Nepal Times
Nepal Times
3
Shares

नेतन्याहुविरुद्ध पक्राउ पुर्जीको असरः गाजामा बढ्यो नरसंहार

नेतन्याहुविरुद्ध पक्राउ पुर्जीको असरः गाजामा बढ्यो नरसंहार

९ मंसिर , विराटनगर ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी भएदेखि इजरायलले गाजाबासीमाथि झनै आक्रामकता देखाएको छ । प्यालेस्टाइनी चिकित्सकहरुका अनुसार गाजामा पछिल्लो ४८ घण्टामा इजरेली हवाई हमलामा परि १२० भन्दा धेरैको ज्यान गएको छ भने कयौं घाइते भएका छन् ।

इजरेली हमलामा अस्पतालसहित कयौं महत्वपूर्ण उपकरणहरु क्षतिग्रस्त भएका छन्, स्वास्थकर्मीहरु समेत घाइते भएका छन् । इजरेली सेनाले उत्तरी गाजामा आफ्नो बमबारी र घुसपैठलाई तिब्र पारेको छ, जसको बारेमा इजरायली सेनाको दाबी छ कि यसको उद्येश्य हमासका लडाकुहरु फेरि पनि संगठित नहुन र हमला गर्न नसकुन भनेर हो ।

यद्यपि, स्थानीयहरुले के आशंका व्यक्त गरेका छन् भने इजरेलको अबको उद्येश्य एक स्थायी बफर जोन बनाउने हुनसक्छ । तर इजरायलले यो दाबीलाई अस्वीकार गरेको छ । उता लेबनान पनि इजरायली हमलाबाट बेहाल भएको छ ।

नेतन्याहुले लेबनानमा हिज्बुल्लाहको गढलाई निमिट्यान्न पार्ने कसम खाएका छन् । आफ्नो यो कसमलाई पूरा गर्नका लागि उनले लेबनानमा लगातार आक्रमण जारी राखेका छन् । कयौं रकेटहरुका साथ गरिएको यो इजरेली हमलाले लेबनानको राजधानी बेरुत छियाछिया बन्न थालेको छ ।

लेबनानका सुरक्षा सुत्रहरुका अनुसार शनिबार एकाविहानै इजरायलका तर्फबाट हमला भयो । यो हमलामा कमसेकम चार रकेट हानिएको थियो । जसले कयौं भवनहरुलाई ध्वस्त बनायो । यसमा फसेका मानिसहरुको उद्यार अहिले पनि जारी नै छ ।

रोयटर्सका अनुसार बेरुतको बस्ता क्षेत्रमा यो हमला भएको हो । विस्फोटपछि सुरक्षाबलहरुले स्थानीयहरुको सहयोगमा उद्यार कार्य जारी राखेका छन् । गत एक सातामा इजरायलद्वारा बेरुतमा गरिएको यो चौथो हमला हो । गत साता हिज्बुल्लाहका एक प्रवक्ताको ज्यान गएको थियो ।

सुरुवाती समयमा नै इजरायलले चेतावनी दिदै लेबनानलाई भनेको थियो कि उसले हमला गर्यो भने त त्यसको परिणाम हमासको जस्तै उसले भोग्नु पर्नेछ । तर यसको बाबजुदज पनि हिज्बुल्लाह रोकिएन । यसपछि बदलास्वरुप इजरायलले गाजाको ढाड भाँचेपछि अब लेबनानमा हिज्बुल्लाहको सर्वनाशका गर्नतर्फ लागेको छ ।

संयुक्त राष्ट्रसंघमा आफ्नो भाषणपछि नेतन्याहुले हिज्बुल्लाका चीफलाई मार्न आदेश दिए र उनी हवाई हमलामा मारिए । लेबनानमा सैन्य कारबाही गर्दै इजरायली सेनाले हिज्बुल्लाहको नामोनिशान मेटाउन लागि परेको छ ।

पछिल्लो समय इजारयली सेना र हिज्बुल्लाह लडाकुबीच लेबनानको दक्षिणी सीमा लडाइँ जारी छ । अर्कोतर्फ इजारयल आफ्नो हवाई हमलामार्फत हिज्बुल्लाहको ढाड भाच्न लागि परेको छ । इजरायली सेनाका अनुसार उसले लेबनानमा ति सबै स्थानहरु, पूर्वाधारहरुलाई निशाना बनाइरहेको छ, जो हिज्बुल्लाको कन्ट्रोलमा थिए ।

अर्कातर्फ हिज्बुल्लाहले पनि पछाडि नहटी लगातार इजरायली भूमीमा रकेट र मिसाइलहरुले हमला जारी राखेको छ । पछिल्ला महिनाहरूमा इजरायली आक्रमणमा बेरुतमा हिजबुल्लाह समूहका नेता हसन नसरल्लाहसहित शीर्ष सदस्यहरूको ज्यान गएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले गएको सेप्टेम्बरमा हिजबुल्लाहविरुद्ध ठूलो आक्रमण शुरू गरेको थियो । लेबनानमा युद्धका कारण तीन हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ र एक लाख जनाभन्दा धेरै आफ्नो घर छोड्न बाध्य भएका लेबनानी अधिकारीहरूले बताएका छन् ।

यसबीच लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले लेबनानी सेनाले दक्षिणमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने तयारी गरिरहेको बताएका छन् । आर्मी कमाण्डर जनरल जोसेफ आऊनले लेबनानी सेनाले लेबनानमा संयुक्त राष्ट्रसंघको अन्तरिम बलसँगको प्रश्ताव १७०१ अन्तर्गत काम गरिरहने आश्वासन दिएका छन् ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । लेबनानको राजधानी बेरुतको एक आवासीय भवनलाई लक्षित गरी शनिवार बिहान इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् ।

यसैबीच जोर्डनमा इजरायली दूतावास नजिक आक्रमण भएको छ । सुरक्षा स्रोत र सरकारी सञ्चार माध्यमले बताएको भन्दै साउथ चाइना मर्निङ पोस्टले आइतबार समाचार छापेको छ । गस्ती गरिरहेका एक जना प्रहरीमाथि गोली चलाउने व्यक्तिलाई प्रहरी टोलीले पछि हाली हानेर मारेको छ ।

यस्तै आक्रमणकारीको गोली लागेर ३ जना सुरक्षाकर्मी घाइते भएको समाचारमा उल्लेख छ । यो घटनालाई जोर्डन सरकारका सञ्चार मन्त्री मोहमद मोमानीले देशको सार्वजनिक सुरक्षा बलमाथि निशाना बनाएर गरिएको आतङ्कवादी आक्रमण भनेका छन् ।

घटनामाथि छानबिन भइरहेको उनले बताएका छन् । गोलीको आवाज सुन्ने बित्तिकै जोर्डन प्रहरीले दूतावास नजिकको क्षेत्रमा प्रहरीको सङ्ख्यामा भारी वृद्धि गरेको थियो । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.