NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

एमाले–कांग्रेसको गठबन्धनलाई तोड्दै माओवादीले गाड्यो झण्डा

सोमवार मंसिर १७ , २०८१
Reading Time: 1 min read
A A
एमाले–कांग्रेसको गठबन्धनलाई तोड्दै माओवादीले गाड्यो झण्डा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ मंसिर , काठमाण्डौ ।

रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । यहाँ कांग्रेस–एमाले गठबन्धनको संयुक्त उमेद्वारलाई हराउँदै माओवादीले जितको झण्डा गाडेको हो । गठबन्धनको उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् ।

बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् । एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा थिइन् । यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

त्यसबेला पनि यहाँ कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् । बागुलुङमा भएको दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रासँगै वडानम्बर २ का वडाध्यक्ष जयबहादुर सीर्पालीको पनि निधन भएको थियो ।

वडाध्यक्षको उपनिर्वाचनमा भने माओवादीकै जीतबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । यता हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रले अग्रता लिएको छ ।

माओवादीले स्थानीय तह निर्वाचन–२०७९ मा विजय हासिल गरेका अधिकांश वडा गुमाए पनि अन्य पार्टीले जितेका वडा खोसेर आफ्नो सिट संख्या कायम राख्न नेकपा माओवादी केन्द्र सफल भएको छ ।

२०७९ को आम निर्वाचनमा माओवादीले केन्द्रले जितेका ६ (एक निर्विरोधसहित) वटा वडामा यसपटक उपनिर्वाचन भएको थियो । कांग्रेसका ३ र एमालेका २ वटा वडा खोसेर माओवादीले २०७९ मा विजय हासिल गरेका वडासंख्या कायम गरेको हो ।

तर, माओवादी केन्द्रले विजय हासिल गरेका अन्य चारवटा वडा भने यसपटक गुमाएको छ । यसमध्ये हेटौँडा उपमहानगरपालिका–१२ नेपाली कांग्रेसले माओवादी केन्द्रबाट खोसेको छ । त्यहाँ नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी २ हजार ६३ मतसहित विजयी हुँदा माओवादी केन्द्रका रविकुमार प्रधान १ हजार ५ सय ६० मतसहित निकटतम प्रतिद्वन्द्वी मात्र बनेका छन् ।

यो वडामा यसअघि माओवादी केन्द्रका ललितकुमार घलान १ हजार ३ सय ७१ मतसहित विजयी भएका थिए । कांग्रेसका तिवारी १ हजार ३ सय ४० मतसहित दोस्रो स्थानमा थिए । जाजरकोटको कुशे गाउँपालिका–६ पनि नेपाली कांग्रेसले माओवादी केन्द्रबाट खोसेको छ ।

पहिले माओवादी केन्द्रका मनबहादुर घर्ती ३ सय ८० मतसहित विजयी भएको यो वडामा यसपटक कांग्रेस उम्मेदवार खम्बबहादुर सिंह ३ सय ४७ मतसहित विजयी भएका छन् । माओवादी उम्मेदवार गोरखबहादुर नेपाली ३ सय ३२ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका छन् ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ पनि माओवादी केन्द्रबाट नेपाली कांग्रेसको पोल्टामा गएको छ । २०७९ मा माओवादी केन्द्रका मनोरथ भट्ट ५ सय ८२ मतसहित विजयी भएको यो वडामा यसपटक कांग्रेस उम्मेदवार धनसिंह कुँवर ३ सय ७६ मतसहित विजयी हुँदा एमालेका मानसिंह बडाल ३ सय ५८ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका छन् ।

माओवादीले गुमाएको अर्काे वडा कालिकोटको तिलागुफा नगरपालिका–४ हो, नेमकिपाले जित हासिल गर्न सफल भएको छ । कांग्रेसको हातबाट ३ र नेमकिपाको हातबाट १ वडा गुमाएको माओवादी केन्द्रले एक वडा एमालेको हातबाट पनि गुमाउनुपरेको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ एमालेले माओवादी केन्द्रबाट खोस्न सफल भएको हो । यहाँ एमाले उम्मेदवार सकिबुल खाँ ६ सय ३१ मतसहित विजयी हुँदा माओवादी उम्मेदवार आइतीकुमारी यादव ५ सय ३४ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेकी छन् ।

उपनिर्वाचनमा तीन वडा कांग्रेस र एक वडा एमालेलाई बुझाएको माओवादी केन्द्रले कांग्रेसका ३ र एमालेका २ वडा खोस्न सफल भएको छ । कांग्रेसले जितेका दुई पालिकाका प्रमुख र उपप्रमुख पनि उसले यसपटक एक्लै निर्वाचन लडेर आफ्नो पोल्टामा पारेको छ ।

यसमध्ये यसअघि नेपाली कांग्रेसले विजय हासिल गरेको उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भएका छन् । यसैगरी नुवाकोटको ककनी गाउँपालिका–२ पनि माओवादी कांग्रेसबाट खोस्न सफल भएको छ ।

२०७९ मा सो वडामा पराजित माओवादी केन्द्रका कृष्ण घिमिरे १ हजार ८५ मतसहित विजयी भएका छन् । माओवादी केन्द्रले नेपाली कांग्रेसबाट खोसेको अर्काे वडा धनुषाको धनुषाधाम नगपालिका–१ हो।

नेपाली कांग्रेसको गढ मानिएको सो वडामा यसपटक माओवादी उम्मेदवार सुनील कापर केवट ६ सय ८४ मतसहित विजयी भएका छन्। निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६ सय २ मत प्राप्त गरेका छन् ।

रामगोपालपुर नगरपालिका–२ (महोत्तरी) मा एमालेबाट प्राप्त हारको क्षतिपूर्ति माओवादी केन्द्रले गोरखा नगरपालिका–५ (गोरखा) बाट गरेको छ । त्यहाँ माओवादी उम्मेदवार विष्णुबहादुर मगर ४ सय ८६ मतसहित विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भाइकाजी आलेले यहाँ ४ सय २ मत प्राप्त गर्दा एमाले उम्मेदवार दुर्गामाया थापा राना यहाँ ३ सय ४५ मतमा खुम्चिएकी छन् । यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ पनि माओवादी केन्द्रले एमालेबाट खोस्न सफल भएको छ ।

त्यहाँ माओवादी केन्द्रका नरबहादुर झाँक्री १ सय ६१ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले १ सय १६ मतमात्र प्राप्त गरेका छन् । यता मोरङको ग्रामथान गाउँपालिकाको प्रमुख र जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पद माओवादीले कांग्रेसबाट आश्चर्यजनक रूपमा खोस्न सफल भएको छ ।

यसमध्ये ग्रामथान गाउँपालिकामा माओवादीको उम्मेदवार नमोनारायण माझी ६ हजार ९ सय ६९ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले यहाँ ५ हजार ३ सय ३३ मतमात्र प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार तुलसीराम विश्वासलाई ४ हजार १ सय ५९ मतमात्र प्राप्त भएको छ ।

साढे दुई वर्षपछि भएको उपनिर्वाचन परिणाम उलटपुलट पार्दै माओवादी केन्द्रले त्यहाँ आश्चर्यजनक हासिल गरेको हो ।

Tags: #एमाले–कांग्रेसको गठबन्धन#माओवादीको कब्जा#माओवादीले गाड्यो झण्डा

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.