×

NEPAL TIMES UPDATES

Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026

नेतन्याहुविरुद्ध पक्राउ पुर्जीको असरः गाजामा बढ्यो नरसंहार

९ मंसिर २०८१

९ मंसिर , विराटनगर ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी भएदेखि इजरायलले गाजाबासीमाथि झनै आक्रामकता देखाएको छ । प्यालेस्टाइनी चिकित्सकहरुका अनुसार गाजामा पछिल्लो ४८ घण्टामा इजरेली हवाई हमलामा परि १२० भन्दा धेरैको ज्यान गएको छ भने कयौं घाइते भएका छन् ।

Advertisement

इजरेली हमलामा अस्पतालसहित कयौं महत्वपूर्ण उपकरणहरु क्षतिग्रस्त भएका छन्, स्वास्थकर्मीहरु समेत घाइते भएका छन् । इजरेली सेनाले उत्तरी गाजामा आफ्नो बमबारी र घुसपैठलाई तिब्र पारेको छ, जसको बारेमा इजरायली सेनाको दाबी छ कि यसको उद्येश्य हमासका लडाकुहरु फेरि पनि संगठित नहुन र हमला गर्न नसकुन भनेर हो ।

यद्यपि, स्थानीयहरुले के आशंका व्यक्त गरेका छन् भने इजरेलको अबको उद्येश्य एक स्थायी बफर जोन बनाउने हुनसक्छ । तर इजरायलले यो दाबीलाई अस्वीकार गरेको छ । उता लेबनान पनि इजरायली हमलाबाट बेहाल भएको छ ।

नेतन्याहुले लेबनानमा हिज्बुल्लाहको गढलाई निमिट्यान्न पार्ने कसम खाएका छन् । आफ्नो यो कसमलाई पूरा गर्नका लागि उनले लेबनानमा लगातार आक्रमण जारी राखेका छन् । कयौं रकेटहरुका साथ गरिएको यो इजरेली हमलाले लेबनानको राजधानी बेरुत छियाछिया बन्न थालेको छ ।

लेबनानका सुरक्षा सुत्रहरुका अनुसार शनिबार एकाविहानै इजरायलका तर्फबाट हमला भयो । यो हमलामा कमसेकम चार रकेट हानिएको थियो । जसले कयौं भवनहरुलाई ध्वस्त बनायो । यसमा फसेका मानिसहरुको उद्यार अहिले पनि जारी नै छ ।

रोयटर्सका अनुसार बेरुतको बस्ता क्षेत्रमा यो हमला भएको हो । विस्फोटपछि सुरक्षाबलहरुले स्थानीयहरुको सहयोगमा उद्यार कार्य जारी राखेका छन् । गत एक सातामा इजरायलद्वारा बेरुतमा गरिएको यो चौथो हमला हो । गत साता हिज्बुल्लाहका एक प्रवक्ताको ज्यान गएको थियो ।

सुरुवाती समयमा नै इजरायलले चेतावनी दिदै लेबनानलाई भनेको थियो कि उसले हमला गर्यो भने त त्यसको परिणाम हमासको जस्तै उसले भोग्नु पर्नेछ । तर यसको बाबजुदज पनि हिज्बुल्लाह रोकिएन । यसपछि बदलास्वरुप इजरायलले गाजाको ढाड भाँचेपछि अब लेबनानमा हिज्बुल्लाहको सर्वनाशका गर्नतर्फ लागेको छ ।

संयुक्त राष्ट्रसंघमा आफ्नो भाषणपछि नेतन्याहुले हिज्बुल्लाका चीफलाई मार्न आदेश दिए र उनी हवाई हमलामा मारिए । लेबनानमा सैन्य कारबाही गर्दै इजरायली सेनाले हिज्बुल्लाहको नामोनिशान मेटाउन लागि परेको छ ।

पछिल्लो समय इजारयली सेना र हिज्बुल्लाह लडाकुबीच लेबनानको दक्षिणी सीमा लडाइँ जारी छ । अर्कोतर्फ इजारयल आफ्नो हवाई हमलामार्फत हिज्बुल्लाहको ढाड भाच्न लागि परेको छ । इजरायली सेनाका अनुसार उसले लेबनानमा ति सबै स्थानहरु, पूर्वाधारहरुलाई निशाना बनाइरहेको छ, जो हिज्बुल्लाको कन्ट्रोलमा थिए ।

अर्कातर्फ हिज्बुल्लाहले पनि पछाडि नहटी लगातार इजरायली भूमीमा रकेट र मिसाइलहरुले हमला जारी राखेको छ । पछिल्ला महिनाहरूमा इजरायली आक्रमणमा बेरुतमा हिजबुल्लाह समूहका नेता हसन नसरल्लाहसहित शीर्ष सदस्यहरूको ज्यान गएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले गएको सेप्टेम्बरमा हिजबुल्लाहविरुद्ध ठूलो आक्रमण शुरू गरेको थियो । लेबनानमा युद्धका कारण तीन हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ र एक लाख जनाभन्दा धेरै आफ्नो घर छोड्न बाध्य भएका लेबनानी अधिकारीहरूले बताएका छन् ।

यसबीच लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले लेबनानी सेनाले दक्षिणमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने तयारी गरिरहेको बताएका छन् । आर्मी कमाण्डर जनरल जोसेफ आऊनले लेबनानी सेनाले लेबनानमा संयुक्त राष्ट्रसंघको अन्तरिम बलसँगको प्रश्ताव १७०१ अन्तर्गत काम गरिरहने आश्वासन दिएका छन् ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । लेबनानको राजधानी बेरुतको एक आवासीय भवनलाई लक्षित गरी शनिवार बिहान इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् ।

यसैबीच जोर्डनमा इजरायली दूतावास नजिक आक्रमण भएको छ । सुरक्षा स्रोत र सरकारी सञ्चार माध्यमले बताएको भन्दै साउथ चाइना मर्निङ पोस्टले आइतबार समाचार छापेको छ । गस्ती गरिरहेका एक जना प्रहरीमाथि गोली चलाउने व्यक्तिलाई प्रहरी टोलीले पछि हाली हानेर मारेको छ ।

यस्तै आक्रमणकारीको गोली लागेर ३ जना सुरक्षाकर्मी घाइते भएको समाचारमा उल्लेख छ । यो घटनालाई जोर्डन सरकारका सञ्चार मन्त्री मोहमद मोमानीले देशको सार्वजनिक सुरक्षा बलमाथि निशाना बनाएर गरिएको आतङ्कवादी आक्रमण भनेका छन् ।

घटनामाथि छानबिन भइरहेको उनले बताएका छन् । गोलीको आवाज सुन्ने बित्तिकै जोर्डन प्रहरीले दूतावास नजिकको क्षेत्रमा प्रहरीको सङ्ख्यामा भारी वृद्धि गरेको थियो । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

सम्बन्धित खबरहरु

Scroll to Top