बालेनले जरिवाना पत्र इमेल र हुलाकबाट पठाए

१० मंसिर , काठमाण्डौ , ।

नेकपा एमाले र काठमाडौं महानगरबीचको फोहोरको टसल झन लम्बिदै गएको छ । शुक्रबार सत्तारुढ दल एमालेले काठमाडौंको दरबारमार्गमा जागरण अभियान गर्दैगर्दा फोहर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोक्यो।

महानगरकी उप–मेयर सुनिता डंगोलसमेत सहभागी एमालेको सभाका सहभागीहरूले सडक तथा पेटीहरूमा फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना गरेको पत्र सार्वजनिक भयो। तर एमालेले भने सो जरिवाना पत्र बुझ्न नै अस्वीकार गरेको छ ।

अब एमालेले त्यसलाई लिन अस्वीकार गरेपछि काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेलाई जरिबाना गरेको पत्र हुलाक र इमेलबाट पठाएका छन् । आइतबार महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले जरिबानाको सूचना बुझ्न अस्वीकार गरेको थियो ।

मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुशार आज बिहान हुलाक र इमेलबाट हामीले पठाएका छौं। उहाँहरुले बुझ्नु भयो होला।’ नेकपा एमालेले दरबारमार्गमा मंसिर ७ गते आयोजना गरेको जागरण सभामा फोहार गरेको भन्दै काठमाडौँ महानगरले १ लाखा जरिवाना गरेको थियो।

त्यसको सूचना बुझाउन महानगरका प्रहरी आइतबार एमाले केन्द्रीय कार्यायल च्यासल पुगेका थिए। तर, आफूहरु आयोजक नभएको भन्दै एमालेको कार्यालयले त्यसलाई बुझ्न अस्वीकार गरेको थियो। महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ ।

एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली आइतबार फर्किएको थियो । यसअघि दिएको पत्रमा एमालेले ‘रेस्पोन्स’ नगरेपछि बालेनले अर्को पत्र दिएर पठाएका थिए । एमाले कार्यालयमा नगरप्रहरी सचिव महानगरका कर्मचारी पुगेका थिए ।

तर शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरुलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको थियो ।

एमाले केन्द्रिय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताएका थिए ।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्टन्टबाजी गर्नुभएको भन्दै सामान्य प्रशासनिक कुराहरु बुझेर मात्रै काम अघि बढाउन उनले आग्रह गरेका थिए ।

नेकपा एमाले नेताहरूले मेयर शाहले एमालेमाथि पूर्वाग्रह राखेर जरिबाना गरेको आरोप लगाइरहेका छन्। सामाजिक संजालमा महानगरको पत्र सार्वजनिक हुनासाथ पार्टीका महासचिव शंकर पोखरेलले महानगरका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको बताएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको भनेका थिए।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि यसलाई बालेनको पूर्वाग्रह नै देखिने तर्क गरे। उनका अनुसार कार्यक्रममा स्वयम्सेवकहरुले आफैं सरसफाइ गरिरहँदा पनि कार्यक्रम नसकिँदै २ बजे नै पत्र लेख्नु त पूर्वाग्रह देखिन्छ। उता, पूर्वमन्त्रीसमेत भएका एमालेका नेता महेश बस्नेतले त मेयर बालेनले एमालेबाट १ लाख भिख मागेको आरोप लगाएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top