्रभित्रका पूर्वाधारमा जानीजानी नोक्सानी पुर्याएको फेला परेको छ । अमेरिकी अनुशन्धान अधिकारीका अनुसार यो सम्भवतः यहाँबाट गइरहेको एक जहाजले थाहा नपाइकन केबलहरु तान्दा भएको हुनसक्छ । तर यसबीच केहीले भने रुसमाथि नै आशंका गरेका छन् ।

किनभने रुसले हालैका महिनाहरुमा अन्डर सी केबलमा रुची देखाएको थियो । यस्तै रुसले आफ्नो तटहरुबाट निकै पर रहेका महत्वपूर्ण समुद्री पूर्वाधार नजिकै पनि गस्ती गरिरहेको छ । अमेरिकाले पनि रुसले आफ्नो गोप्य समुद्री युनिटलाई बलियो बनाउन काम गरिरहेको बताएको छ ।

यस्तोमा यूरोपेली सुरक्षा अधिकारी र विशेषज्ञहरुले महिनौंदेखि चेतावनी दिदै आएका थिए कि रुसले यूरोपविरुद्ध हाइब्रिड युद्ध छेडिरहेको छ । किंग्स कलेज लण्डनमा रक्षा अध्ययनका एक वरिष्ठ प्रोफेसर रड थर्नटनले भनेका छन्, रुस नेटोका साथ पूर्ण युद्धको विकल्पको रुपमा यस्ता उपायहरुको प्रयोग गरिरहेको छ ।

तर यो रुसकै लागि खतरनाक सावित हुने उनले बताएका छन् । उनी भन्छन्, रुसले नेटोलाई उक्साएर उसको कुनै एक देशलाई युद्धमा ल्याउने र पुरै संगठनविरुद्धको हमला भएको जस्तो चुनौती दिने दाउमा छ । थर्नटनले भने, यो हमला त्यतिबेला भइरहेको छ जतिबेला रुसले युक्रेनमा हमला जारी राखेको छ र पश्चिमा देशहरुमाथि दबाब बढाइरहेको छ ।

रुस र यूरोपेली देशहरुबीच यस्तो तनाव बढ्ने स्थिति देखिँदा र किभले अमेरिका र बेलायतले दिएको लामो दुरीको मिसाइल रुसमा हान्दा अब रुसले युक्रेनमा अहिलेसम्मकै ठूलो आक्रमण गर्ने आशंकाका बीच अमेरिकासहितका कतिपय देशहरुले त्यहाँ आफ्ना दुतावास बन्द गर्दै आफ्ना अधिकारीहरुलाई फिर्ता बोलाएका छन् ।

अमेरिका, इटाली, स्पेन, हंगेरी जस्ता यूरोपेली देशहरुले किभमा आफ्नो दुतावास बन्द गरेका छन् । तर युक्रेनले भने यी देशहरुको यस्ता कदममाथि कटाक्ष गरेको छ । युक्रेनी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै भनेको छ, हामी तपाइँलाई याद दिलाउछौं कि हामी गएको एक हजार दिनदेखि दिनहुँ हमलाकारीका तर्फबाट भीषण आक्रमणको खतरा र त्रास झेलिरहेका छौं । तर तपाइँहरु त एक दिनमै त्यो पनि आक्रमणको फर्जी खबरका आधारमा दुतावास बन्द गरेर हिन्दै हुनुहुन्छ ।

युक्रेनी विदेश मन्त्रालयले अमेरिकासहित सबै सहयोगी देशहरुलाई कटाक्ष गर्दै भन्यो, यो त रुसको एक चालमात्रै हो । उ मनोवैज्ञानिक र अवफाहको युद्ध लडिरहेको छ । तर रुसले अब युक्रेनमा भीषण आक्रमण गर्ने चेतावनी दिएपछि नै यी देशहरुले किभ छाडेका हुन् ।

यद्यपि, यसबीच युक्रेनलाई अप्रत्यासित रुपले इजरायलको समर्थन मिलेको छ । यसबीच इजरायलले भनेको छ कि हामी किभमा पहिलाको जस्तै काम जारी राख्ने छौ । तर अमेरिकाको देखासिकीमा अन्य नेटो देशहरुले भने दुतावास बन्द गरेका हुन् ।

यस्तै युरोपका कतिपय देशहरुले रुसले युद्ध छेड्ने आशंका गर्दै आफ्ना नागरिकहरुलाई युद्ध भएको अवस्थामा कसरी सुरक्षित रहने, औषधी, खाद्यान्न लगायतका आवस्यक कुराहरु जोहो गर्न पनि सुझाएको छ । यसबारेको जानकारी समेटिएका गाइडलाइन तथा पर्चाहरु बाँडीरहेको छ ।

यो हेर्दा के अब वास्तवमै सिंगो युरोप युद्धमा होमिन लागेको हो ? यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.