१८ सांसर , एजेन्सी ।
बंगलादेशमा हिन्दुहरुमाथिको हिंसा अझै रोकिएको छैन । यसबीच स्वयं भारतको शरणमा रहेकी पूर्व प्रधानमंत्री शेख हसिना भने बंगलादेशको राजनीतिमा पुन एक्टिभ भएकी छन् । दर्जनौं आरोपसहित आफूमाथि पक्राउ पूर्जी समेत जारी भएकाबेला हसिनाले आफ्नो देशमा हिन्दु समुदायका मानिसहरुमाथि भइरहेको हिंसामा अंतरिम सरकारका प्रमुख मोहम्मद यूनुसलाई जिम्मेवार ठहर गरेकी छन् ।
उनले मोहम्मद यूनुसले नरसंहार गराइरहेको भनेकी छन् । यसका कारण देशमा फेरि अराजकताको की स्थिति पैदा भएको उनको आरोप छ । अमेरिकाकोे न्यूयोर्कमा आयोजित आफ्नो पार्टी अवामी लीगको एक कार्यक्रमलाई भर्चुअली संबोधन गर्दै शेख हसिनाले भनिन्, देशमा अल्पसंख्यकहरुमाथि भइरहेको हमलाका लागि सम्पूर्णरुपले मोहम्मद यूनुस जिम्मेवार छन् ।
उनले भनिन्, ममाथि नरसंहारको आरोप लगाइएको छ, जबकि सत्य कुरा मोहम्मद यूनुसले कट्टरपंथी विद्यार्थी नेताहरुको साथमा मिलेर नरसंहार गराइरहेका छन् । यो सबैको मास्टमाइंड युनुस भएको उनको आरोप छ ।
हसिनामात्रै होइन तारिक रहमानले पनि लण्डनबाट भनेका छन् कि यदि हत्याहरु जारी रहन्छन् भने त यो सरकार टिक्न सक्दैन । यसबीच शेख हसिनाले रहमानको प्रशंसामा पुल बाँधेकी छन्, जसको विशेष अर्थ रहेको बताइएको छ ।
तारिक रहमान पूर्व पीएम र बीएमपीकी नेतृ खालिदा जियाका छोरा हुन् । उनलाई एक मामिलामा दोषी ठहराइएपछि लण्डनमा निर्वासित भएका हुन् । यद्यपि, गत १ डिसेम्बरमा बंगलादेशको हाईकोर्टले उनलाई त्यो मामिलामा सफाइ दिएको थियो ।
बंगलादेशमा पछिल्ला दिनहरुमा हिन्दुहरु विरुद्ध निकै हिंसा भड्किएको छ । इस्कोनका एक पुजारी चिन्मय कृष्ण दासलाई गिरफ्तार गरिएको छ । त्यसपछि हिंसाका कयौं अन्य घटनाहरु पनि भएका छन् । पछिल्ला दिनहरुमा भारत आउन लागेका इस्कोनका कयौं सन्तहरुलाई देशबाट निस्कन रोक लगाइएको छ ।
यसै संदर्भमा शेख हसिनाले भनिन् कि, आज बंगलादेशमा शिक्षक, पुलिस हर कोहीमाथि हमला भइरहेको छ । हिंदु, बौद्ध र ईसाई धर्मावलम्बीहरुलाई निशाना बनाइएको छ । कयौं चर्च र मन्दिरहरुमा आक्रमण भएका छन्, हसिनाले भनेकी छन् ।
यता बीएमपीका नेता तारिक रहमानविरुद्धको मुद्या किनारा लागेपछि उनी बंगलादेश फिर्ता आउने चर्चा हुन थालेको छ । उनी १६ वर्षदेखि निर्वासित जीवन विताइरहेका छन् । रहमानविरुद्ध २०१८ मा एक अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो ।
रहमानका पिता जियाउर रहमान थिए । उनी बंगलादेशका पूर्वराष्ट्रपति हुन् । उनको ३० मे १९८१ मा हत्या भएको थियो । शेख हसिनाले बंगलादेश छोडेको केही दिनभित्रै बेगम खालिदा जियालाई पनि रिहा गरिएको थियो ।
यस्तोमा यदि तारिक रहमान बंगलादेश आउँछन् भने त अहिलेको परिस्थितिहरु पनि बदलिने विश्वास गरिएको छ । हुन त शेख हसिना र बीएनपीको सम्बन्ध निकै तितो रहेको छ । तर बांग्लादेशको ताजा अवस्थालाई मध्यनजर गर्दै शेख हसिनाले आफ्नो बयानमा जुन प्रकारले तारिक रहमानको सम्झना गरेकी छन् त्यसबाट अहिलेको अवस्थामा हसिना कुनै हालतमा मोहम्मद यूनुसलाई सत्ताबाट हटाउन चाहान्छिन् ।
यसबीच तारिख रहमान पनि १० जनवरीमा बंगलादेश आउने विश्वास गरिएको छ । यसैदिन १९७२ मा शेख मुजीबउर रहमान पाकिस्तानी जेलबाट रिहा भएर ढाका पुगेका थिए । कोर्टबाट सफाइ पाएपछि रहमानले मिडियासंग कुरा गर्दै भने, हामीले एकजुट हुनुपर्दछ ।
राजनीतिक घृणालाई अन्त्य गर्नुपर्छ । हामीले नयाँ अध्याय लेख्नुपर्छ । उनी भारतका साथ राम्रो सम्बन्धको वकालत गर्छन । लोकतंत्रको हिमायती पनि हुन् । यद्यपि उनको आफ्नो पार्टीका कट्टरपंथीले उनलाई त्यति मन पाउदैनन् ।