उत्तर कोरियाको डरले युक्रेनी रक्षामन्त्री दक्षिण कोरियामा

१३ मंसिर ,एजेन्सी ।

उत्तर कोरियाले रुसलाई सहयोग गरेको समाचारहरु बाहिरिएपछि युक्रेनले दक्षिण कोरियासंगको सम्बन्धलाई बलियो बनाउनतर्फ जोड दिएको छ । युक्रेनले उत्तरले रुसलाई सहयोग गरेजस्तै दक्षिणले पनि आफूलाई गरोस् भन्ने चाहेको छ ।

यसबीच युक्रेनलाई दक्षिण कोरियाको सम्भावित सैन्य सहयोगबारे अधिकारीहरूबीच छलफल हुने समाचारपछि युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा आइपुगेको र द्विपक्षीय बैठक गरिरहेको किभले बुधबार जनाएको छ ।

Advertisement

उत्तर कोरियाले युक्रेनविरुद्ध रुसको युद्ध प्रयासलाई सहयोग गर्न हजारौँ सेना तैनाथ गरेको खुलासा भएपछि दक्षिण कोरियाले द्वन्द्वमा रहेका देशहरूलाई हतियार उपलब्ध नगर्ने लामो समयदेखि रहेको नीतिलाई उल्टाउन सक्ने सङ्केत गरेपछि यो भ्रमण भएको हो ।

युक्रेनी रक्षा मन्त्रालयले रक्षा प्रमुख रुस्टेम उमरोभ पहिले नै दक्षिण कोरियामा रहेको र त्यहाँ उनका बैठक जारी रहेको एएफपीसँग पुष्टि गरेको छ । दक्षिण कोरियाली मिडियाले उमरोभ र राष्ट्रपति युन सुक येओलबीचको योजनाबद्ध बैठक भएको रिपोर्ट गरेको थियो ।

Advertisement

यद्यपि राष्ट्रपति कार्यालयले पुष्टि गर्न अस्वीकार गरेको थियो । युक्रेनी प्रतिनिधिमण्डलले ‘रुसमा उत्तर कोरियाको सेनाको तैनाथीबारे खुफिया जानकारी साझा गर्ने’ र किभको युद्ध प्रयासका लागि सोलको समर्थन खोज्ने अपेक्षा गरिएको दक्षिण कोरियाली योन्हाप समाचार एजेन्सीले अज्ञात स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत महिना दक्षिण कोरियाली मिडियालाई दिएको अन्तर्वार्तामा आफ्नो देशले आवश्यक सैन्य सहयोगको सूची पेस गर्ने तयारी गरिरहेको बताएका थिए। ‘यो हाम्रो दूतसँग एकैसाथ गरिनेछ, जो चाँडै दक्षिण कोरियाको भ्रमण गर्नेछन् र हतियार समर्थनमा छलफल हुनेछ’, जेलेन्स्कीले केबिएसको प्रतिलिपिअनुसार भने ।

उनले सूचीमा तोपखाना र वायु रक्षा प्रणालीहरू समावेश हुने बताए । यसअघि यही महिना राष्ट्रपति युनले दक्षिण कोरियाले युक्रेनलाई प्रत्यक्ष सहयोग गर्ने कि नगर्ने र कसरी गर्ने भन्ने निर्णय ‘उत्तर कोरियाको संलग्नताको स्तर’ मा निर्भर हुने र सोलले ‘हतियार प्रदान गर्ने सम्भावनालाई अस्वीकार गरिरहेको छैन’ भनेका थिए ।

युनका अनुसार यदि दक्षिण कोरियाले हतियार आपूर्ति गर्छ भने सुरुको खेप प्रकृतिजन्य अर्थात रक्षात्मक हुनेछ । युक्रेन रुसी मिसाइल बरबरताबाट आफूलाई बचाउन पश्चिमी वायु रक्षा प्रणालीहरू विशेष गरी प्याट्रियोट्समा निर्भर छ र थप आपूर्तिका लागि आह्वान गरिरहेको छ ।

आणविक हतियार भएको उत्तर कोरियासँग प्राविधिक रूपमा युद्धमा रहेको र पश्चिमी हतियार उद्योगले लामो समयदेखि बेवास्ता गरेको हतियारको उत्पादन कायम राखेको दक्षिण कोरियाले हतियार आपूर्ति गर्ने निर्णय गरेमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने विज्ञहरूले बताएका छन् ।

यसैबीच यता दुई कोरियाको सीमावर्ती क्षेत्रमा ’लाउडस्पिकर’ युद्ध चर्किएको छ । लाउडस्पिकरको कर्कशका कारण राति सुत्नसमेत नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । सीमावारि र पारि बस्नेहरू दुई देशका सेनाहरूले चर्को कर्कश आवाज निकालेर बजाउने लाउडस्पिकरका कारण पीडित भएका हुन् ।

उत्तर र दक्षिण दुवै कोरियाका बासिन्दाले चर्को आवाजका कारण हैरान भएको बताएका छन् । केही महिनादेखि दुई कोरियाबीच बढेको सैन्य तनावसँगै सीमावर्ती क्षेत्रमा चर्को आवाज निकाल्ने क्रम पनि बढेको छ ।

केही समयअघि दक्षिण कोरियाली भू–भागबाट ’बलून’ मा राखेर उत्तर कोरिायली नेता किम जङ अनको विरोध गर्दै छापिएका पर्चासहितका सामग्री उत्तरपट्टि पठाइएको थियो । यस्तै दक्षिणका सेनाले सीमापारि बस्ने मानिसले सुन्ने गरी चर्को आवाजमा लाउडस्पिकरबाट विभिन्न सन्देशहरू बजाउन थालेपछि उत्तर कोरियाले त्यही शैलीमा जवाफ दिन थालेको हो ।

दक्षिण कोरियाले यसअघि पनि चर्को आवाजमा बजाउने गरेकोमा उत्तर कोरियाले भने पहिलो पटक चर्को आवाजमा लाउडस्पिकर बजाएको बीबीसीले जनाएको छ । चर्को आवाज १० किलोमिटर टाढासम्म पुग्छ ।

सीमावर्ती क्षेत्रका बासिन्दाले चौबिसै घण्टा निस्किने चर्को कर्कश आवाजबाट आफू निदाउन नसकेको र बिरामी पर्न थालेको बताएका छन् । सन् १९४५ देखि १९५४ सम्म चलेको युद्धबाट २० लाख जनाभन्दा धेरै मानिस गुमाएका उत्तर र दक्षिण कोरिया युद्ध सकिएको वर्षाैँसम्म पनि हतियारविना विभिन्न तरिकाबाट लडिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top