Nepal Times
Nepal Times
3
Shares

३१ वर्षे पुरानो विमान घरमाथि खस्यो

३१ वर्षे पुरानो विमान घरमाथि खस्यो

११ मंसिर , एजेन्सी ।

पार्सल र कुरियर सेवा प्रदान गर्ने जर्मन कम्पनी डीएचएलसँग सम्बन्धित कार्गो विमान दुर्घटना भएको छ। यो दुर्घटना लिथुआनियाको राजधानी नजिकै भएको हो। विमान एउटा घरमा खस्यो, जसमा एक जनाको मृत्यु भएको छ । यो दुर्घटनामा प्लेनमा सवार तिन जना भने बाच्न सफल भएका छन् ।

दुर्घटनापछि दुई जनालाई तत्काल अस्पताल लगिएको थियो भने एक जनालाई मृत घोषित गरिएको थियो । विमानस्थल नजिकैको दुई तले घरको माथिको भागमा कार्गो विमान दुर्घटना भएको हो। घटनामा केही व्यक्ति घाइते भएको बताइएको छ ।

लिथुआनियाको विमानस्थल प्राधिकरणले विमानलाई लाइपजिगबाट जर्मनीको भिल्नियस विमानस्थल उड्ने डीएचएल कार्गो विमानका रूपमा पहिचान गरिएको थियो । घटनापछि अग्नि नियन्त्रकहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए ।

अन्य आपतकालीन सेवाहरू घटनास्थलमा पठाइएको थियो। प्रारम्भिक अनुसन्धानले दुर्घटनाको कारण पत्ता लगाएको छैन। घटनामा एयरलाइन्सबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। डीएचएल समूहको मुख्यालय बोन जर्मनीमा अवस्थित छ।

डिएचएलका विमानहरू म्याड्रिडस्थित स्विफ्टएयरद्वारा सञ्चालित छन्। दुर्घटना भएको विमान करिब ३१ वर्ष पुरानो भएको बताइएको छ। विज्ञहरूले यस प्रकारको विमानलाई पुरानो संरचना मान्छन्। यद्यपि, धेरै कार्गो विमानहरू त्यो भन्दा पुराना छन् ।

प्रहरी आयुक्तले घटनाको जानकारी दिँदै विमानस्थलभन्दा केही टाढा विमान दुर्घटना भएको बताएका छन् । दुर्घटनापछि विमान करिब सय मिटर तल झरेको थियो। सोही समयमा विमानको एक भाग आवासीय घरमा ठोक्किएको थियो । जसका कारण घरको केही भागमा आगलागी भएको थियो। तर, घटनापछि घरका बासिन्दाहरू भाग्न सफल भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.