×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

औषधि बेच्नेले अनिवार्य सेतो ’एप्रोन’ लगाउनुपर्ने

६ मंसिर २०८१

६ मंसिर, काठमाण्डौ।

सरकारले अबदेखि औषधि बेच्नेलाई अनिवार्य सेतो एप्रोन लगाउनुपर्ने नियम लगाएको छ । आउँदो पुस ४ गतेदेखि ’फर्मासिस्ट’ हरूले सेतो ’एप्रोन’ लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ ।

Advertisement
Advertisement

नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिस्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो ।

परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने बताएका छन् । उनले भने, ‘ड्रेसकोडको पालना भए÷नभएको परिषद्बाट नियमित अनुगमन हुनेछ । पालना नभएको अवस्थामा परिषद्को नियमावली २०५९ अनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ ।’

परिषद् ऐनको दफा ९ को उपदफा (क) ले दिएको अधिकार प्रयोग गरी फार्मेसी परिषद्ले फर्मासिष्टले हरियो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्ल्लेख गरिएको डे«सकोड लगाउनुपर्ने नियम बनाएको छ ।

त्यस्तै, फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङ्गको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बरसहितको एप्रोन लगाउनुपर्ने व्यवस्था गरेको हो । ड्रेस विना औषधि पसलमा बसेर काम गरेको पाइए कानून अनुसार कार्वाही गरिने परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले बताएका छन् ।

उनले औषधि पसलहरुमा फर्मासिस्ट र फार्मेसी सहायकहरुकै उपस्थिति होउन भनेर यस्तो व्यवस्था गर्न लागिएको बताए । परिषद्का अनुसार अब फार्मेसीको औषधि डिस्पेन्सिङमा बस्ने फर्मासिस्टले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो खल्ती माथि हरियो पृष्ठभूमिमा सेतो रंङको अक्षरमा नाम पद र परिषद् दर्ता नम्बर उल्लेख भएको नेम ट्याग राख्नु पर्नेछ ।

रजिष्ट्रार पाण्डेले भनेका छन्, ‘यसले औषधि पसलमा फर्मासिस्ट छन् कि छैन ? को फर्मासिस्टले औषधि दियो ? औषधि फर्मासिस्टले दियो कि फार्मेसी सहायकले भनेर समेत थाहा पाउन सजिलो हुन्छ । यसले औषधि पसलमा गैर फर्मासिस्टहरु कार्यारत हुने अवस्थालाई पनि नियन्त्रण गर्न सजिलो हुन्छ ।’

Advertisement

परिषद्ले ड्रेसकोड कार्यान्वयनका लागि एक महिनाको समयसिमा तोकिएको भन्दै यसको कार्यान्वयन भएको नदेखिए परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३.२ बमोजिम कार्वाही प्रक्रिया अगाडी बढाउने बताएको छ । अहिले कतिपय फार्मेसी पसलले फर्मासिस्ट तथा फार्मेसी सहायकको प्रमाणपत्र भाडामा लिएर सञ्चालन गर्ने गरेका छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top