×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोदीलाई कुच्चिएको सिक्का उपहार दिदा गभर्नरलाई आपत

९ मंसिर २०८१

९ मंसिर ,एजेन्सी ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिक्का उपहार पठाएपछि विवाद भएको छ । गत असोज ८ गते गर्भनर अधिकारीसँग नेपालमा भ्रमणमा रहेका भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासबीच भेट भएको थियो ।

Advertisement
Advertisement

राष्ट्र बैंकको वालुवाटारस्थित गभर्नरको कार्यालयको बैठक कक्षमा भएको भारतका गभर्नर दासले नेपालका अधिकारीलाई महात्मा गान्धी अंकित सिक्का प्रदान उपहार दिएका थिए । त्यसपछि गर्भनर अधिकारीले नेपालको टक्सारबाट टङ्कण गरिएका गाई अंकित २ थान चाँदीका सिक्कासहितको सानो नीलो सन्दुक दासलाई उपहार दिएका थिए ।

त्यसपछि अधिकारीले दासलाई दिएकै स्वरुपको नीलो रंगको सानो सन्दुक खोली त्यसमा आफ्नो भिजिटिङ्ग कार्ड समेत राखी गभर्नर दास मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाई अंकित सिक्काहरु पठाएको राष्ट्र बैंकका निर्देशक विनोदराज आचार्यले बताएका छन् ।

गर्भनर अधिकारीले देशका लागि नै लज्जास्पद हर्कत गरेको भन्दै राष्ट्र बैंकका निर्देशक आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै केही दिनअघि कात्तिक २३ गते निवेदन पठाएको पठाएको खुलेको छ । सन्दुकमा राखी उपहारस्वरुप भारत पठाइएका सिक्का खोटा र स्वरुप बिगे्रका भन्ने जानकारी उतैबाट आएको उनले निवेदनमा उल्लेख गरेका छन् ।

त्यसपछि गभर्नर अधिकारीले उनकै कार्यालयका “उपनिर्देशक स्वेच्छा शाक्यलाई मुम्बई भ्रमण काजमा खटाई निजमार्फत् उक्त खोटा र स्वरुप बिग्रेका सिक्काको बदलामा नयाँ सिक्काहरु दिई पठाइयो,” निर्देशक आचार्यको निवेदनमा उल्लेख छ ।

उनका अनुसार टक्सारबाट उपहार शीर्षक अन्तर्गत खरिद गरेको उक्त सिक्काहरु सङ्लो नै रहेको तरपछि डल्लुस्थित एक पसलमा बनाइएको सानो साइजको सन्दुकमा जबरजस्ती सिक्का राख्दा सिक्का कुच्चिएको खुल्न आएको छ ।

गर्भनर अधिकारीले यसरी देशकै बेइज्जत हुने काम गरेको भन्दै आवश्यक निर्देशन दिन भनेर निर्देशक आचार्यले प्रधानमन्त्री ओलीलाई निवेदन लेखेका छन् । “उक्त कार्यक्रम कूटनीतिक आचार संहिता, २०७७ को दफा ७ को उपदफा (१) बमोजिम भएको हो, होइन ?,” उनले निवेदनमा प्रश्न गर्दै भनेका छन् , “उपहार आदान प्रदानका सम्बन्धमा कुटनीतिक आचार संहिता, २०७७ को दफा ११ को पालना भएको छ, छैन ?” “कार्यक्रमका विषयमा कुटनीतिक आचार संहिता, २०७७ को दफा १४ बमोजिम परराष्ट्र मन्त्री संयोजक रहने आचार संहिता पालना अनुगमन समितिले छानविन तथा अनुगमन गर्नुपर्ने हो, होइन ?,” पनि निर्देशक आचार्यले प्रश्न गरेका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीकै आदेशमा गभर्नर अधिकारीले भारतका प्रधानमन्त्री मोदीलाई उपहार पठाएको भए आफ्नो कुनै गुनासो नभएको र अन्यथा उनले आफुखुसी उक्त काम गरेको भए यसलाई सहज मान्न नसकिने उनको भनाइ छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top