×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

भित्र रविको बयान बाहिर ‘रवि दाइलाई रिहा गर’को नारा

१४ मंसिर २०८१

१४ मंसिर, काठमाण्डौ।

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो । जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको हो ।

Advertisement
Advertisement

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । साढे ६ घण्टा लामो बयान गराएर उनलाई फर्काइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले बताएका छन् ।

६ घण्टा बयान गर्दा पनि नसकिएपछि उनलाई अब आइतबार पुनः सरकारी वकिल कार्यालयमा लगिने छ। शनिबार बिदा भएकाले उनको बयान हुनेछैन। स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान गराएपछि पुनः पोखरा नै फर्काइने छ।

उनीविरुद्ध ५ वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। पोखराको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा कात्तिक २ काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो। पोखरामा अझै अनुसन्धान सकिएको छैन।

प्रहरीले उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ। यी कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। यो उनलाई यसअघि बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि लगेर फर्काइएको थियो।

यस्तै, सहारा चितवन सहकारी र वीरगञ्जको सानापाइला सहकारी ठगीको आरोपमा पनि अनुसन्धान हुँदैछ। चितवनमा पुरक जाहेरी दर्ता भइसकेको छ । सभापति लामिछानेलाई बयानका लागि काठमाडौं ल्याउने भएपछि हिजो साँझ र आज बिहानदेखि रास्वपाका नेता कार्यकर्ता जिल्ला सहकारी वकिलको कार्यालय माइतीघर पुगेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान जारी रहँदा रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सरकारी वकिलको कार्यालय नजिकै माइतीघरमा रास्वपाका नेता कार्यकर्ताले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ भन्दै विरोधमा उत्रेका हुन् ।

केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि यसअघि काठमाडौँमा ल्याएर बयान लिइएको छ । ओखलढुंगा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

२७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ । पछिल्लो पटक लामिछानेलाई कास्की जिल्ला अदालतले मंसिर ९ गते १५ दिनका लागि म्याद थप गरिएको छ ।

Advertisement

काठमाडौंको बयान सकिएपछि उनलाई कास्की लगिने छ भने उनीमाथि चितवनमा पनि पक्राउ पुर्जी जारी भएकाले कास्कीबाटै चितवन लैजाने प्रहरीको तयारी छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top