NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ? बुधबार असार ३२ , २०८२
अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’ बुधबार असार ३२ , २०८२
३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ? मङ्लबार असार ३१ , २०८२
सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै मङ्लबार असार ३१ , २०८२
Next
Prev

समाचार

ओलीको चीन दौडाहाले ढलेन सरकार, बीआरआईको च्याप्टर क्लोज

मङ्लबार मंसिर १८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
ओलीको चीन दौडाहाले ढलेन सरकार, बीआरआईको च्याप्टर क्लोज
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१८ सांसर , विराटनगर।

८७ सदस्य रहेको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीनको औपचारिक भ्रमणमा छन् । उनको भ्रमणमा के कस्ता सहमति र सम्झौता हुन्छन् भन्ने विषयमा नेपाल र नेपाली मात्रै होइन दक्षिणको छिमेकी भारत र संसारकै शक्तिशाली मानिएको अमेरिकासम्मको चासो छ ।

कुटनीतिज्ञहरु भन्छन्, यसको मुलकारण भनेको चाँही प्रधानमन्त्री ओलीले चीनमा बहुचर्चित बीआरआई परियोजनामा कस्तो समझदारी गर्छन भन्ने हो । स्वदेशमा समेत यही विषयलाई लिएर सत्तारुढ दलभित्रै हिलोछ्यापाछ्यापको वातावरण बन्यो ।

तर अन्तिम समयमा बीआरआईमार्फत चीनबाट अनुदान स्वीकार्ने विषयमा सहमति बनेको भएपनि चीनले त्यो च्याप्टरलाई नै क्लोज गरिदिएको छ । बेजिंगमा उनी आफ्ना समकक्षि चिनियाँ प्रधानमन्त्री, अन्य उच्चपदस्थहरु, त्यहाँ रहेका नेपाली अधिकारी तथा नेपाली समूहका साथै चिनियाँ राष्ट्रपतिसंगको भेटघाटमा उनी व्यस्त छन् ।

प्रधानमन्त्री ओलीका लागि चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । ओलीले पनि बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरूको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका छन् ।

चीनमा ओलीले आथित्य बटुलिरहँदा यता नेपालमा भने उनी चीन भ्रमणमा जानुअघि देखि नै उनको पहिलो औपचारिक द्विपक्षिय विदेश भ्रमणका साथै चिनियाँ परियोजना बीआरआई र चीनको ऋणमा बनेको पोखरा विमानस्थललाई ऋण मिनाहा लगायतका विषय चर्चाको शिखरमा रहे ।

खासगरी बीआरआईलाई लिएर सत्ता गठबन्धनमै निक्कै रस्साकस्सी चलेको थियो । जनस्तरदेखि बुद्धिजिवी वर्गसम्मै बीआरआई दानमा लिने कि रिणमा लिने भन्नेमा पक्षविपक्षमा बहस चलिरहे, अहिले पनि त्यो जारी छ ।

तर यसबीच नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । जसमा न बीआरआईको नाम परेको छ र पोखरा विमानस्थलको उच्चारण नै गरिएको छ ।

प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । जसअनुसार नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सहमतिको दोस्रो बुँदामा नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ ।

उक्त द्विपक्षीय भेटवार्तामा सहभागीसमेत रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले भने, ’यो द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ ।’ नेपाल–चीनबीच भएका सहमति र समझदारीमा टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदानसँगै नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान, ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान, भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर, विकास योजनासम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र र नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप(सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो समझदारी पत्रमा बीआरआई कतै उल्लेख छैन् ।

यस्तोमा प्रधानमन्त्रीको यो भ्रमणमा भएको एउटा महत्वपूर्ण सम्झौता भनेको टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने सहमति जुट्नुलाई मान्न सकिन्छ । २०७६ मा चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले सुरुङमार्ग बनाउन सकिने उल्लेख गरेको थियो । यद्यपि यसको काम अघि बढ्न सकेको छैन ।

सरकारले गत आर्थिक वर्ष काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग अघि बढाउने घोषणा गरे पनि प्रगति हुन नसकिरहँदा अहिले भएको समझदारीले निर्माण अघि बढ्ने आशा गरिएको छ । गत आर्थिक वर्ष सरकारले १ अर्ब रुपैयाँ बजेट विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन गर्न बजेट छुट्याए पनि काम अघि बढ्न सकेको थिएन।

प्रारम्भिक अध्ययनबाट ४ किमि लामो सुरुङ मार्ग बनाउन सकिने देखिएको छ । चीनसँग सन् २०१७ मै भएको बीआरआईको एमओयुलाई कार्यान्वयन सम्झौतासम्म लैजान तयार नभए पनि नेपालमा सत्तारुढ कांग्रेस र एमालेले फ्रेमवर्क समझदारीपत्र बनाएका थिए ।

तर मदन भण्डारी विश्वविद्यालय लगायत यहाँ सहमति भएका विषय नौ बुँदे सहमतिमा अँटाएका छैनन् । यस्तोमा सो फ्रेमवर्कलाई चीनले कति मान्यता दियो भन्ने स्पष्ट हुन सकेको छैन । यद्यपि, बीआरआईलाई लिएर जुन अप्ठेरोमा ओली थिए, त्यसमा भने प्रवेश नगरेर चीनले थोरै भएपनि राहत दिएकै विश्लेषण गरिएको छ ।

किनभने यो यस्तो विषय थियो, जसले सरकारकै आयुसमेत निर्धारण गर्न सक्थ्यो । यस्तोमा आफूलाई साथ दिएको नेपाली कांग्रेसको अडानबाहिर गएर विआरआईमा अगाडी बढ्नु र त्यसका लागि चीनले कर लगाउनु ओलीका लागि घातक हुनसक्थ्यो ।

ओलीले आज चिनियाँ राष्ट्रपति सीसँग पनि वार्ता गरेका छन् । तर त्यसमा कुनै थप सहमति भएको देखिएन । अब संयुक्त वक्तव्य जारी हुँदा थप नयाँ विषय आउने सम्भावना पनि कमै छ । जानकारहरुले बताए अनुसार यसअघिका भ्रमणहरुमा भइसकेका एजेन्डालाई फेरि उच्चारण गर्नेबाहेक उल्लेख्य सहमति भएको देखिँदैन ।

ऋणलाई अनुदानमा बदल्ने काठमाडौंका बाचाहरु पनि त्यहाँ गएर कार्यान्वयनको दिशातर्फ लगेको पाइएन । स्वयं बीआरआई परियोजना, जुन चीनको विश्वव्यापी स्तरको महत्वाकांक्षी कदम हो, त्यसमा नेपाल कसरी अघि बढ्छ भन्ने अन्योल पनि जारी नै छ ।

यस्तो अवस्थामा हाललाई अप्ठेरो परिस्थितिमा पनि चीन जानु र द्विदेशीय सम्बन्धलाई न्यानो बनाइराख्न मेहनत गर्नुमा नै ओली भ्रमणको सफलता मान्नुपर्छ । खासमा चीन सरकार यसपटक बीआरआईमा केही न केही प्रगति होस् भन्ने चाहन्थ्यो ।

चीनले सन् २०२० देखि नै हस्ताक्षर गर्न प्रयास गरेको बीआरआई कार्यान्वयन योजनालाई अघि बढाउने चीनको स्वाभाविक चाहना थियो । त्यो विषय स्वाभाविक रूपमा नेपाली कांग्रेस र एमाले पार्टीबीचको दुई दलीय संयन्त्रमा प्रवेश ग¥यो ।

यो विषयमा ओली र देउवाले नै काम गर्ने र परराष्ट्रमन्त्रीले संयोजन गर्ने भन्ने कुरा भयो । तर, जब यसअघिको सरकारले हस्ताक्षर गर्न तयारी अवस्थामा राखेको भनिएको ‘बीआरआई इम्प्लिेमेन्टेसन प्लान’ को मस्यौदा कांग्रेस र एमालेका नेताको हातमा प¥यो, तब दुवै दलका नेता के निष्कर्षमा पुगे भने यही रुपमा यो दस्तावेजमा हस्ताक्षर गर्न सकिँदैन ।

चार वर्षदेखि नेपालका विभिन्न निकायमा घुमिरहेको त्यो ३० पेजको दस्तावेजमा नेपालका राजनीतिक दलसँग काम गर्नेदेखि सरकारको नियन्त्रण भएको बजार प्रणाली बनाउनेसम्मका विषय थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डले यो दस्तावेजमा हस्ताक्षर गर्ने भनेर पटक–पटक आश्वासन दिएको तर हस्ताक्षर नगरेको दस्तावेज थियो त्यो ।

त्यसमा खानीदेखि जलवायु परिवर्तनसम्म सहकार्य गर्ने कुरा उल्लेख थियो । एकातिर अमेरिका र भारतको नेपाल बीआरआईमा नपरोस् भन्ने दबाब अर्कातिर यसैका कारण सरकार नै जोखिममा परेपछि ओली र देउवाले गज्जबकै मेहेनत गरे ।

यो मामलामा कारण एमाले र कांग्रेसको सम्बन्ध नबिग्रियोस् भन्नेमा उनीहरु दुवै थिए । चाहे बीआरआई होस् वा अन्य कुनै विषय हामी एकैठाउँमा छौं भन्ने सन्देश दिनुपर्छ भन्ने दुवैको स्वार्थ थियो । यही कारणले एमालेसँगको सम्बन्ध बिग्रने अवस्थामा नपुगोस् भन्ने देउवाको स्वार्थ थियो ।

त्यसो भयो भने सरकार ढल्न सक्छ र एमालेले त्यसलाई ‘एन्टी इन्डिया’को भावनामा खेल्छ र कांग्रेसलाई खलनायकीकरण गर्न सक्छ भन्नेमा देउवा निकै सचेत थिए । त्यति मात्रै होइन, बीआरआईमा सही भएन भने ‘एमसीसी ग¥यो, बीआरआई रोक्यो’ भन्ने अबगाल आउँछ भन्ने डर पनि देउवामा थियो ।

यता ओली चाहिँ चीनसँगको सम्बन्ध अघि बढोस्, कांग्रेस नरिसाओस् भन्नेमा थिए । किनभने प्रधानमन्त्री बनेपछि गरेका अनेक प्रयासका बाबजुद दिल्लीसँग ओलीको सम्बन्ध जमेको छैन । एक हिसाबले ओली र दिल्लीबीच संवादविहीनताको अवस्था नै छ ।

यस्तोमा एकातिर सत्तारुढ दलहरुबीच अहिले बीआरआईलाई अगाडी नबढाउने भन्नेमा सहमति जुट्नु अर्कातिर चीनले इच्छाएको परियोजना अगाडी बढाउने कुरा फेरि पनि रोकिनु र भारत र अमेरिकी दबाब पनि कायम रहनुका बीच प्रधानमन्त्री ओलीको चीन भ्रमण र आज भएका सम्झौतापत्रमा हस्ताक्षरबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #ओलीको चीन दौडाहाले ढलेन सरकार#नेपाल र चीन

लोकप्रीय

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२

विचार

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२

थप समाचार

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’
अन्तर्राष्ट्रिय

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?
ताजा समाचार

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२
३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?
अन्तर्राष्ट्रिय

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.