NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

उपनिर्वाचनको मतदान जारी, प्रकाशमानले खसाए भोट

आइतवार मंसिर १६ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१६ मंसिर,काठमाण्डौ।

आज विहान ७ बजेदेखि स्थानीय तहका विभिन्न रिक्त ४१ पदका लागि शन्तिपूर्ण रुपमा नै मतदान जारी छ । भरै साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो ।

निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भएर मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

विहान कतिपय ठाउँमा मतदान केन्द्रहरू सुनसान देखिएका थिए भने कतिपय ठाउँमा भने बिहानैबाट मतदाताको भीड लागेको थियो । दिउँसो हुँदै गएपछि भीडभाड पनि बढ्न थालेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार यो निर्वाचनमा कुल दुई लाख २६ हजार सात सय ९९ जना मतदाता छन् । यसैबीच काठमाडौँ महानगरपालिका–१६ मा जारी उपनिर्वाचनअन्तर्गत उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि मतदान गरेका छन् ।

उनले पकनाजोलस्थित मतदान केन्द्रमा मत खसालेका हुन् । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भइरहेको हो ।

काठमाडौँ–१६ मा नेपाली कांग्रेसले देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धरसहित चुनावी प्रतिस्पर्धामा छन् ।

राप्रपा, नेपकिपा, राप्रपा नेपाल, जसपा लगायतका दलका उम्मेदवार पनि वडा अध्यक्षको दौडमा छन् । यता कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि अहिले उत्साहपूर्वक मतदान भइरहेको छ ।

नगरप्रमुख र वडा नम्बर १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नम्बर १ मा नौ र वडा नम्बर ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नगरप्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का अध्यक्ष हीरालाल महर्जन र वडा नम्बर ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।

कीर्तिपुरको मेयरमा सत्तारुढ नेकपा एमालेको तर्फबाट सुरेन्द्र मानन्धर र नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जन लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

उता मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ । यहाँ १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेकपा माओवादीबाट रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशावीर बल, नेकपा एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् ।

छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार र अर्जुन घलान स्वतन्त्र रूपमा उठेका छन् । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समितिको प्रमुख बनेपछि हेटौँडा–१२ रिक्त भएको हो। त्यही रिक्त पद पूर्तिका लागि आज उपनिर्वाचन भइरहेको हो ।

५ सदस्यीय वडामा माओवादी केन्द्रबाट घलानले वडाध्यक्ष जित्दा ४ सदस्य एमालेबाट विजयी भएका थिए । मतदानका लागि दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएका छन् ।

सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा पाँचवटा बुथ र भोर्लेको विष्णुज्योति आधारभूत विद्यालयमा चारवटा बुथ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यहाँ कूल ८ हजार ५३ जना मतदाता छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका ५ स्थानमा जनप्रतिनिध छान्नका लागि बिहान सात बजदेखि मतदान भइरहेको छ । अहिले मतदान शान्तिपूर्वक जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमका ५ स्थानमा उम्मेदवार चुनावी मैदानमा छन् । मतदानका लागि १० वटा मतदास्थल र २२ वटा मतदान केन्द्र राखिएका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि मतदान जारी छ ।

सुरक्षा दृष्टिकोणले संवेदलशील मानिएको यो क्षेत्रमा एसपी सरोज पौडेलको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । यहाँ ५ मतदानस्थल र ९ मतदान केन्द्र राखिएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । स्वामीकार्तिक खापरमा ७ हजार ४ सय ६० मतदाता छन् । बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षको छान्न हुने उपचुनावका लागि एउटा मतदानस्थलमा दुई केन्द्र राखिएका छन् ।

यहाँ १ हजार ५ सय ५४ मतदाता छन् । नेपाली कांग्रेसका धिरेन्द्र पुजारा, नेकपा एमालेका लखीचन्द्र बोहरा र नेकपा माओवादी केन्द्रका पुष्करबहादुर बोहरा उम्मेदवार छन् ।दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षको उपचुनावका लागि एउटा मतदानस्थलमा दुई केन्द्र राखिएको छ ।

यहाँ १ हजार २ सय ७२ मतदाता छन् । दुहुँ गाउँपालिका–५ को अध्यक्षका लागि ४ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका धनसिंह कुँवर, नेकपा एमालेका मानसिंह बडाल, नेकपा माओवादी केन्द्रका विरसिंह कार्की र स्वतन्त्र लालबहादुर कुँवर उम्मेदवार छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को अध्यक्षको लागि नेपाली कांग्रेसका मोहन थापा, नेकपा माओवादी केन्द्रका देवीलाल थापा, नेकपा एमालेका देवीबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी कुमारी खड्का कुँवर उम्मेदवार छन् ।

२ मतदानस्थल र ३ केन्द्र राखिएको यहाँ १ हजार ५ सय ९३ मतदाता छन् । भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार छन्। भीमदत्त नगरपालिका–६ मा एउटा मतदानस्थलमा ६ केन्द्र राखिएका छन्।

भीमदत्त नगरपालिका–६ मा ५ हजार ४ सय ३४ मतदाता छन् । यता कर्णालीका ८ स्थानीय तहमा मतदान जारी छ । यहाँ विभिन्न पालिकामा एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

८ पदका लागि ४३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । महावु गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका एकीकृत समाजवादीका जगतबहादुर हमालले एमालेलाई समर्थन गरेका छन् ।

यहाँ नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा (माओवादी केन्द्र)बाट जंगबहादुर बराल, नेकपा एमालेबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगर चुनावी प्रतिस्पर्धामा छन् ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ७ जना मैदानमा छन् ।

यहाँ कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना उम्मेदवार छन् ।तिमिल्सिनालाई एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको साथ छ ।

यस्तै राप्रपाबाट संगिता शाही, रास्वपाबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार दिनेमा नरेश शाही र रामसरा खड्का शाही छन् । जाजरकोटस्थित कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

एमालेबाट डम्बरबहादुर घर्ती, कांग्रेसबाट खम्बबहादुर सिंह, माओवादीबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्री प्रतिस्पर्धामा छन् । यस्तै दुल्लु नगरपालिका–१३ को वडा अध्यक्षमा ६ जना चुनावी मैदानमा छन् ।

कांग्रेसबाट रेशम बहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, एमालेबाट लालबहादुर शाही, राप्रपाबाट रेशमकुमार मल्ल, रास्वपाका रामबहादुर शाही र नेमकिपाबाट पुर्णप्रसाद उपाध्याय रहेका छन् ।

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा ६ दलको प्रतिस्पर्धा हुँदैछ। नेकपा एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगन शाही, माओवादीबाट नैस्वभा शाही र नेपाली कांग्रेसबाट पैलन बहादुर शाही रहेका छन् ।

रुकुम पश्चिम जिल्लाको सानोभेरी गाउँपालिका–५ को वडा अध्यक्ष पदमा प्रमुख तीन दलको उम्मेदवारी छ । यहाँ माओवादी केन्द्रका तर्फबाट जसिराम बस्नेत, कांग्रेसबाट मोतीराम खत्री, एकीकृत समाजवादीबाट हंशराज पुरी उम्मेदवार छन् ।

यहाँ एक स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको छ । स्वतन्त्रबाट विरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेले भने उम्मेदवारी दर्ता गराएको छैन ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि ४ जना उम्मेदवार छन् । समाजवादीबाट ज्योति घर्ती, एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाँक्री र कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपानेले रहेका छन् ।

समाजवादीबाट दुई ठाउँमा उम्मेदवारी दर्ता भएपनि दुबै ठाउँमा माओवादीलाई समर्थन गर्न पार्टीले निर्देशन गरेको छ । यता मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मतदान जारी छ ।

निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार सबै मतदान केन्द्रमा बिहानबाट मतदान सुरु भएको हो । सात वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ ।

ग्रामथानको अध्यक्ष पदमा कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुलसीराम विश्वास, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उमेदवार छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताएका छन ।

उपनिर्वाचन हुन लागेका तीन पदमा एकल उमेदवारी परेपछि सर्वसम्मत भइसकेको छ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । तीन पदमा सर्वसम्मत भएकाले ४१ पदमा मात्रै मतदान हुनेछ । निर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाट हेर्न सकिने आयोगले जनाएको छ ।

Tags: #उपनिर्वाचनको मतदान#उपनिर्वाचनको मतदान जारी#मतपरिणाम कति दिनमा आउँछ ?

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह
अन्तर्राष्ट्रिय

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.