×

NEPAL TIMES UPDATES

Playing
मधेसमा फोहोरी खेल ःराज्यमन्त्री थप्ने र सरकार ढाल्ने प्रवृत्ति|| Nepal Times
May 08, 2026
Playing
Passport Index कुन देशको पासपोर्ट पावरफुल ? सिंगापुर शीर्षमा|| Nepal Times
May 08, 2026
Playing
Top 15 Afternoon News || May-08-2026 || Nepal Times
May 08, 2026
Playing
प्रधान न्यायाधीश सिफारिसपछि सर्वाेच्चमा हलचल, वरीयता मिचियो भन्दै रिट|| Nepal Times
May 08, 2026
Playing
मृ*त्युद*ण्डको सजाय पाउने गरी चिनियाँ २ मन्त्रीले के गरे ?|| Nepal Times
May 08, 2026
Playing
कम परिमाण राखेर उपभोक्तालाई तेलमा ठ गेपछि || Nepal Times
May 08, 2026
Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026
Playing
बालेनले शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरे ? यस्तो छ कारण || Nepal Times
May 08, 2026
Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026

सिरियाली सेना पछि हटेपछि अगाडि आयो रुस

१६ मंसिर २०८१

१६ मंसिर,एजेन्सी ।

सिरियाली सरकारलाई यतिबेला विद्रोही शसस्त्र समूहले आछुआछु पारिरहेको छ । यद्यपि रुसले सिरायली सरकारलाई सहयोग गरिरहेको छ । सिरियाको अलेप्पो शहरका अधिकांश भाग विद्रोही समूहले आफ्नो नियन्त्रणमा लिएपछि रुसले हवाई आक्रमण गरेको छ ।

Advertisement
Advertisement

सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका अधिकांश भाग विद्रोहीले कब्जा गरेपछि रुसले त्यसको जवाफी कारबाही गरेको हो । सन् २०१६ पछि रुसले पहिलोपटक अलेप्पोको केही क्षेत्रमा हवाई आक्रमण गरेको हो ।

अलेप्पोमा सिरियाली सैनिक विद्रोही समूहसँग पछि हटेका छन् । यसमा राष्ट्रपति बसर अल असदको समर्थन गर्नेहरू सन्तुष्ट छैनन् । अलेप्पो शहरमा विद्रोहीले कब्जा जमाएपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोबले शनिबार इरानका विदेशमन्त्री अब्बास अराक्चीसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

उनले आफूहरुले यसमा सिरियाली सरकारलाई समर्थन गर्ने बताएका छन् । इरानका विदेशमन्त्रीले टेलिग्राममा पोस्ट गरका छन्, ’हामीले अलेप्पोको मुद्दामा रुस, इरान तथा टर्किएको बीचमा समन्वय गर्नेबारेमा कुरा गरेका छौँ ।’

यो कुराकानीबारे रुसी विदेश मन्त्रालयले पनि आफ्नो प्रतिक्रिया दिएको छ । ’दुई पक्षबीच सिरियाको पछिल्लो स्थितिको बारेमा गम्भीर कुराकानी भएको छ । हामी आपसमा मिलेरका कारबाही गर्नेबारेमा सहमत भएका छौँ ।’

यसअघि सिरियाको अलेप्पो शहरका अधिकांश भाग विद्रोहीले समूहले नियन्त्रणमा लिएको समाचार आएको थियो । सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’ बताएको छ ।

दुई महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन बुधबारदेखि लडाकुहरूले इरानी र रूसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध व्यापक आक्रमण गरिरहेका छन् ।

अल–कायदाको पूर्व सिरिया शाखाको नेतृत्वमा रहेको जिहादी गठबन्धन (एचटीएस) ले सिरियाको उत्तरपश्चिममा रहेको इदलिब क्षेत्रको केही भागका साथै छिमेकी अलेप्पो, हामा र लाटकिया प्रान्तका केही भागमा नियन्त्रण जमाएको छ ।

आक्रमणमा टर्की समर्थित विद्रोही समूह पनि समावेश रहेको बताइएको छ । एएफपी टीभीको तस्वीरमा हवाई आक्रमणपछि शहरको केही भागमा व्यापक आगलागी भएको देखिएको छ भने सडकहरू सुनसान देखिएका छन् ।

एएफपीले लिएको तस्वीरमा सिरियाली टेलिकमको भवन र ऐतिहासिक किल्लाबाहिर विद्रोहीहरूले खुसियाली मनाइरहेको देख्न सकिन्छ । केही विद्रोहीहरूले शहरको केन्द्रमा प्रार्थना गरेका थिए र उत्सवमा गोली चलाएका थिए र पछि मध्य अलेप्पोमा पैदल गस्ती गरिरहेका थिए ।

सिरियाली सेनाले ‘सशस्त्र आतङ्कवादी सङ्गठनहरू’ले ‘अलेप्पो र इदलिब मोर्चामा विभिन्न कोणबाट व्यापक आक्रमण’ गरेको र ‘१०० किलोमिटर (६० माइल) भन्दा बढी दूरीमा भीषण युद्ध भएको’ बताएको छ ।

सिरियाली युद्ध अनुगमनकारी संस्थाका अनुसार रातभर गरिएको हवाई आक्रमण उक्त क्षेत्रमा ’ठूलो (विद्रोही) सैन्य बलको आगमनसँग मिल्दोजुल्दो थियो । युद्ध अनुगमनकर्ताले विद्रोहीहरूले उत्तरका दर्जनौँ शहर र गाउँहरू कब्जामा लिएको पनि जनाएको छ ।

केही दिनयता भएको झडपमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३११ पुगेको छ जसमा एचटीएस र सम्बद्ध समूहका १८३ एचटीएस लडाकू र १०० सरकार समर्थित सेनाका साथै २८ सर्वसाधारण रहेका छन् ।

सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनमा कडाइ गरेपछि गृहयुद्ध सुरु भएको थियो । त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, लाखौँ मानिस विस्थापित भएका छन् र देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति पुगेको छ ।

पछिल्ला वर्षहरूमा यो द्वन्द्व जिहादी र असदका सहयोगी रूस, इरान र हिजबुल्लाहलगायत विदेशी शक्तिहरूबीच जटिल युद्धमा परिणत भएको छ । सेनाले युद्धमा गुमेको अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरे पनि जिहादी र उनीहरूका सहयोगीहरू रहेको क्षेत्रमा सन् २०२० देखि युद्धविराम शुरू भएको थियो ।

Advertisement

सिरियासँगको छिमेकी र असद विरोधी विद्रोहलाई समर्थन गर्ने टर्की समर्थित जिहादी र अन्य समूहले यसै साता सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका थिए ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top