NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

कीर्तिपुरको मेयर को बन्ला ? कसका के छन् एजेण्डा ?

मङ्लबार मंसिर ११ , २०८१
Reading Time: 1 min read
A A
कीर्तिपुरको मेयर को बन्ला ? कसका के छन् एजेण्डा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

११ मंसिर , काठमाण्डौ।

यही मंसिर १६ गते विभिन्न ४४ पदका लागि हुने स्थानीय तहको उपनिर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी ४ सय ७ जना चुनावी मैदानमा छन् । यो उपनिर्वाचनमा दलहरुको आफ्नो समीक्षाका रुपमा यो उपनिर्वाचनलाई हेरेका छन् भने उत्साहजनक रुपमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुले पनि यसअघिको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारले पाएको माया र अवसर आफूहरुले पनि पाउने लक्ष्यसहित चुनावी घरदैलोमा ब्यस्त देखिन्छन् ।

उपनिर्वाचनमा प्रमुख दलसहित देशभरको नजरमा परेको क्षेत्र हो कीर्तिपुरको मेयरको उपनिर्वाचन । यहाँ प्रमुख दलसहित स्वतन्त्र उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। कीर्तिपुर नगरपालिकाका स्वतन्त्र उम्मेदवार राजमान मानव पनि उपनिर्वाचनका लागि उम्मेदवार बनेर घरदैलो कार्यक्रममा व्यस्त छन् ।

उनले कुनै राजनीतिक दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका हुन् । उनलाई सहयोग गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ समेत काठमाडौं पुगे । मानव पनि आफूजस्तै भुइँ मान्छे भएकाले चुनावी अभियानमा सहयोग गर्न काठमाडौं आएको उनले बताए ।

साम्पाङले भने, ‘देशमा गफ गर्ने मान्छे धेरै छन्, काम गर्ने मान्छेको खाँचो भएकाले कीर्तिपुरवासीले सफाइ अभियन्तालाई साथ दिनु हुन्छ भन्ने अपेक्षा छ ।’ देशमा ७५३ स्थानीय तह भएपनि काठमाडौं, धनगढी र धरानको मात्र चर्चा हुने गरेको उल्लेख गर्दै साम्पाङले भने, ‘कीर्तिपुरलाई पनि त्यस्तै चर्चाको केन्द्रमा राख्न तपाईंहरुले काममा विश्वास गर्ने राजमान मानवलाई जिताउनु पर्छ ।’

स्वतन्त्र उम्मेदवार मानवले साम्पाङको उपस्थितिले आफ्नो चुनावी अभियानलाई धेरै फाइदा गर्ने बताए । ‘हुन त कीर्तिपुरवासीले मेरो कामलाई पहिल्यै देख्नुभएको छ, तर हर्कजी पनि आउनु भएपछि थप मतदाताको नजरमा म परेको छु’ उनले कीर्तिपुरमा पुराना दलहरुले गरेको फोहोर सफा गर्न मलाई एकपटक अवसर दिनुहोला भन्दै मत मागिरहेका छन् । साम्पाङ उनको चुनावी अभियानमा सहयोग गरेर मंगलबार धरान फर्किसकेका छन् ।

कीर्तिपुरका मतदाताहरू राजमानलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि समर्थन गरेको बताउँछन् । यस्तै राजमानले काठमाडौंका मेयर बालेन्द्र शाह र कसैलाई उम्मेदवार बनाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

उनले बालेनले आफ्ना बारेमा बोलिदिने आशा राखेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफूलाई समर्थन गर्न सक्ने राजमानले अपेक्षा राखेका छन् । उनले नगरपालिकाले उठाउँदै आएको कर ३० देखि ५० प्रतिशत सम्म घटाउने तथा स्वास्थ्य सेवालाई निःशुल्क बनाउने प्रतिबद्धतामा लेखेका छन् ।

यस्तै कीर्तिपुर नगरपालिकालाई नमुना सहरको रूपमा विकसित गर्ने तथा गराउने प्रतिबद्धता पनि उनको छ । उनी नेवाः लहना विश्व सरसफाइ अभियानका अभियन्ता हुन् । उनी आफूले जिते नमुना र सफा सुन्दर सहर कसरी बन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने बताउँछन् ।

कीर्तिपुरमा मात्र ११ जनाले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । सबैसँग राजमानले संवाद गरेर आफूलाई सहयोग गर्न भनेका थिए । तर अधिवक्ता समेत रहेका नरेश श्रेष्ठ भने सोमबारै उनलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

यस्तै कीर्तिपुरको प्रमुख बन्ने होडमा प्रमुख दलहरुमा कांग्रेसबाट नगर समितिका सभापति कृष्णमान डंगोल, एमालेबाट केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नम्बर १० का अध्यक्ष डा. सुरेन्द्र मानन्धर र माओवादीबाट प्राडा. शिवशरण महर्जन उम्मेदवार छन् ।

तीन जनामध्ये मानन्धर ३ नम्बर वडाका बासिन्दा हुन् । महर्जन वडा नम्बर १० र डंगोल वडा नम्बर २ का बासिन्दा हुन् । डंगोललाई कांग्रेसको विरासत जोगाउनुपर्ने दबाब पनि छ । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका राजकुमार नकर्मीले ९ हजार ४३ मत सहित विजय हासिल गरेका थिए ।

उनको देहावसान भएपश्चात् हुन लागेको उपनिर्वाचनका लागि यतिबेला डंगोल चुनावी घरदैलो अभियानमा छन् । डंगोलले धेरै विषयमा नकर्मीको अधुरो बाचा पुरा गर्नु नै रहेको बताएका छन् । यसबाहेक आफूले नगरलाई कसरी समृद्ध‚ सांस्कृतिक र विकसित बनाउन सकिन्छ भनेर प्रतिबद्धता पनि अघि सारेको उनको भनाई छ ।

२० बुँदे प्रतिबद्धतामा डंगोलले पहिलो नम्बरमा शिक्षालाई राखेका छन् । यसबाहेक स्वास्थ्य‚ यातायात‚ खानेपानीको व्यवस्थापन‚ पर्यटन र फोहोर मैला व्यवस्थापनको विषय पनि समेटिएको छ।
यस्तै यहाँ माओवादीबाट शिव शरण महर्जन चुनावी मैदानमा छन् ।

महर्जन गएको स्थानीय निर्वाचन पनि माओवादी पार्टीबाट उम्मेदवार बनेका थिए । तर‚ चार हजार ९० मत सहित तेस्रो स्थानमा रहे । यस पटक भने त्यो हारको बदला लिएर जित्ने मात्र होइन इतिहास रच्ने लक्ष्य उनले लिएका छन् । उक्त लक्ष्य सहित उनको घरदैलो अभियान जारी छ ।

शिव शरण महर्जन पेसाले प्राध्यापक तथा शिक्षाविद् हुन् । उनी उपनिर्वाचन जितेर नगरप्रमुख बन्ने योजनामा छन् । यस्तै कीर्तिपुरको नगरप्रमुख पदमा नेकपा(एमाले)बाट डा. सुरेन्द्र मानन्धर चुनावी मैदानमा छन्। मानन्धर यतिबेला मतदाताको घरदैलोमा पुगिरहेका छन्।

२०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गर्दै यहाँ एमालेले जितेको थियो। तर‚ २०७९ मा भएको निर्वाचन भने एमालेले जित्न सकेन। सबै दल एक्लाएक्लै चुनाव लड्दा एमाले दोस्रो भएको थियो । त्यसैले पनि यहाँ उनै मानन्धरलाई एमालेले गुमाएको साख फिर्ता ल्याउनुपर्ने दबाब तथा चुनौती छ।

गएको स्थानीय तह निर्वाचनमा एमालेले ४३ वर्षीय केशरत्न बज्राचार्यलाई टिकट दिएको थियो। तर‚ उनले ५ हजार ५०७ मत मात्र ल्याए र निर्वाचनमा एमाले पराजित भयो । यस उपनिर्वाचनमा उम्मेदवार बनेका मानन्धरलाई एमालेलाई २०७४ मै फर्काउनुपर्ने चुनौती छ ।

चुनावी मैदानमा रहेका मानन्धरले पनि १५ बुँदे प्रतिबद्धता सहित जनताको घरदैलोमा पुगिरहेका छन् । उनले ‘नगर नेतृत्व विहीन भएपश्चात् जनप्रतिनिधिहरूबिच अत्यन्तै अन्योलको वातावरण सिर्जना भएको बताएका छन् ।

Tags: #कीर्तिपुर नगरपालिकाका#को बन्ला कीर्तिपुरको मेयर ?#राजमान मानव#स्वतन्त्र उम्मेदवार#स्वतन्त्र राजमानको पक्षमा हर्क

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV
अन्तर्राष्ट्रिय

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी
अन्तर्राष्ट्रिय

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.