Nepal Times
Nepal Times
3
Shares

अनिल र आसिफको कीर्तिमानी साझेदारी, अनिलको अर्धशतक

अनिल र आसिफको कीर्तिमानी साझेदारी, अनिलको अर्धशतक

१७ मंसिर , काठमाण्डौ ।

कप्तान अनिलकुमार साह र मार्की खेलाडी आसिफ सेखबीच पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हुँदा जनकपुर बोल्ड्सले नेपाल प्रिमियर (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ। सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्समाथि आठ विकेटको जित हात पारेको हो।

पहिलो खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले नै पराजित गरेको थियो। यो लगातार दुई जितले जनकपुरले आफूलाई उपाधिको प्रमुख दाबेदारको रुपमा उभ्याएको छ । लगातार दुई खेल खेलेको जनकपुरले दुवै खेलमा सानदार जित हासिल गरेको छ ।

जितसँगै शीर्ष स्थानको जनकपुरले दुई खेलबाट चार अंक पु¥याएको छ। कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याउन जनकपुरलाई खासै समस्या भएन। उसले उक्त लक्ष्य १५.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो। ओपनरद्वय अनिल र आसिफको पहिलो विकेटका लागि भएको ८४ रनको साझेदारीले नै जनकपुरलाई जितनजिक पु¥याएको थियो।

एनपिएलमा पहिलो विकेटका लागि भएको यो नै कीर्तिमानी साझेदारी हो। कर्णालीका यो साझेदारी खतरा बन्दै गइरहेको अवस्थामा लेग स्पिनर मौसम ढकालले १०औं ओभरको चौथो बलमा डिप कभरमा रहेका आसिफलाई ३६ रनमा क्याच आउट गराए।

२९ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। तर, उक्त ब्रेक थ्रुले जनकपुरलाई खासै असर गरेन। त्यसपछि अनिल र लाहिरू मिलान्थले ३३ रनको साझेदारी गर्दै जनकपुरको स्कोर १२.५ ओभरमा २–११७ को स्थितिमा पु¥याए।

त्यसपछि अनिल र जेम्स निसमले इनिङ्सलाई अगाडि बढाउँदै सानदार जित दिलाए। ४२ बल खेलेका अनिल ६ चौका र तीन छक्कासहित ६२ रनमा अविजित रहे। अनिल एनपिएलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

निसमले ८ बलमा दुई चौका र एक छक्कासहित १६ रन बनाए। कर्णालीका जिशन मक्सूद र मौषमले समान एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले तल्लो क्रमका अर्जुन घर्ती र कप्तान सोमपाल कामीको अर्धशतकीय साझेदारीमा १४१ रन बनाएको थियो।

कप्तान सोमपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर, सुरुमा उनको सो निर्णय कर्णालीलाई महँगो सावित भयो। चर्को शुल्क तिरेर ल्याएको भारतीय पूर्वब्याटर शिखर धवन चल्न सकेनन्। ओपनर देव खनाल एक रनमै पभिलियन फर्किए।

लगालग विकेट गुमाइरहेको अवस्थामा अर्जुन र सोमपालले अर्धशतकीय साझेदारी गरेपछि कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रन बनाएको हो। २२ बल खेलेका अर्जुन दुई चौका र दुई छक्कासित ३३ रन बनाएर आउट भए।

सोमपाल १३ बलमा तीन चौका र एक छक्कासहित २९ रन बनाएर अविजित रहे। उनीहरूबीच सातौं विकेटका लागि ५६ रनको विशाल साझेदारी भएको थियो। अर्जुनले १९औं ओभरमा हर्ष ठाकरलाई दुई छक्का र दुई चौका प्रहार गरेका थिए।

उक्त ओभरमा उनले ६ बलमै २२ रन जोडे। अर्को ओभरमा सोमपालले निसमको सुरुआती तीन बलमा १४ रन प्रहार गरेपछि कर्णाली मजबुत बनेको थियो। अर्जुन रन आउट भए। कर्णालीले पावर प्लेमै खराब सुरुआत गरेको थियो।

देवलाई ललितनारायण राजवंशीले दुई रनमै बोल्ड गरे। उनी आउट भएसँगै कर्णालीलाई महँगो परेको धवनबाट ठूलो इनिङ्सको आश थियो। तर, नेपाल आउनुभन्दा अगाडि नै चर्चाको शिखरमा रहेका धवन पनि चल्न सकेनन्।

१४ बल खेलेका उनी तीन चौकासहित १४ रन खर्चिँदै क्यानेडाली बलर हर्ष ठाकरको बलमा बोल्ड भए। पावर प्लेमै दुई ओपनर गुमाएपछि कर्णाली दबाबमा परेको थियो। इनिङ्स सम्हाल्दै दरिलो ब्याटिङ गर्नुपर्ने बेला चाड्विक वाल्टन, बाबर र जिशन मक्सूदले पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्।

जमैकन ब्याटर वाल्टन आठ रनमा मोहम्मद मोहिसिनबाट बोल्ड भए। हङकङका ब्याटर हायातलाई मोहिसिनले नै जिम्मी निसमबाट क्याच आउट गराए। लगातार विकेट गुमिरहेको अवस्थामा गुल्शनकुमार झाले कर्णालीको इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे।

स्लो पिचमा २७ बलको सामना गरेका उनले एक चौका र तीन छक्कासहित ३६ रन बनाए। उनी किशोर महतोबाट बोल्ड भए। गुल्शनको स्कोर नै यो इनिङ्सको उच्च रह्यो। एनपिएलमा आजको पहिलो खेलमा चितवनले काठमाडौंलाई पराजित गरेको थियो ।

अब भोलिपनि दुई खेल हुनेछ । पहिलो खेलमा सुदूर पश्चिम र विराटनगर तथा दोस्रो खेलमा चितवन र पोखराबीच हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.