उपनिर्वाचनको मतदान जारी, प्रकाशमानले खसाए भोट

१६ मंसिर,काठमाण्डौ।

आज विहान ७ बजेदेखि स्थानीय तहका विभिन्न रिक्त ४१ पदका लागि शन्तिपूर्ण रुपमा नै मतदान जारी छ । भरै साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो ।

निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भएर मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

Advertisement

प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Advertisement

विहान कतिपय ठाउँमा मतदान केन्द्रहरू सुनसान देखिएका थिए भने कतिपय ठाउँमा भने बिहानैबाट मतदाताको भीड लागेको थियो । दिउँसो हुँदै गएपछि भीडभाड पनि बढ्न थालेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार यो निर्वाचनमा कुल दुई लाख २६ हजार सात सय ९९ जना मतदाता छन् । यसैबीच काठमाडौँ महानगरपालिका–१६ मा जारी उपनिर्वाचनअन्तर्गत उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि मतदान गरेका छन् ।

उनले पकनाजोलस्थित मतदान केन्द्रमा मत खसालेका हुन् । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भइरहेको हो ।

काठमाडौँ–१६ मा नेपाली कांग्रेसले देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धरसहित चुनावी प्रतिस्पर्धामा छन् ।

राप्रपा, नेपकिपा, राप्रपा नेपाल, जसपा लगायतका दलका उम्मेदवार पनि वडा अध्यक्षको दौडमा छन् । यता कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि अहिले उत्साहपूर्वक मतदान भइरहेको छ ।

नगरप्रमुख र वडा नम्बर १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नम्बर १ मा नौ र वडा नम्बर ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नगरप्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का अध्यक्ष हीरालाल महर्जन र वडा नम्बर ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।

कीर्तिपुरको मेयरमा सत्तारुढ नेकपा एमालेको तर्फबाट सुरेन्द्र मानन्धर र नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जन लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

उता मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ । यहाँ १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेकपा माओवादीबाट रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशावीर बल, नेकपा एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् ।

छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार र अर्जुन घलान स्वतन्त्र रूपमा उठेका छन् । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समितिको प्रमुख बनेपछि हेटौँडा–१२ रिक्त भएको हो। त्यही रिक्त पद पूर्तिका लागि आज उपनिर्वाचन भइरहेको हो ।

५ सदस्यीय वडामा माओवादी केन्द्रबाट घलानले वडाध्यक्ष जित्दा ४ सदस्य एमालेबाट विजयी भएका थिए । मतदानका लागि दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएका छन् ।

सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा पाँचवटा बुथ र भोर्लेको विष्णुज्योति आधारभूत विद्यालयमा चारवटा बुथ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यहाँ कूल ८ हजार ५३ जना मतदाता छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका ५ स्थानमा जनप्रतिनिध छान्नका लागि बिहान सात बजदेखि मतदान भइरहेको छ । अहिले मतदान शान्तिपूर्वक जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमका ५ स्थानमा उम्मेदवार चुनावी मैदानमा छन् । मतदानका लागि १० वटा मतदास्थल र २२ वटा मतदान केन्द्र राखिएका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि मतदान जारी छ ।

सुरक्षा दृष्टिकोणले संवेदलशील मानिएको यो क्षेत्रमा एसपी सरोज पौडेलको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । यहाँ ५ मतदानस्थल र ९ मतदान केन्द्र राखिएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । स्वामीकार्तिक खापरमा ७ हजार ४ सय ६० मतदाता छन् । बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षको छान्न हुने उपचुनावका लागि एउटा मतदानस्थलमा दुई केन्द्र राखिएका छन् ।

यहाँ १ हजार ५ सय ५४ मतदाता छन् । नेपाली कांग्रेसका धिरेन्द्र पुजारा, नेकपा एमालेका लखीचन्द्र बोहरा र नेकपा माओवादी केन्द्रका पुष्करबहादुर बोहरा उम्मेदवार छन् ।दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षको उपचुनावका लागि एउटा मतदानस्थलमा दुई केन्द्र राखिएको छ ।

यहाँ १ हजार २ सय ७२ मतदाता छन् । दुहुँ गाउँपालिका–५ को अध्यक्षका लागि ४ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका धनसिंह कुँवर, नेकपा एमालेका मानसिंह बडाल, नेकपा माओवादी केन्द्रका विरसिंह कार्की र स्वतन्त्र लालबहादुर कुँवर उम्मेदवार छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को अध्यक्षको लागि नेपाली कांग्रेसका मोहन थापा, नेकपा माओवादी केन्द्रका देवीलाल थापा, नेकपा एमालेका देवीबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी कुमारी खड्का कुँवर उम्मेदवार छन् ।

२ मतदानस्थल र ३ केन्द्र राखिएको यहाँ १ हजार ५ सय ९३ मतदाता छन् । भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार छन्। भीमदत्त नगरपालिका–६ मा एउटा मतदानस्थलमा ६ केन्द्र राखिएका छन्।

भीमदत्त नगरपालिका–६ मा ५ हजार ४ सय ३४ मतदाता छन् । यता कर्णालीका ८ स्थानीय तहमा मतदान जारी छ । यहाँ विभिन्न पालिकामा एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

८ पदका लागि ४३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । महावु गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका एकीकृत समाजवादीका जगतबहादुर हमालले एमालेलाई समर्थन गरेका छन् ।

यहाँ नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा (माओवादी केन्द्र)बाट जंगबहादुर बराल, नेकपा एमालेबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगर चुनावी प्रतिस्पर्धामा छन् ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ७ जना मैदानमा छन् ।

यहाँ कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना उम्मेदवार छन् ।तिमिल्सिनालाई एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको साथ छ ।

यस्तै राप्रपाबाट संगिता शाही, रास्वपाबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार दिनेमा नरेश शाही र रामसरा खड्का शाही छन् । जाजरकोटस्थित कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

एमालेबाट डम्बरबहादुर घर्ती, कांग्रेसबाट खम्बबहादुर सिंह, माओवादीबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्री प्रतिस्पर्धामा छन् । यस्तै दुल्लु नगरपालिका–१३ को वडा अध्यक्षमा ६ जना चुनावी मैदानमा छन् ।

कांग्रेसबाट रेशम बहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, एमालेबाट लालबहादुर शाही, राप्रपाबाट रेशमकुमार मल्ल, रास्वपाका रामबहादुर शाही र नेमकिपाबाट पुर्णप्रसाद उपाध्याय रहेका छन् ।

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा ६ दलको प्रतिस्पर्धा हुँदैछ। नेकपा एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगन शाही, माओवादीबाट नैस्वभा शाही र नेपाली कांग्रेसबाट पैलन बहादुर शाही रहेका छन् ।

रुकुम पश्चिम जिल्लाको सानोभेरी गाउँपालिका–५ को वडा अध्यक्ष पदमा प्रमुख तीन दलको उम्मेदवारी छ । यहाँ माओवादी केन्द्रका तर्फबाट जसिराम बस्नेत, कांग्रेसबाट मोतीराम खत्री, एकीकृत समाजवादीबाट हंशराज पुरी उम्मेदवार छन् ।

यहाँ एक स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको छ । स्वतन्त्रबाट विरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेले भने उम्मेदवारी दर्ता गराएको छैन ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि ४ जना उम्मेदवार छन् । समाजवादीबाट ज्योति घर्ती, एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाँक्री र कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपानेले रहेका छन् ।

समाजवादीबाट दुई ठाउँमा उम्मेदवारी दर्ता भएपनि दुबै ठाउँमा माओवादीलाई समर्थन गर्न पार्टीले निर्देशन गरेको छ । यता मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मतदान जारी छ ।

निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार सबै मतदान केन्द्रमा बिहानबाट मतदान सुरु भएको हो । सात वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ ।

ग्रामथानको अध्यक्ष पदमा कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुलसीराम विश्वास, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उमेदवार छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताएका छन ।

उपनिर्वाचन हुन लागेका तीन पदमा एकल उमेदवारी परेपछि सर्वसम्मत भइसकेको छ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । तीन पदमा सर्वसम्मत भएकाले ४१ पदमा मात्रै मतदान हुनेछ । निर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाट हेर्न सकिने आयोगले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top