×

NEPAL TIMES UPDATES

Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026

अनिल र आसिफको कीर्तिमानी साझेदारी, अनिलको अर्धशतक

१७ मंसिर २०८१

१७ मंसिर , काठमाण्डौ ।

कप्तान अनिलकुमार साह र मार्की खेलाडी आसिफ सेखबीच पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हुँदा जनकपुर बोल्ड्सले नेपाल प्रिमियर (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ। सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्समाथि आठ विकेटको जित हात पारेको हो।

पहिलो खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले नै पराजित गरेको थियो। यो लगातार दुई जितले जनकपुरले आफूलाई उपाधिको प्रमुख दाबेदारको रुपमा उभ्याएको छ । लगातार दुई खेल खेलेको जनकपुरले दुवै खेलमा सानदार जित हासिल गरेको छ ।

जितसँगै शीर्ष स्थानको जनकपुरले दुई खेलबाट चार अंक पु¥याएको छ। कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याउन जनकपुरलाई खासै समस्या भएन। उसले उक्त लक्ष्य १५.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो। ओपनरद्वय अनिल र आसिफको पहिलो विकेटका लागि भएको ८४ रनको साझेदारीले नै जनकपुरलाई जितनजिक पु¥याएको थियो।

एनपिएलमा पहिलो विकेटका लागि भएको यो नै कीर्तिमानी साझेदारी हो। कर्णालीका यो साझेदारी खतरा बन्दै गइरहेको अवस्थामा लेग स्पिनर मौसम ढकालले १०औं ओभरको चौथो बलमा डिप कभरमा रहेका आसिफलाई ३६ रनमा क्याच आउट गराए।

२९ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। तर, उक्त ब्रेक थ्रुले जनकपुरलाई खासै असर गरेन। त्यसपछि अनिल र लाहिरू मिलान्थले ३३ रनको साझेदारी गर्दै जनकपुरको स्कोर १२.५ ओभरमा २–११७ को स्थितिमा पु¥याए।

त्यसपछि अनिल र जेम्स निसमले इनिङ्सलाई अगाडि बढाउँदै सानदार जित दिलाए। ४२ बल खेलेका अनिल ६ चौका र तीन छक्कासहित ६२ रनमा अविजित रहे। अनिल एनपिएलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

निसमले ८ बलमा दुई चौका र एक छक्कासहित १६ रन बनाए। कर्णालीका जिशन मक्सूद र मौषमले समान एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले तल्लो क्रमका अर्जुन घर्ती र कप्तान सोमपाल कामीको अर्धशतकीय साझेदारीमा १४१ रन बनाएको थियो।

कप्तान सोमपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर, सुरुमा उनको सो निर्णय कर्णालीलाई महँगो सावित भयो। चर्को शुल्क तिरेर ल्याएको भारतीय पूर्वब्याटर शिखर धवन चल्न सकेनन्। ओपनर देव खनाल एक रनमै पभिलियन फर्किए।

लगालग विकेट गुमाइरहेको अवस्थामा अर्जुन र सोमपालले अर्धशतकीय साझेदारी गरेपछि कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रन बनाएको हो। २२ बल खेलेका अर्जुन दुई चौका र दुई छक्कासित ३३ रन बनाएर आउट भए।

सोमपाल १३ बलमा तीन चौका र एक छक्कासहित २९ रन बनाएर अविजित रहे। उनीहरूबीच सातौं विकेटका लागि ५६ रनको विशाल साझेदारी भएको थियो। अर्जुनले १९औं ओभरमा हर्ष ठाकरलाई दुई छक्का र दुई चौका प्रहार गरेका थिए।

उक्त ओभरमा उनले ६ बलमै २२ रन जोडे। अर्को ओभरमा सोमपालले निसमको सुरुआती तीन बलमा १४ रन प्रहार गरेपछि कर्णाली मजबुत बनेको थियो। अर्जुन रन आउट भए। कर्णालीले पावर प्लेमै खराब सुरुआत गरेको थियो।

देवलाई ललितनारायण राजवंशीले दुई रनमै बोल्ड गरे। उनी आउट भएसँगै कर्णालीलाई महँगो परेको धवनबाट ठूलो इनिङ्सको आश थियो। तर, नेपाल आउनुभन्दा अगाडि नै चर्चाको शिखरमा रहेका धवन पनि चल्न सकेनन्।

१४ बल खेलेका उनी तीन चौकासहित १४ रन खर्चिँदै क्यानेडाली बलर हर्ष ठाकरको बलमा बोल्ड भए। पावर प्लेमै दुई ओपनर गुमाएपछि कर्णाली दबाबमा परेको थियो। इनिङ्स सम्हाल्दै दरिलो ब्याटिङ गर्नुपर्ने बेला चाड्विक वाल्टन, बाबर र जिशन मक्सूदले पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्।

जमैकन ब्याटर वाल्टन आठ रनमा मोहम्मद मोहिसिनबाट बोल्ड भए। हङकङका ब्याटर हायातलाई मोहिसिनले नै जिम्मी निसमबाट क्याच आउट गराए। लगातार विकेट गुमिरहेको अवस्थामा गुल्शनकुमार झाले कर्णालीको इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे।

स्लो पिचमा २७ बलको सामना गरेका उनले एक चौका र तीन छक्कासहित ३६ रन बनाए। उनी किशोर महतोबाट बोल्ड भए। गुल्शनको स्कोर नै यो इनिङ्सको उच्च रह्यो। एनपिएलमा आजको पहिलो खेलमा चितवनले काठमाडौंलाई पराजित गरेको थियो ।

अब भोलिपनि दुई खेल हुनेछ । पहिलो खेलमा सुदूर पश्चिम र विराटनगर तथा दोस्रो खेलमा चितवन र पोखराबीच हुनेछ ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top