नेपाली बजारमा सुन सोल्ड आउट, न बैंकमा छ न बजारमा

१० मंसिर ८१, मंगलबार

११ मंसिर , काठमाण्डौ ।

Advertisement

आज पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, यसदिन चाँदीको मुुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय ४५ रुपैँयामा कारोबार भएको थियो । दैनिक जसो बढिरहेको सुनको मूल्य भन्सार महसुल घटेसँगै सुनचाँदीको मूल्यका भारि गिरावट आउन थालेको हो ।

सुनमा २० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ भने चाँदीमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ सोही कारण सुनको मूल्य ओरालो लाग्न थालेको हो ।  आज प्रति १० ग्राम सुनको मूल्य १ लाख २७ हजार ४ सय ८५ रुपैँया र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।

Advertisement

पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला साढे १८ हजार रूपैयाँले घटेको छ। नेपाल सरकारले सुनमा लगाएको भन्सार महसुल आधाले घटाएको र अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य घटेपछि एकैपटक यति धेरै भाउ घटेको हो। करिब एक महिना अघि (कात्तिक १५ गते) स्थानीय बजारमा सुनको मूल्य एक लाख ७१ हजारसम्म पुगेको थियो।

एक महिनाको अवधिमा नै १२ प्रतिशतले मूल्य घटेर डेढ लाखभन्दा तल झरेपछि पसलहरूमा उपभोक्ताको भिड देखिन थालेको छ। भाउ घटेपछि उपभोक्ताको भिडले सुन छैन भन्ने अवस्था आएको व्यवसायीहरुले बताएका छन्। उनीहरुले ग्राहकले भिड बढेपनि आफूहरुसँग र बैंकमा समेत सुन नभएको बताएका छन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्रचार्य उपभोक्ताको चासो बढेको बताएका छन् । चालु वर्षको औसत दिनमा वैधानिक आयात भएको सुनको औसत कारोबार डेढदेखि दुई केजी भएकोमा हिजो पसलहरूमा स्टक भएको करिब पाँच केजी सुनको कारोबार भएको हुन सक्ने आकलन गरिएको छ।

नेपाल भारतमा सुनको मूल्यमा ठूलो अन्तर भएपछि वैधानिक आयात भएको सुनको कारोबार नगन्य मात्रै हुने गरेको व्यवसायीको गुनासो रहेको थियो। वैधानिक सुनको कारोबार नहुने तर खुला सीमानाको फाइदा उठाएर भारतीय बजारबाट सुनको कारोबार बढ्ने भएपछि सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो।

यो निर्णय कार्यान्वयन गर्नको लागि आइतबार दिउँसो भन्सार विभागलाई निर्देशन दिइएको थियो भने व्यवसायीहरूलाई सर्कुलर गरिएको थियो। जसको प्रभावले सोमबार मात्रै सुनको मूल्य करिब १६ हजार रूपैयाँले घटेको थियो। यसमाथि अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेपछि मंगलबार थप दुई हजार छ सय रूपैयाँले मूल्य घटेको छ।

तर मूल्य घटे पनि व्यवसायीले सुन नभएको प्रतिक्रिया दिएका छन्। बिहेको सिजन आएकोले भोलिका दिनमा सुन बढ्न सक्ने आकलनका कारण पनि सर्वसाधारण तत्काल सुन किन्न खोजेका छन्। तर व्यावसायीले पनि सुन नपाएको प्रतिक्रिया दिएका छन्।

नेपालमा सुनको वैधानिक आयात वाणिज्य बैंकहरूले मात्रै गर्ने गरेका छन्। पछिल्लो समय वाणिज्य बैंकहरूले गत कात्तिक १२ गते आयात गरेका थिए। उनीहरूले तिहारको धनतेरसलाई केन्द्रित गरेर ३२ केजी सुन आयात गरेका थिए ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले पनि बैंकमा सुन मौज्दात नरहेको बताएका छन् । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा बैंकहरूले १३२ केजी मात्रै सुन आयात गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top