×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

ट्रम्पले चीन,भारतसहित ब्रिक्स राष्ट्रलाई घुँडा टेकाउने

१६ मंसिर २०८१

१६ मंसिर , एजेन्सी ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई डलरको विकल्प नखोज्न चेतावनी दिएका छन्। राष्ट्रपतिमा निर्वाचित भएयता विभिन्न घोषणा गर्दै विश्वमा नै तरंग पैदा गरिरहेका ट्रम्पले डलरको विकल्प खोज्न प्रयास गरिरहेका ब्रिक्स राष्ट्रहरूलाई १०० प्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएका हुन्।

ब्रिक्समा विश्वका दुई ठूला उदाउँदै गरेका अर्थतन्त्रहरू चीन र भारत पनि सामेल छन्। चुनाव प्रचारका क्रममा ट्रम्पले दिएका बाचामध्ये चीनका उत्पादनमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने प्रतिबद्धता समावेश छ।

Advertisement
Advertisement

ट्रम्पको यस्तो घोषणापछि विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध चर्कने शंका बढेको छ। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘डलरबाट टाढा हुने ब्रिक्स राष्ट्रहरूको प्रयासलाई हामी मूकदर्शक बनी हेर्ने समय समाप्त भएको छ।’

उनले अमेरिकालाई ती देशहरूबाट कुनै नयाँ ब्रिक्स मुद्रा नबनाउने प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे। शक्तिशाली अमेरिकी डलरको सट्टा कुनै अर्को मुद्रा समर्थन गर्न नहुने उनको भनाइ छ। ट्रम्पले लेखेका छन्, ‘यदि यस्तो गरे भने उनीहरूले १०० प्रतिशत करको सामना गर्नुपर्नेछ।’

ब्रिक्स राष्ट्रहरूले यस्तो कदम चाले भने उनीहरूले अमेरिकी अर्थतन्त्रमा आफ्नो उत्पादन बेच्न बन्द गर्नुपर्ने ट्रम्पले उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘उनीहरूले अर्को ठाउँ खोज्न सक्छन्। तर अन्तर्राष्ट्रिय व्यापारमा ब्रिक्सले अमेरिकी डलर विस्थापित गर्न सक्ने कुनै सम्भावना छैन।’ ब्रिक्स विकासोन्मुख अर्थतन्त्रहरूको एउटा आर्थिक संगठन हो।

सुरुमा यो संगठनमा ब्राजिल, रूस, भारत र चीन समावेश थिए। २०१० मा दक्षिण अफ्रिका पनि संगठनमा सामेल भयो। पछिल्ला वर्षहरूमा यो आर्थिक गठबन्धनले सदस्यता विस्तार गरेको छ। जहाँ इजिप्ट, इरान, इथियोपिया र संयुक्त अरब इमिरेट्स (यूएई) पनि समावेश भएका छन्।

हालसम्म ३० देशले ब्रिक्समा सामेल हुने इच्छा देखाएका छन्। ब्रिक्सको गठनको उद्देश्य उत्तर अमेरिका र पश्चिमी युरोपका धनी राष्ट्रहरूको राजनीतिक र आर्थिक शक्तिलाई चुनौती दिनु हो। साथै विश्वका प्रमुख विकासोन्मुख राष्ट्रहरूलाई एकजुट गर्नु यसको उद्देश्य छ।

यस वर्षको ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता रूसले गरेको थियो तर ब्रिक्स मुद्रा ल्याउने सम्बन्धमा कुनै ठोस निर्णय भएन। रूसले २०२२ मा ब्रिक्स मुद्रा ल्याउने प्रस्ताव अघि सारेको थियो। रुसको प्रस्तावलाई ब्राजिलका राष्ट्रपति लुला डी सिल्भाले समर्थन गरेका थिए।

पछिल्लो समय चीन, रुस र भारतले अन्तराष्ट्रिय व्यापारमा समेत आफ्नो मुद्राबाट भुक्तानी कारोबार गर्दै आएका छन् । रुसले युक्रेन युद्ध सुरु भएयता युरोपेली देशहरुलाई समेत इन्धनको भुक्तानीमा अनिवार्य रुबेलमै भुक्तानी गर्नुपर्ने शर्त राखेको थियो ।

अहिले भने अधिकांश युरोपेली देशहरुले रुसी इनधनको विकल्प खोजी गरेका छन् । केही दिन अघि मात्रै ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत ट्यारिफ लगाउने बताएका छन्। उनले क्यानडा र मेक्सिको दुवैले चाहेमा अवैध आप्रवासी रर्तलाई सजिलै नियन्त्रण गर्न सक्ने भए पनि त्यसो नगरेको आरोप लगाए।

अमेरिकामा अवैध आप्रवासीको बढ्दो आगमनप्रति आक्रोशित हुँदै ट्रम्पले यो घोषणा गरेका हुन् । त्यस्तै गैरकानुनी रूपमा देशमा लागु औषध भित्रिएकोमा ट्रम्पले चीनलाई दोष दिएका छन् । चीनमा थप १० प्रतिशत कर लगाउने कुरा उनले गरेका छन् ।

जनवरी २० मा पदको शपथ लिएपछि सबैभन्दा पहिला क्यानडा, चीन र मेक्सिकोबाट आउने सामानमा कर लगाउने सोमबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा शेयर गरिएका कयौँ पोस्टहरूमा ट्रम्पले बताएका छन् ।

ट्रम्पको यही घोषणाले क्यानडा, मेक्सिको र चीनको मुद्रामा गिरावट आएको छ। न्यूयोर्क टाइम्सका अनुसार मेक्सिकोको मुद्रा पेसो डलरको तुलनामा एक दिनमा १.१८ प्रतिशतले कमजोर भयो।

सोही समयमा क्यानेडियन डलर, अमेरिकी डलरको तुलनामा एक प्रतिशतले कमजोर भएको थियो । यो सन् २०२० को मे यता कैनेडियन मुद्रामा आएको सबैभन्दा ठूलो गिरावट हो। योसँगै चीनको मुद्रा युआन पनि घटेको छ। पछिल्लो समय डलर भने निक्कै शक्तिशाली बन्दै गएको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top