×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

सिटी खराब लयमै, चौथो हार

९ मंसिर २०८१

९ मंसिर ,एजेन्सी ।
पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो हार व्यहोरेको छ । सिटीले शनिबार राति भएको खेलमा घरेलु मैदान इत्तिहाद रंगशालामै टोटनहमविरुद्ध ४–० को फराकिलो हार व्यहोरेको हो ।

टोटनहमको जितमा जेम्स म्याडिसनले दुई गोल गरे । पेड्रो पोरो र ब्रनान जोन्सनले समान एक गोल थपे । खेलको १३औँ मिनेटमा म्याडिसनले गरेको गोलमा टोटनहमले अग्रता बनाएको थियो । २०औँ मिनेटमा म्याडिसनले नै गोल गरेपछि टोटनहमले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

Advertisement
Advertisement

५२औँ मिनेटमा पोरोको गोलमा टोटनहमले अग्रतालाई ३–० मा पु¥यायो । यस्तै, इन्जुरी समयमा जोन्सनले गोल थपेपछि टोटनहमले ४–० को जित पक्का गरेको हो । सिटीको यो हारको शृंखला प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षण करियरकै सबैभन्दा खराब लय हो ।

ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले प्रिमियर लिगका खेलमा लगातार तेस्रो हार बेहोरेको पनि यो पहिलोपटक हो । उनको प्रशिक्षण करियरमा यसअघि कुनै पनि टिमले घरेलु मैदानमै चार गोलको हार व्यहोरेका थिएनन् ।

प्रिमियर लिगमा लगातार तेस्रो हार व्यहोरेको सिटी तालिकामा भने दोस्रो स्थानमा छ । सिटीले १२ खेलबाट २३ अंक जोडेको छ । जुन शीर्ष स्थानको लिभरपुलभन्दा पाँच अंक कम हो । लिभरपुलले ११ खेलबाट २८ अंक जोडेको छ ।

१२ खेलबाट १९ अंक जोडेको टोटनहम भने तालिकाको छैटौँ स्थानमा छ । प्रिमियर लिगमा शनिबारै भएका अन्य खेलमा आर्सनलले नटिंघम फरेस्टविरुद्ध ३–० को र चेल्सीले लेस्टर सिटीविरुद्ध २–१ को जित निकालेको छ ।

यता स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग उसैको मैदानमा २–२ को बराबरीमा रोकिएको हो । खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदासम्म बार्सिलोनाले २–० को अग्रता बनाएको थियो ।

तर, अन्तिम ६ मिनेटमा दुई गोल फर्काउँदै सेल्टा भिगोले हेन्सी फ्लिकको टिमबाट एक अंक खोस्न सफल बनेको हो । खेलको १५औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । ६१औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले पाहुना टिमको अग्रता दोब्बर बनाए ।

खेलको ८२औँ मिनेटमा मार्क कासाडोले रातो कार्डको दर्शन गर्दै मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । त्यसको दुई मिनेटपछि नै सेल्टा भिगोले पहिलो गोल फर्कायो । घरेलु टिमका अल्फोन्सो गोन्जालेजले गोल गर्दै बार्सिलोनाको अग्रतालाई २–१ मा झारेका थिए ।

८६औँ मिनेटमा ह्युगो अल्भारेजको गोलमा सेल्टा भिगो खेलमा फर्कियो । बराबरीमा रोकिए पनि एक अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायमै छ । बार्सिलोनाले १४ खेलबाट ३४ अंक जोडेको छ ।

समान खेलबाट १८ अंक जोडेको सेल्टा भिगो तालिकाको ११औँ स्थानमा छ । शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिड जितसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले डिर्पोटिभो अलाभेसविरुद्ध २–१ को जित निकालेको हो ।

खेलको पहिलो हाफमा जोन गुरिडीको गोलमा डिर्पोटिभो अलाभेसले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा एन्टोइन ग्रिजमन र एलेसान्डर सोर्लोथले गोल गर्दै घरेलु टिमलाई जितसहित तीन अंक दिलाएका हुन् ।

जितसँगै १४ खेलबाट २९ अंक जोडेको एट्लेटिको तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोलाई पछ्याइरहेको रियाल मड्रिडको २७ अंक छ । तर, रियालले दुई खेल कम खेलेको छ ।

१४ खेलबाट १३ अंक जोडेको डिर्पोटिभो अलाभेस तालिकाको १६औँ स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top