NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

मस्कले गरे सिधै ओलीलाई कल, नेपालमा स्टारलिंक नल्याईनछाड्ने

आइतवार मंसिर ९ , २०८१
Reading Time: 1 min read
A A
मस्कले गरे सिधै ओलीलाई कल, नेपालमा स्टारलिंक नल्याईनछाड्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ मंसिर ,एजेन्सी ।

अमेरिकी डलर खर्बपति एलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्ने वातावरण बनाइदिन निर्णायक पहल गरेको छ । झण्डै २ वर्षदेखि नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक शुरु गर्ने इच्छा देखाइरहेका मस्कले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नै संवाद गरेका छन् ।

नेपालमा स्टारलिंकले शतप्रतिशत लगानी गर्ने योजना बनाएको छ । तर, यसका लागि नेपालको कानून बाधक रहेको छ । त्यही बाधा फुकाउनका लागि मस्कले सिधै प्रधानमन्त्रीलाई भिडियो कल गरेका छन् । यसको पुष्टि स्वयम प्रधानमन्त्रीले सामाजिक संजालमार्फत गरिसकेका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत मस्कसँग संवाद गरेको उनको सचिवालयले जानकारी दिएको छ । कानूनी जटिलता हटाउन स्टारलिंकले अमेरिकी दूतावास मार्फत लबिङ गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र मस्कबीच संवाद भएको छ ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ट ट्रम्प प्रशासनका सबैभन्दा नजिकका किचन क्याबिनेट भित्र रहने मस्कको प्रधानमन्त्री ओलीसँगको संवादले सकारात्मक नतिजा दिने विश्लेषण गरिएको छ । यसअघि नै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै मस्कले अमेरिकी नेतृत्वको आडमा आफ्नो कम्पनीलाई विश्वभर फैलाउन सक्ने विश्लेषण गरिएको थियो ।

यस्तो अवस्थामा स्टारलिंक मस्कको निजी कम्पनी भएपनि कुनैपनि देशका लागि मस्कले गरेको प्रस्ताव अस्वीकार गर्नु अमेरिकी सरकारले गरेको प्रस्ताव अस्वीकार गर्नु जत्तिकै अवस्थामा पुगेको छ । नेपालमा आफ्नो बजारविस्तारका लागि स्टारलिंकले तयार पारेको डेमो प्रधानमन्त्री ओलीले हेरिसकेकाले यो संवादलाई अर्थपूर्ण मानिएको छ ।

कात्तिकको अन्तिममा स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर कसरी स्टारलिंकको इन्टरनेट सेवाले काम गर्छ र नेपाली भूगोलमा यसको महत्व के–के छन् भन्नेबारे प्रस्तुतिकरण (प्रिजेन्टेसन) र डेमो दिएको थिए ।

डेमो हेरेको केही दिनमा नै प्रधानमन्त्री ओली र खर्बपति मस्कबीच भिडियो संवाद भएको छ । स्टारलिंक एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित एक उपग्रहमा आधारित इन्टरनेट सेवा परियोजना हो । यसको मुख्य उद्देश्य पृथ्वीको कुनै पनि स्थानमा उच्च गतिको, भरपर्दो र सुलभ इन्टरनेट सेवा पु¥याउनु हो ।

स्टारलिंकले हजारौँ साना उपग्रहहरू पृथ्वीको सतहभन्दा ५ सय किलोमिटरको कक्ष (लो अर्थ अर्बिट) मा प्रक्षेपण गरेर नेटवर्क तयार गर्छ, जसले ग्रामीण, दुर्गम र पारम्परिक इन्टरनेट पहुँचबाट वञ्चित क्षेत्रहरूलाई इन्टरनेटमा जोड्न मद्दत गर्दछ ।

यसले परम्परागत इन्टरनेट सेवाको जस्तो तार वा केबलको आवश्यकता हटाएर सीधै उपग्रहमार्फत इन्टरनेट सिग्नल पठाउँछ । यो प्रणाली मौसमको अवस्था, भौगोलिक चुनौतीहरू र अन्य अवरोधहरूलाई बेवास्ता गर्दै विश्वभर छिटो र विश्वसनीय इन्टरनेट पु¥याउन सक्षम छ ।

स्पेस एक्सको फाल्कन ९ रकेटको मद्दतले अन्तरिक्षसम्म पु¥याइने स्टारलिंकका स्याटलाइटहरू सन् २०१९ बाट पठाउन सुरु भएको हो । एक पटकमा ६० वटासम्म स्याटलाइट पठाउन मिल्ने स्पेस एक्सका रकेटहरूले अहिलेसम्म झन्डै ४ हजारभन्दा बढी स्याटलाइटहरू अन्तरिक्षमा पु¥याइसकेको छ ।

कम्पनीको लबिङमा नै सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने प्रबन्ध मिलाउने घोषणा समेत गरेको थियो । यद्यपी स्टारलिंकलाई आफ्नो सेवा नेपालमा विस्तार गर्न चुनौती छ । हालसम्म विश्वका एक सय भन्दा धेरै देशमा स्याटलाइटमार्फत दूरसञ्चार सेवा विस्तार गरिसकेको स्टारलिंकले शतप्रतिशत लगानी गर्न पाए नेपालमा पनि आउने स्पष्ट पारेको छ ।

तर विदेशी दूरसञ्चार कम्पनीले नेपालमा ८० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने नीतिका कारण अघि बढ्न सकिरहेको छैन । नेपालको दूरसञ्चारसम्बद्ध कानुनले भने इन्टरनेट सेवा दिन इन्टरनेट सेवा प्रदायक कम्पनीकै रुपमा दर्ता हुनुपर्ने र तोकिएको शर्त पुरा गरेर लाइसेन्स लिएर सेवा शुल्क बुझाउनुपर्नेसहितका व्यवस्था गरेको छ ।

सन् २०२४ मा ६.६ अर्ब डलर आम्दानी गर्ने दाबी कम्पनीको छ । ६ बर्षअघि स्थापना भएको स्टारलिंक अहिलेसम्म अल्बानिया, फिजी, घाना, मडागास्कर, इण्डोनेसिया, दक्षिण सुडान, यमन, जिम्बाबे लगायतका न्यून आय भएकादेखि उच्चआय भएका अमेरिका, क्यानडा, बेलायत, जर्मनी, अष्ट्रेलियालगायतका विश्वका ११२ भन्दा बढी देशमा पुगिसकेको र विश्वभर ४० लाखभन्दा बढी ग्राहक बनाइसकेको स्टारलिंकको वेबसाइटमा उल्लेख गरिएको छ ।

स्टारलिंकले १ गिगाबाइट प्रतिसेकेन्डसम्मको डाउनलोड गति उपलब्ध गराउन सक्छ जसमार्फत ग्रामीण क्षेत्रहरूमा भिडियो स्ट्रिमिङ, गेमिङ र भिडियो कलजस्ता धेरै डाटा खपत हुने एपहरू सजिलै सञ्चालनमा ल्याउन सकिन्छ । स्टारलिंकले भू–स्थिर कक्षमा घुम्ने परम्परागत उपग्रहभन्दा निकै तल ’लो अर्थ अर्बिट(एलईओ)’मा आफ्नो उपग्रह राख्ने गर्छ ।

परम्परागत उपग्रहहरू करिब ३६ हजार किलोमिटरको उचाइमा घुम्छन् भने स्टारलिंकका उपग्रहहरू जम्मा ५५० किलोमिटरको उचाइमा रहेकाले डाटा प्रसारण गति छिटो हुन्छ र ’लेटेन्सी’ निकै कम हुन्छ ।

स्टारलिंकको इन्टरनेट सेवाको मूल्य घरायसी प्रयोजनका लागि मासिक १२० डलर (करिब १६ हजार रुपैयाँ) पर्छ भने ५० जीबीदेखि ५ टीबीसम्मका विभिन्न श्रेणीका प्याकेजका लागि मासिक ५० डलर (करिब ६ हजार ७ सय रुपैयाँ) देखि ५ हजार डलर (करिब ६ लाख ७० हजार रुपैयाँ) सम्म मूल्य तोकिएको छ ।

सरकारी र संस्थागत स्तरमा सेवा विस्तार गर्न सकिने सम्भावना रहे पनि व्यक्तिगत प्रयोगका लागि यो निकै महँगो छ । तर नेपालका धेरै दुर्गम र ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा पु¥याउन हालको तार, टावर वा मोबाइल नेटवर्क स्थापना गर्नु कठिन र महँगो हँदा स्टारलिंककोताररहित स्याटेलाट स्टारलिंक प्रमुख विकल्प हुने विश्लेषण गरिएको छ ।

Tags: #मस्कले गरे सिधै ओलीलाई कल#नेपालमा स्टारलिंक#ओलीलाई दबाब

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.