Nepal Times
Nepal Times
3
Shares

जय शाह बने वल्र्ड क्रिकेटको नयाँ बोस

जय शाह बने वल्र्ड क्रिकेटको नयाँ बोस

१६ मंसिर , एजेन्सी ।

पाकिस्तान आयोजक रहेको च्याम्पियन्स ट्रफी विवादकै बीच जय शाहले आईसीसीको अध्यक्षका रुपमा आफ्नो पदभार ग्रहण गरेका छन् । बीसीसीआईका निवर्तमान सचिव जय शाहले भारतीय क्रिकेटलाई नयाँ उचाईमा पुर्याएका छन् ।

अब उनले क्रिकेटको सर्वोच्च संस्थामा बसेर विश्व क्रिकेट हाक्नेछन् । उनी यो संस्थाको नेतृत्व गर्ने पाँचौ भारतीय हुन् । छत्तीस वर्षका शाह पछिल्लो पाँच वर्षदेखि बीसीसीआईका सचिव रहेका थिए ।

उनी आईसीसीको निर्देशक समितिमा सर्वसम्मत चुनिएका हुन् । शाहले न्यूजील्याण्डका अधिवक्ता ग्रेग बार्कलेको स्थान लिएका हुन्, जोे लगातार तेस्रो कार्यकालका लागि अध्यक्षको पदमा रहन इच्छुक थिएनन् ।

जय शाहअघि भारतबाट जगमोहन डालमिया, राजनेता शरद पवार, वकील शशांक मनोहर र उद्योगपति एन श्रीनिवासनले विश्व क्रिकेटको संस्था आईसीसीको नेतृत्व गरिसकेका थिए । भारतका गृह मंत्री अमित शाहका छोरा जय शाहको कार्यकाल चुनौतिहरुका साथ शुरू भएको छ ।

किनभने आईसीसीले अब पाकिस्तानमा हुने भनिएको च्याम्पियन्स ट्रफीका लागि ‘हाइब्रिड मोडल’ लागू गर्नका लागि एक सर्वस्वीकार्य समाधान खोज्नु पर्नेछ । तर पाकिस्तानलाई मनाउनु चानचुने कुरा हुनेछैन ।

आईसीसीको नयाँ चेयरम्यानको चुनावका लागि २७ अगस्टमा नामांकनको अन्तिम मिति थियो । सो समयसम्म जय शाहका अलावा कसैले पनि यो पदका लागि नाम दर्ता गराएनन् । त्यसपछि आईसीसी एग्जीक्यूटिभ बोर्डले जय शाहलाई निर्विरोध विजेता घोषणा गरेका हुन् ।

३५ वर्षीय जय शाह आईसीसी चेयरम्यान बन्ने सबैभन्दा कान्छा युवा पनि बनेका छन् । अब उनी ६ वर्षसम्म आईसीसीको अध्यक्षमा रहनेछन् । ६ वर्षको यो कार्यकाल २, २ वर्षको गरी ३ भागमा बाँडिएको हुन्छ ।

न्यूजील्याण्डका ग्रेग बार्कलेले यो पोस्ट ४ वर्ष सम्हाले । उनले आईसीसीलाई पहिला नै भनेका थिए कि उनी दुई वर्षको तेस्रो कार्यकालका लागि इच्छुक छैनन । त्यसपछि नै जय शाहको दावेदारी सबैभन्दा मजबूत मानिएको थियो ।

सोही अनुसार उनको प्रतिद्वन्दी नै कोही आएनन् । उनी निर्विरोध चयन भए । जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरपछि आईसीसीको अध्यक्ष बन्ने शाह पाँचौं भारतीय नागरिक हुन् ।

बार्कलेले पहिलो पटक सन् २०२० मा दुई वर्षका लागि आईसीसीको यो पद सम्हालेका थिए र नोभेम्बर २०२३ मा उनी अर्को दुई वर्षका लागि पुनः यस पदमा निर्वाचित भएका थिए । सन् २०२२ मा शाह आईसीसीको प्रभावशाली वित्त तथा वाणिज्य मामिला समितिको सदस्य बनेका थिए भने सन् २०२३ मा उनले उक्त समितिको नेतृत्व गरेका थिए ।

शाहले सन् २००९ मा गुजरात क्रिकेट संघबाट आफ्नो क्रिकेट प्रशासनिक करियर सुरु गरेका थिए । त्यसपछि उनले सन् २०१९ देखि बीसीसीआईमा सचिवको रूपमा काम गरे र उनको कार्यकाल २०२५ सम्म रहेको थियो ।

जय शाह अक्टोबर २०१९ मा बीसीसीआईको सचिव बने। उनी २०२२ मा फेरि यो पदमा निर्वाचित भए। शाह सन् २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद्को अध्यक्ष पनि थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.