×

NEPAL TIMES UPDATES

Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026

रविलाई म्याद थपेपछि काठमाडौं लैजाने

९ मंसिर २०८१

९ मंसिर , काठमाण्डौ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत पु¥याइएको छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि थप म्यादका लागि उनलाई अदालत लगिएको हो ।

लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका हुन् । रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पु¥याइएको छ । प्रहरीले अनुसन्धान बाँकी रहेकोले म्याद थप मागेको छ । रविलाई म्याद थपेपछि काठमाडौँ लैजाने तयारी छ ।

Advertisement
Advertisement

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका छविलाल जोशीलाई काठमाडौँ लगेर बयान लिइसकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँमा पनि जाहेरी परेपछि बयानका लागि लगिएको हो ।

यो प्रकरणमा रवि लामिछानेविरुद्ध समेत काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोले अब उनलाई पनि बयानका लागि काठमाडौँ लगिने भएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पोखराबाट काठमाडौं ल्याइएका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन प्रहरीले गएको मंगलबार काठमाडौं ल्याएको थियो । प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले बुधबारबाट बयान लिन थालेका थिए ।

बिहीबार बयान सकेर शुक्रबार पोखरा नै फिर्ता पठाएको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताएका छन् । विभिन्न पाँच जिल्लाको सहकारीको रकम रवि र छवि समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ गएको खुलेपछि उनीहरू दुवैजना पक्राउ गरेका हुन् ।

सहकारी ठगीका मुख्य आरोपी गितेन्द्र राई (जीबी) भने अझै फरार छन् । लामिछाने पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् । दुवैजनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए । त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि उनलाई रूपन्देही पनि लगिएको थियो ।

लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो ।

यसअघि कुमार रम्तेलसँग पनि बयान लिएर कास्की फर्काइएको थियो । काठमाडौं महानगरपालिका– १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि छानबिनका क्रममा लामिछाने, जोशी संलग्न गोर्खा मिडिया प्रालिमा रकम प्रवाह भएको पाइएको सहकारी छानविन प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाको छानबिन प्रतिवेदनका आधारमा उक्त घोटाला प्रकरणमा रवि र छविको संलग्नता देखिएको भनिएको छ । सोही घोटालामा संलग्न काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र वडा नम्बर ३१ की सुनिता नेवालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो । लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् । यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रविमाथि वीरगन्जको साना पाइला सहकारीमा पनि उनीहरुमाथि अनुसन्धान हुने भएको छ । यो सहकारीबाट जीबी राईले वचत रकम गोर्खा मिडियामा लगेर ठगी गरेको आरोप छ।

लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । साहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था÷ कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सहारा बचतको रकम अपचलनबारे चितवन प्रहरीले यसअघि नै अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । पुरक जाहेरीको आधारमा थप अनुसन्धान सुरु गरेको हो । यसअघि यही मुद्दामा जीबी भन्ने गितेन्द्रबाबु राईसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर भइसकेको छ ।

साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिकेको थियो । ८ असोजमा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो । ३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top