×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

‘पूर्णबहादुरको सारंगी’ ५० करोडको बाटोमा

७ मंसिर २०८१

७ मंसिर , काठमाण्डौ

यस वर्षको दशै यता रिलिज भएका एकपछि अर्काे चलचित्रहरुको बम्पर व्यापार गरिरहेका छन् । यही बीचमा आएका चलचित्रहरुले अहिलेसम्मकै बक्स अफिस रेकर्डदेखि सिनेमा हलमा पाउने शोको समेत रेकर्ड तोडिसकेका छन् ।

Advertisement
Advertisement

समग्र नेपाली चलचित्र क्षेत्रका लागि स्वर्णिम बनेको यो समयमा आएका चलचित्रहरुले हिन्दी चलचित्रहरुलाई समेत पाखा लगाएका छन् । आएका चलचित्र कमजोर ब्यापार गर्दै बाहिरिएका छन् भने एक चलचित्र त नेपाली चलचित्रका डरले प्रर्दशनमा समेत आउन सकेन ।

पछिल्लो समय प्रर्दशनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । अभिनेत्री निता ढुंगानाले निर्माण गरेको फिल्म ५ करोड बढी लागतमा निर्माण भएको हो । यस्तै फिल्मको अहिलेसम्मको व्यवसाय पनि ५ करोडभन्दा बढी रहेको बताइएको छ ।

यसैबीच निताले फिल्मको लगानी पूर्णरुपमा सुरक्षित भइसकेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा एक पोष्ट गर्दै फिल्म भारतमा ओटीटी प्लेटफर्ममा बिक्री गरिएको र आफू पूर्णरुपमा सुरक्षित रहेको बताएकी हुन् ।

‘नेपालको हाइप र नेपाली दर्शकले दिएको प्रतिक्रियालाई लिएर भारतमा हामीले ओटिटी प्लेटफर्ममा फिल्म बेचिसकेको छौँ र केही समय पछाडि भारतमा पनि हामीले थ्रेटर रिलिज गर्नेछौं । ओभरसिसको पनि प्लानिङ भइसकेको छ । केही समय केही ठाउँमा हामीले बक्स अफिस गर्दैछौँ भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ’, उनले लेखेकी छन् ‘पूर्ण रूपले हामी सेभ भइसकेको छौँ ।’

उता गत कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले भने एकपछि अर्काे रेकर्ड तोडिरहेको छ ।घरेलु बक्स अफिसमा ३७ करोड माथिको ऐतिहासिक ग्रस कलेक्सन गरिसकेको यो चलचित्र ५० करोडको बाटोमा अघि बढेको छ ।

पछिल्लो समय प्रर्दशनमा आएका अन्य चलचित्रका बीचमा पनि पाएका शोमा हाउसफूल चलिरहेको चलचित्रले ५० करोडको ऐतिहासिक आँकडा छुनसक्ने यसका निर्माता विनोद पौडेलले बताएका छन् ।

१० करोडभन्दा माथिको ग्रस कलेक्सनलाई उत्साहजनक मान्ने गरिएको नेपाली चलचित्रहरुबीच ‘पूर्णबहादुरको सारंगी’ ले अभूतपुर्व यात्रा तय गर्दै नयाँ मानक स्थापित गरिरहेको छ । इतिहास कोरिसकेको छ ।

यसको विदेशको बक्स अफिससमेत २० करोडबाट उकालो लागिसकेको छ । यता पछिल्लो समय फ्राइडे रिलिज अन्तर्गत एकसाथ दुइटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। शंकर घिमिरे निर्देशित ’तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ’अग्निदहन’ रिलिज भएका हुन्।

विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म ’तेल भिसा’ नेपालमा रहेका बाबुआमा र अमेरिकामा रहेका सन्तानबीचको कथा हो। अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा बनेको यो फिल्मलाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्।

फिल्ममा विपिन, वर्षा र ऋचासहित पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको शीर्ष अभिनय छ। यसमा विपिन बृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल) निर्वाह गरेका छन्। निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन्।

त्यस्तै, ’अग्निदहन’ सामाजिक कथा हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ’अग्निदहन’ मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत छन्।

Advertisement

यसका प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन्। समाजमा बोक्सी हुँदैन भन्ने सन्देश यो फिल्मले दिन्छ। हलले भने यो फिल्मलाई सीमित शो दिएका छन् । शुक्रबारदेखि नेपाली हलमा हलिउड फिल्म ’ग्लेडिएटर’ पनि रिलिज भएको छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top