×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

नेपालले BRI फ्रेमवर्कमा हस्ताक्षर गरेपछि भारतीय मिडियामा हल्लाखल्ला

२० मंसिर २०८१

२० मंसिर, काठमाण्डौ।

चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार आज बिहान ११ बजे बिदाइ गरे ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २ः३० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेकोे छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेएजिङ गएका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा सम्झौता समेत भएको छ । ओलीले चीनसंग ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताएका छन् । बुधबार चीनका लागि नेपाली राजदूतावाले बेइजिङमा आयोजना गरेको ‘रिसेप्सन’ समारोहलाई सम्बोधन गर्दै ओलीले आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताए ।

प्रधानमन्त्रीले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीनजस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धिगरी समृद्धिको यात्रामा अगाडि बढिरहेका सन्दर्भमा सन् २०२५ मा धेरै ठूलो सङ्ख्यामा चीनका पर्यटन नेपाल ल्याउने गरी तयारी भएको जानकारी दिए ।

उनले चीनका व्यवसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको जनाए । प्रधानमन्त्री ओलीले नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास पनि उल्लेख गरे ।

यस्तै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पनि प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई उचाइमा लैजान बल पुगेको बताएकी छन् । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ (बिआरआइ) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो ।

बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले चिनियाँ पक्षलाई सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित एक दर्जन परियोजना प्रस्ताव गरेकोमा १० परियोजना फ्रेमवर्क सहमति हुँदा परेको हो । नेपालले प्रस्ताव गरेको काठमाडौं–हेटौंडा पोडवे र काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति भने सहमतिको सूचीमा अटाएनन् ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अमरगढी सिटी हल र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना पनि ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा परेका छन् ।

बीआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरूमा:
टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क, झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स रहेका छन् ।

यसैबीच नेपालले चीनको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको विषयलाई भारतीय मिडियाहरुले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । उनीहरुले नेपाल चीनतिर ढल्किएको, चीनको ऋणको पासोमा परेको लगायतका विश्लेषणसहित समाचार छापेका छन् ।

बीबीसीको हिन्दी संस्करणले बीआरआई सम्झौतामा हस्ताक्षर गरेबाट नेपाल भारतको प्रभावबाट टाढा जाने कोसिसको रुपमा हेरिएको जनाएको छ । बिजनेस स्ट्याण्डर्डले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको परनिर्भरता कम गर्न चाहेकाले चीनसँग बीआरआई सम्झौतामा हस्ताक्षर गरेको लेखेको छ ।

उसले लेखेको छ, ‘ओली उत्तरी छिमेकीसँग आर्थिक सम्बन्ध गहिरो र पुनर्गठित गर्न चाहन्छन् । साथै उनी भारतसँग परम्परादेखि चल्दै आएको निर्भरता कम गर्न चाहन्छन् ।’ नेपालको अन्तर्राष्ट्रिय व्यापारको हिस्सा भारतसँग दुई तिहाइ र चीनसँग १४ प्रतिशत मात्र भए पनि चीनले नेपाललाई भारतको तुलनामा ३० मिलियन डलरभन्दा बढी अनुदान दिने गरेको पनि समाचारमा उल्लेख छ ।

टाइम्स अफ इण्डियाले पनि सुरुमा भारत भ्रमण गर्ने परम्परा तोडेर ओली चीन भ्रमणमा गएको र बीआरआई सम्झौतामा हस्ताक्षर गरेको लेखेको छ । नवभारत टाइम्सले नेपालले बीआरआईमा हस्ताक्षर गर्दा भारतलाई टेन्सन भएको समाचार लेखेको छ ।

‘चीनलाई खुसी बनाउने नाममा ऋण लिएर नेपालका कम्युनिष्ट पार्टीले जहाज डुबाउन सक्ने चिन्ता छ । नेपाल चीनको ऋणको पासोमा फस्दै जाने आशंका छ । यदि यस्तै भयो भने नेपालको नीतिमा चीनको दख्खल बढ्ने छ, जुन भारतका लागि राम्रो हुने छैन ।’ एनडीटीभीले पनि बीआरआईमा नेपालले हस्ताक्षर गर्दा भारतमा तनाव भएको लेखेको छ ।

नेपालले बीआरआईमा हस्ताक्षर गरेको विषयलाई जी न्यूजले अझ कडा शब्दमा टिप्पणी गरेको छ । उसले यो सम्झौताले ओलीलाई भारी पर्नसक्ने लेखेको छ ।

Advertisement

जी न्यूजको अनलाइन संस्करणमा लेखिएको छ, ‘बीआरआई सहयोग मस्यौदामा अनुदानको सट्टा सहायता लेखेर नेपालले तत्कालको लागि फाइदा देखेको होला तर आँखा चिम्लिएर चीनको भरोसा गर्नु ओलीका लागि भारी पर्नसक्छ ।’ उसले थप लेखेको छ, ‘यो सम्झौतापछि नेपालमा चीनको प्रभाव बढ्ने आशंका छ र यो भारतका लागि कुनै पनि हालतमा राम्रो होइन ।’

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top