रविलाई भोलि काठमाडौं फर्काउने तयारी

६ मंसिर ८१, शुक्रबार

७ मंसिर ,काठमाण्डौ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन पोखराबाट काठमाडौं ल्याइएका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन प्रहरीले गएको मंगलबार काठमाडौं ल्याएको थियो ।

प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले बुधबारबाट बयान लिन थालेका थिए । बिहीबार बयान सकेर शुक्रबार पोखरा नै फिर्ता पठाएको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताएका छन् ।

Advertisement

अब सोही सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि काठमाडौं प्रहरीले पोखराबाट झिकाउने तयारी गरेको छ । जोशीलाई शुक्रबार नै फर्काएर लामिछानेलाई शनिबार ल्याउने तयारी प्रहरीको छ ।

विभिन्न पाँच जिल्लाको सहकारीको रकम रवि र छवि समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ गएको खुलेपछि उनीहरू दुवैजना पक्राउ गरेका हुन् । सहकारी ठगीका मुख्य आरोपी गितेन्द्र राई (जीबी) भने अझै फरार छन् ।

Advertisement

लामिछाने पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् । दुवैजनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए ।

त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि उनलाई रूपन्देही पनि लगिएको थियो । लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । यसअघि कुमार रम्तेलसँग पनि बयान लिएर कास्की फर्काइएको थियो । काठमाडौं महानगरपालिका– १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि छानबिनका क्रममा लामिछाने, जोशी संलग्न गोर्खा मिडिया प्रालिमा रकम प्रवाह भएको पाइएको सहकारी छानविन प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाको छानबिन प्रतिवेदनका आधारमा उक्त घोटाला प्रकरणमा रवि र छविको संलग्नता देखिएको भनिएको छ । सोही घोटालामा संलग्न काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र वडा नम्बर ३१ की सुनिता नेवालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो । लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् । यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सहकारीको वचत रकम अपचलनको आरोपमा रविविरुद्ध चितवनको सहारा सहकारीका तर्फबाट समेत वचतकर्ताहरुले जाहेरी दिएका छन् ।

उनीमाथि पक्राउ पुर्जी जारी भए प्रहरीले चितवनमा समेत बयानका लागि लैजाने छ। पछिल्लो पटक रविका लागि थप भएको १३ दिनको समय ८ गते सकिदै छ । उनी कात्तिक २ गते काठमाडौंबाटै पक्राउ परेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top