×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

पुटिन र किमको मित्रताले विश्व थर्कमान,अणु बम नै अस्त्र

७ मंसिर २०८१

७ मंसिर , विराटनगर।

पछिल्लो विश्व भूराजनीतिमा आफ्नो सामिप्यताबाटै थर्कमान बनाइरहेका दुई नेता हुन् रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन । उनीहरुको यो मित्रता प्रगाढ बनाउन भने यी दुई राष्ट्रबाट थर्कमान भएका अमेरिकासहित पश्चिमाको भूमिका नै अहम छ ।

Advertisement
Advertisement

सायद रुस र उत्तर कोरियाविरुद्ध अमेरिकासहित पश्चिमा राष्ट्रहरुले अहिलेसम्मकै कठोर प्रतिबन्ध नलगाएको भए यिनीहरुको मित्रता यति प्रगाढ हुने थिएन होला ।युक्रेनमा आक्रमण गरेपछि पश्चिमाको प्रतिबन्ध खेपेको रुसले आफ्नो स्वार्थकै लागि उत्तरसँग हालेमालो गर्याे ।

यसैले सदियौ वर्षपछि दुई देशका नेताले एकअर्का देशको ऐतिहासिक भ्रमण गरे । जहाँ एकअर्कालाई आवश्यक पर्ने वस्तुहरुको उनीहरुले साटफेर गर्ने भित्री सहमति गरे । सगै एकअर्का देशमा आक्रमण भए सैन्य सहयोग गर्ने समझदारी गरेर पश्चिमाको वेचैनी बढाइदिए ।

३ वर्षदेखि युक्रेनविरुद्ध आक्रमण गरिरहेको रुसले आप्ना लागि आवश्यक पर्ने हतियार र गोलाबारुद मात्रै होइन सेना समेत कोरियाबाट सहयोग लियो भने यसको बदलामा रुसले कोरियाका लागि इन्धन आपुर्तिदेखि खाद्यान्न र विभिन्न जनावरहरु समेत उपहार पठाएको छ ।

रुस उत्तर कोरियासँग आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध छ। रुसले अब जनावरको प्रयोग गरेर उत्तर कोरियासँगको आफ्नो मित्रतालाई नयाँ पहिचान दिने प्रयास गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै उत्तर कोरियाली नेता किम जोङ अनलाई केही उपहार पठाएका छन्।

रुसबाट पठाइएका उपहारहरू सामान्य छैनन्। उपहारका रूपमा रुसले उत्तर कोरियाली नेता किम जोङ–उनलाई सिंह, भालु, हाँससहित धेरै जनावर पठाएका छन् । ती जनावरहरूलाई मस्कोबाट उत्तर कोरियाको राजधानी प्योङयाङ एयरलिफ्ट गरिएको थियो।

उत्तर कोरियाले हालै रुसी सेनालाई बलियो बनाउन १० हजार सेना पठाएको छ। रुसले सैनिकको बदलामा उत्तर कोरियालाई यी उपहारहरू पठाएको विश्वास गरिन्छ । रुसले उत्तर कोरियालाई पठाएको पशु रिपोर्टका अनुसार रुसी सरकारले मस्कोको चिडियाखानाबाट एक अफ्रिकी सिंह र दुई खैरो भालुसहित ७० भन्दा बढी जनावरलाई उत्तर कोरियाको राजधानी प्योङयाङको चिडियाखानामा स्थानान्तरण गरेको छ।

अब रुसका जनावरहरूले उत्तर कोरियाली जूँको महिमा बढाउनेछन्। रुसी सरकारले ती जनावरहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरियाली जनतालाई उपहार दिएको बताएको छ। विशेष गरी, जनावरहरूको स्थानान्तरण रुसका प्राकृतिक संसाधन मन्त्री अलेक्जान्डर कोज्लोभद्वारा निरीक्षण गरिएको थियो।

जनावरहरूलाई पशु चिकित्सकहरूसँगै मस्को चिडियाखानाबाट प्योङयाङ सेन्ट्रल चिडियाखानामा एयरलिफ्ट गरिएको थियो। उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले बिहीबार दुर्लभ जनावरहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट उपहारका रूपमा प्राप्त भएको बताएको छ।

रुसले उत्तर कोरियालाई उपहारका रूपमा जनावर पठाएको यो पहिलो पटक होइन। यस वर्षको अप्रिल महिनामा रुसले प्योङयाङ सेन्ट्रल चिडियाखानामा चील, सारस र तोतेसहित थुप्रै चराचुरुङ्गी पठाएको थियो। जुनमा, पुटिनले उत्तर कोरियाको भ्रमण गरे जसमा उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्झौता भएको थियो।

यो सम्झौताले प्योङयाङ र मस्कोबिचको सम्बन्धलाई अझ घनिष्ठ बनाएको छ। दुई देशबिचको सन्धिअनुसार एकअर्कामाथि आक्रमण भएमा उनीहरूले तत्काल सैन्य सहायता प्रदान गर्नेछन्। त्यही सम्झौता अनुरुप नै अहिले कोरियाली सैनिक रुसका तर्फबाट लडिरहेका छन् ।

सम्झौताको परिणाम स्वरूप रुस र उत्तर कोरिया दुवै पश्चिमी देशहरूबाट कडा प्रतिबन्धको सिकार भएका छन्। यसै वर्षको जुन महिनामा रुसी राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गरेका थिए। भ्रमणको क्रममा किमले पुटिनलाई स्थानीय प्रजातिका पुङ्सन कुकुरको जोडी उपहार दिएका थिए।

यति मात्रै होइन, रुसले उत्तर कोरियालाई १० लाख ब्यारेल तेल दिएको छ । यो वर्षको मार्चयता उसले उत्तर कोरियालाई १० लाख ब्यारेल तेल दिएको बेलायतस्थित गैर–नाफामूलक अनुसन्धान समूह ‘ओपन सोर्स सेन्टर’ले विश्लेषण गरेको भूउपग्रहमय तस्वीरहरूले देखाएको हो ।

युक्रेनमा युद्धका लागि उत्तर कोरियाले पठाएको हातहतियार र सेनाको सट्टामा रुसले तेलमा भुक्तानी गरेको शीर्ष विज्ञहरू र बेलायती विदेश मन्त्री डेभिड लामीले बीबीसीलाई भनेका छन् । यसरी उत्तर कोरियालाई तेल दिनु संयुक्त राष्ट्र संघ (यूएन)को प्रतिबन्धको उल्लङ्घन हो ।

यूएनले देशहरूलाई उत्तर कोरियालाई तेल दिनबाट रोक लगाएको छ । सानो परिणाममा भने रोक छैन । रुसको सुदूर पूर्वको तेल भन्डारमा एक दर्जनभन्दा बढी तेल बोक्न उत्तर कोरियाली ट्याङ्कर आइरहेको देखिन्छ ।

विगत ८ महिनामा कूल ४३ पटक यस्तो भएको देखिएको छ । खुला बजारमा तेल किन्न अनुमति नपाएको उत्तर कोरिया विश्वको एक मात्रै देश हो । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई तनाव बढाएको आरोप लगाउँदै कोरियाली प्रायद्वीपले यसअघि कहिल्यै आणविक युद्धको यस्तो खतराको सामना नगरेको सिएनएनले बताएको छ ।

प्योङयाङमा बिहीबार एक सैन्य प्रदर्शनी भाषणमा किमले वासिङ्टनसँगको वार्ताको विगतको अनुभवले प्योङयाङ विरुद्धको “आक्रामक र शत्रुतापूर्ण“ नीतिलाई मात्र उजागर गरेको बताए। “कोरियाली प्रायद्वीपमा युद्धरत पक्षहरूले पहिले कहिल्यै यस्तो खतरनाक र तीव्र टकरावको सामना गरेनन्, यो सबैभन्दा विनाशकारी थर्मोन्यूक्लियर युद्धमा परिणत हुन सक्छ“, किमले भनेका छने ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा उनी र किमले सिङ्गापुर, हनोई र कोरियाली सीमामा तीन पटक भेटवार्ता गरेका थिए। तर उत्तर कोरियाले आफ्नो आणविक हतियार त्याग्ने अमेरिकी घोषणा र किमको प्रतिबन्ध राहतको माग बिचको मतभेदका कारण उनीहरूको कूटनीति कुनै ठोस परिणाम दिन असफल भयो।

लामो समयदेखि किमसँगको आफ्नो सम्बन्धलाई समर्थन गर्दै आएका ट्रम्पले गत महिना भनेका थिए दुई देशको “आणविक युद्ध हुने थियो जसले लाखौं मानिसहरूलाई मार्न सक्थ्यो“ तर उनीहरूको सम्बन्धका कारण उनले यसलाई रोकेका थिए।

उत्तर कोरियाको सरकारी मिडियाले अहिलेसम्म ट्रम्पको पुनः निर्वाचनबारे सार्वजनिक रूपमा उल्लेख गरेको छैन।केसीएनएले भनेको छ कि किमले भाषणमा “अल्ट्रा–आधुनिक“ हतियारहरू विकास र अपग्रेड गर्ने घोषणा गरेर देशको रणनीतिक स्थिति बलियो बनाउन रक्षा क्षमताहरू अगाडि बढाउने वाचा गरेका छन् ।

रक्षा विकास प्रदर्शनी शीर्षकको कार्यक्रममा रणनीतिक र सामरिक हतियारहरू प्रदर्शन गरिएको थियो। किमको पछिल्लो भाषण प्योङयाङ र मस्कोबिच बढ्दो सैन्य सहयोगको अन्तर्राष्ट्रिय आलोचनाको बीचमा आएको छ । उत्तर कोरियाले युक्रेन विरुद्धको युद्धलाई समर्थन गर्न रसियामा १० हजार भन्दा बढी सेना पठाएको छ।

गत हप्ता, किमले देशको सेनालाई युद्ध लड्ने क्षमता सुधार गर्न आग्रह गरे, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई “इतिहासको सबैभन्दा खराब अवधि“ मा तनाव बढाएको आरोप लगाएर उनले कोरियाली प्रायद्वीपलाई “विश्वको सबैभन्दा ठूलो हटस्पट“ भनेका छन् ।

अर्काे तर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र बेलायतलाई ठूलो आक्रमणको धम्की दिएका छन्। युक्रेनले अमेरिका र बेलायतको क्षेप्यास्त्र प्रयोग गरेर रुसमाथि आक्रमण गरेपछि पुटिनको धम्की आएको हो।

रुसले युक्रेनमा भएको आक्रमणमा प्रयोग गरिएको नयाँ ब्यालेस्टिक मिसाइलले बेलायतमाथि आक्रमण गर्ने धम्की दिएको छ। रुसी राष्ट्रपतिले बेलायती सैन्य सुविधाहरूलाई निशाना बनाउने बताएका छन्।

यसैबीच, बेलायती सरकारले भ्लादिमिर पुटिनको निन्दा गर्दै वक्तव्य जारी गरेको छ। रुसले युक्रेनमा द्वन्द्व बढाउन ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको सरकारले जनाएको छ। जसले हामीलाई हानि पुरÞ्याउँछन् उनीहरूले पनि दुःख भोग्नुपर्ने हुन्छ।

समाचार अनुशार पुटिनले टेलिभिजन सम्बोधनमा रुसमाथि आक्रमण गर्न युक्रेनलाई हतियार दिनेहरू विरुद्ध ठूलो कारबाही गर्ने बताएका छन्। लक्षित हुने देशहरूलाई सुरक्षित स्थानमा जानका लागि अग्रिम चेतावनी दिइने उनले बताएका छन् ।

पुटिनले डिनिप्रोमा भएको आक्रमणको बारेमा पनि बयान दिएका छन् । केही दिन अघि, हामीलाई संयुक्त राज्य अमेरिका र युनाइटेड किंगडमबाट लामो दूरीको मिसाइलले आक्रमण गरेको थियो, र नोभेम्बर २१ मा हामीले प्रतिक्रियामा युक्रेनी रक्षा उद्योगको एक सुविधामा संयुक्त आक्रमण गर्यौं“, “उनले भनेका छन् ।

पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको ब्यालेस्टिक मिसाइल (एमआरबिएम) को परीक्षण गरिएको बताएका छन् । किमले हतियारकै बलमा जसरी अमेरिकालाई बारम्बार चेतावनी दिँदै आएका छन् । त्यसै अनुरुप पुटिनले पनि पटक पटक आणविक आक्रमणको चेतावनी दिँदै आएका छन् ।

Advertisement
Advertisement

यसका लागि आश्वश्यक कानून समेत शंसोधन गरिसकेका पुटिनले किमसँगको रणनीतिक सैन्य साझेदारीमा कस्तो कदम चाल्लान्,पश्चिमाको असुरक्षाले स्वार्थका लागि बनेको उनीहरुको मित्रताबारे तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top