×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

जय शाह बने वल्र्ड क्रिकेटको नयाँ बोस

१६ मंसिर २०८१

१६ मंसिर , एजेन्सी ।

पाकिस्तान आयोजक रहेको च्याम्पियन्स ट्रफी विवादकै बीच जय शाहले आईसीसीको अध्यक्षका रुपमा आफ्नो पदभार ग्रहण गरेका छन् । बीसीसीआईका निवर्तमान सचिव जय शाहले भारतीय क्रिकेटलाई नयाँ उचाईमा पुर्याएका छन् ।

अब उनले क्रिकेटको सर्वोच्च संस्थामा बसेर विश्व क्रिकेट हाक्नेछन् । उनी यो संस्थाको नेतृत्व गर्ने पाँचौ भारतीय हुन् । छत्तीस वर्षका शाह पछिल्लो पाँच वर्षदेखि बीसीसीआईका सचिव रहेका थिए ।

उनी आईसीसीको निर्देशक समितिमा सर्वसम्मत चुनिएका हुन् । शाहले न्यूजील्याण्डका अधिवक्ता ग्रेग बार्कलेको स्थान लिएका हुन्, जोे लगातार तेस्रो कार्यकालका लागि अध्यक्षको पदमा रहन इच्छुक थिएनन् ।

जय शाहअघि भारतबाट जगमोहन डालमिया, राजनेता शरद पवार, वकील शशांक मनोहर र उद्योगपति एन श्रीनिवासनले विश्व क्रिकेटको संस्था आईसीसीको नेतृत्व गरिसकेका थिए । भारतका गृह मंत्री अमित शाहका छोरा जय शाहको कार्यकाल चुनौतिहरुका साथ शुरू भएको छ ।

किनभने आईसीसीले अब पाकिस्तानमा हुने भनिएको च्याम्पियन्स ट्रफीका लागि ‘हाइब्रिड मोडल’ लागू गर्नका लागि एक सर्वस्वीकार्य समाधान खोज्नु पर्नेछ । तर पाकिस्तानलाई मनाउनु चानचुने कुरा हुनेछैन ।

आईसीसीको नयाँ चेयरम्यानको चुनावका लागि २७ अगस्टमा नामांकनको अन्तिम मिति थियो । सो समयसम्म जय शाहका अलावा कसैले पनि यो पदका लागि नाम दर्ता गराएनन् । त्यसपछि आईसीसी एग्जीक्यूटिभ बोर्डले जय शाहलाई निर्विरोध विजेता घोषणा गरेका हुन् ।

३५ वर्षीय जय शाह आईसीसी चेयरम्यान बन्ने सबैभन्दा कान्छा युवा पनि बनेका छन् । अब उनी ६ वर्षसम्म आईसीसीको अध्यक्षमा रहनेछन् । ६ वर्षको यो कार्यकाल २, २ वर्षको गरी ३ भागमा बाँडिएको हुन्छ ।

न्यूजील्याण्डका ग्रेग बार्कलेले यो पोस्ट ४ वर्ष सम्हाले । उनले आईसीसीलाई पहिला नै भनेका थिए कि उनी दुई वर्षको तेस्रो कार्यकालका लागि इच्छुक छैनन । त्यसपछि नै जय शाहको दावेदारी सबैभन्दा मजबूत मानिएको थियो ।

सोही अनुसार उनको प्रतिद्वन्दी नै कोही आएनन् । उनी निर्विरोध चयन भए । जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरपछि आईसीसीको अध्यक्ष बन्ने शाह पाँचौं भारतीय नागरिक हुन् ।

बार्कलेले पहिलो पटक सन् २०२० मा दुई वर्षका लागि आईसीसीको यो पद सम्हालेका थिए र नोभेम्बर २०२३ मा उनी अर्को दुई वर्षका लागि पुनः यस पदमा निर्वाचित भएका थिए । सन् २०२२ मा शाह आईसीसीको प्रभावशाली वित्त तथा वाणिज्य मामिला समितिको सदस्य बनेका थिए भने सन् २०२३ मा उनले उक्त समितिको नेतृत्व गरेका थिए ।

शाहले सन् २००९ मा गुजरात क्रिकेट संघबाट आफ्नो क्रिकेट प्रशासनिक करियर सुरु गरेका थिए । त्यसपछि उनले सन् २०१९ देखि बीसीसीआईमा सचिवको रूपमा काम गरे र उनको कार्यकाल २०२५ सम्म रहेको थियो ।

जय शाह अक्टोबर २०१९ मा बीसीसीआईको सचिव बने। उनी २०२२ मा फेरि यो पदमा निर्वाचित भए। शाह सन् २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद्को अध्यक्ष पनि थिए ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top