सुदूरपश्चिमको वडाध्यक्षका कांग्रेसको क्लिनस्वीप

१६ मंसिर ८१, सोमबार

१७ मंसिर , काठमाण्डौ।

आइतबार सम्पन्न ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक हुने क्रममा छ । अहिलेसम्म कांग्रेसले सबैभन्दा बढी वडाध्यक्षमा जित हासिल गरेको छ भने एमाले र माओवादीले पालिकाको नेतृत्वसहित उप्रमुखमा समेत जित हासिल गरेका छन् ।

माओवादीले एक प्रमुख र उपप्रमुखसहित ६ वडाध्यक्ष जितिसकेको छ भने एमालेले ५ वडाध्यक्षसहित एक उपप्रमुख र एक प्रमुखमा जित हासिल गरेको छ । अहिलेसम्म जसपा २, रास्वपा एकीकृत समाजवादीले १, नेमकिपाले १, र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष पदमा विजय हासिल गर्दा राप्रपाले भने कही कतै खाता खोल्न सकेको छैन् ।

सुदूरपश्चिममा पाँच पदका लागि भएको उपचुनावमा चारमा नेपाली कांग्रेस र एकमा नेकपा एमाले विजयी भएका छन् । कांग्रेसले चारवटै वडा अध्यक्ष पदमा जित हासिल गर्दा एमालेले भने उपाध्यक्षमा चुनाव जितेको हो ।

उपनिर्वाचन भएका पाँचमध्ये तीन पद (एक उपाध्यक्ष र दुई वडा अध्यक्ष) मा २०७९ को चुनावमा नेपाली कांग्रेस विजयी भएको थियो । यस्तै, नेकपा एमाले र माओवादी केन्द्रले भने एउटा÷एउटा वडाध्यक्ष जितेका थिए ।

वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा भने एमाले र माओवादी केन्द्र पराजित भएका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा २०७९ को स्थानीय तह चुनावमा कांग्रेस उम्मेदवार मैना जोशी निर्वाचित भएकी थिइन् ।

जोशीले १ हजार ८१० मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले १ हजार ६३७ पाएकी थिइन् । जोशीको निधनपछि भएको उपनिर्वाचनमा जित निकाल्दै एमालले आफ्नो विरासत फिर्ता गरेको छ ।

२०७९ सालमा चुनाव हारेकी बुढाले यसपटक उपनिर्वाचनमा जित हात पारेकी छन् । २०७४ सालको निर्वाचनमा त्यहाँ एमालेले जितेको थियो ।उता बझाङको सुर्मा गाउँपालिका– ४ मा भने नेकपा एमालेबाट खोसेर नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

२०७९ सालको स्थानीय निर्वाचनमा एमाले उम्मेदवार सर्जन बोहरा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । एमालेका बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।

२०८० जेठमा वडाध्यक्ष बोहराको मृत्यु भएपछि उपनिर्वाचन हुँदा त्यहाँ नेपाली कांग्रेसका धीरेन्द्र पुजारा विजयी भएका छन् । दार्चुलाको दुहुँ गाउँपालिका– ५ मा नेपाली कांग्रेसले माओवादी केन्द्रबाट वडाध्यक्ष पद खोसेको छ ।

२०७९ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रका मनोरथ भट्ट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको २०८० असारमा मृत्यु भएपछि उपनिर्वाचन हुँदा नेपाली कांग्रेसका धनसिंह कुँवर वडाध्यक्षमा विजयी भएका छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिका– ६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा निर्वाचित भएका छन् । थापा ४६८ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३०१ मत पाएका छन् ।

२०७९ सालको निर्वाचनमा पनि त्यहाँ नेपाली कांग्रेस नै विजयी भएको थियो । उता कञ्चनपुरमा पनि नेपाली कांग्रेसले विरासत जोगाएको छ । भीमदत्त नगरपालिका– ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् ।

चन्द १ हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् । २०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस विजयी भएको थियो ।यता उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लज्जास्पद मत पाएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाले जितेकामध्ये कुनै पनि स्थानमा उपनिर्वाचन नभएपनि उपनिर्वाचनमा राप्रपामा जनताको खासै उत्साह देखिएको छैन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहजिल्ला झापाको कन्काइ नगरपालिका–६ को वडा अध्यक्ष पदमा राप्रपाले जम्मा २६ मत प्राप्त गरेको छ ।

यहाँ राप्रपाले नारायणप्रसाद सिटौलालाई उम्मेदवार बनाएको थियो । उनी पाँचौँ स्थानमा रहे । सुनसरीको गढी गाउँपालिका– ६ को वडा अध्यक्षमा राप्रपा चौथो स्थानमा सीमित रह्यो । यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु ४४० मतसहित निर्वाचित हुँदा राप्रपाका उम्मेदवार रत्नबहादुर श्रीपाली पाँचौँ स्थानमा रहे।

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा पनि राप्रपाको मत लज्जास्पद देखिएको छ । यहाँ राप्रपाका उम्मेदवार चन्द्रमणि दाहाल पाँचौँ स्थानमा रहँदै ३ मत प्राप्त गरे । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडा अध्यक्षमा राप्रपाका लालबाबु साह कुल ९ उम्मेदवारमध्ये पुछारबाट दोस्रो रहे ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडा अध्यक्ष पदमा राप्रपाका उम्मेदवार चौथो स्थानमा सीमित रहे । यसैगरी काठमाडौँको कीर्तिपुर नगरपालिका–१ को वडा अध्यक्षमा राप्रपाका सुरेन्द्र प्रसाद उप्रेती ६४ मतका साथ सातौँ स्थानमा रहे ।

सोही पालिकाको वडा नम्बर ४ मा राप्रपाका उम्मेदवार बिजेस बस्नेत ८७ मतका साथ पाँचौँ स्थानमा सीमित रहे । काठमाडौँ महानगरपालिका–१६ मा पनि राप्रपाका उम्मेदवार पाँचौँ स्थानमा सीमित भए ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा राप्रपाका उम्मेदवार प्रेम बहादुर भोलन १७८ मतका साथ चौथो स्थानमा रहे । गुल्मीको मुसिकोट नगरपालिका–१ मा राप्रपाका उम्मेदवार इश्वरी खाती ५ मतका साथ पाँचौँ स्थानमा रहिन् ।

यस्तै, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को वडा अध्यक्षमा राप्रपाका इनताज अहमद धोवी ६६ मतका साथ सातौँ स्थानमा रहे । यसैगरी रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडा अध्यक्षमा राप्रपाका पहल बहादुर वलीले जम्मा १० मत प्राप्त गरे ।

यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा राप्रपाका रत्नले जम्मा ५२ मत प्राप्त गरे । उनी पाँचौँ स्थानमा सीमित रहे । कालिकोटको तिलगुफा नगरपालिका–४ को वडा अध्यक्ष पदमा राप्रपाका गोगन बहादुर शाही १७ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहे ।

जाजरकोटको कुसे गाउँपालिका–७ मा राप्रपाका उम्मेदवार लालबहादुर खत्री ८ मतका साथ पुछारमा रहे । दैलेखको दुल्लु नगरपालिका–१३ को वडा अध्यक्षमा राप्रपाका रेशम बहादुर मल्ल १३ मतका साथ पाँचौँ स्थानमा रहे ।

दैलेखकै महाबु गाउँपालिका अध्यक्षमा राप्रपाका सुर्जे रावत ४७ मतका साथ छैटौँ स्थानमा रहे । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडा अध्यक्षमा भने राप्रपाका उम्मेदवार तेस्रो स्थानमा रहेका छन् ।

यद्यपि पार्टीले अपेक्षित मत ल्याउन नसकेपनि राप्रपाले उपनिर्वाचनको परिणामले फेरि पनि असफल दलहरुलाई मतदाताले छनौट गरेको देखिएको प्रतिक्रिया दिएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले निर्वाचन नजितेपनि राजनीति नहारेकोको बताएका छन् ।

उनले झुट, लुट, कुशासनको विकराल पहाड भत्काउन एउटा चुनाव पर्याप्त नहुने भन्दै देशको केही स्थानमा भएको उपचुनावको परिणामबाट निराश र विचलित हुन नहुने बताएका छन् ।यस्तै सीके राउत नेतृत्वको जनमत पार्टी उपनिर्वाचनमा सहभागितामै सीमित भएको छ ।

अधिकांश स्थानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सो पार्टीका कुनै पनि उम्मेदवारले विजय हाँसिलमात्रै गर्न सकेनन् राम्रो मत पनि पाउन नसकेका हुन् । संघीय संसदमा राष्ट्रिय पार्टीको हैसियत रहेको तथा मधेश सरकार संचालन गरिरहको जनमत स्थानीय तह उपनिर्वाचनमा भने सहभागितामै सीमित हुन पुगेको हो ।

सोही पार्टीको मधेसमा प्रतिस्पर्धी रहेको जसपा नेपालले भने दुई स्थानमा वडाध्यक्ष जितेको छ । यस्तै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एउटा वडाध्यक्ष पदमा जित हासिल गरेको छ ।

सो पार्टीबाट गढीमाई गाउँपालिकाको उम्मेदवार रहेका बजरंगी प्रसाद यादव ६५५ मतसहित विजयी भएका हुन् । यसबाहेकका वडा तथा स्थानीय तहका विभिन्न पदमा सो पार्टीको सहभागिता मात्रै बनेको छ । निर्वाचन आयोगका अनुसार सो पार्टीबाट जम्मा १५ स्थानमा उम्मेदवारी परेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top