×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

ओलीको चीन दौडाहाले ढलेन सरकार, बीआरआईको च्याप्टर क्लोज

१८ मंसिर २०८१

१८ सांसर , विराटनगर।

८७ सदस्य रहेको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीनको औपचारिक भ्रमणमा छन् । उनको भ्रमणमा के कस्ता सहमति र सम्झौता हुन्छन् भन्ने विषयमा नेपाल र नेपाली मात्रै होइन दक्षिणको छिमेकी भारत र संसारकै शक्तिशाली मानिएको अमेरिकासम्मको चासो छ ।

Advertisement
Advertisement

कुटनीतिज्ञहरु भन्छन्, यसको मुलकारण भनेको चाँही प्रधानमन्त्री ओलीले चीनमा बहुचर्चित बीआरआई परियोजनामा कस्तो समझदारी गर्छन भन्ने हो । स्वदेशमा समेत यही विषयलाई लिएर सत्तारुढ दलभित्रै हिलोछ्यापाछ्यापको वातावरण बन्यो ।

तर अन्तिम समयमा बीआरआईमार्फत चीनबाट अनुदान स्वीकार्ने विषयमा सहमति बनेको भएपनि चीनले त्यो च्याप्टरलाई नै क्लोज गरिदिएको छ । बेजिंगमा उनी आफ्ना समकक्षि चिनियाँ प्रधानमन्त्री, अन्य उच्चपदस्थहरु, त्यहाँ रहेका नेपाली अधिकारी तथा नेपाली समूहका साथै चिनियाँ राष्ट्रपतिसंगको भेटघाटमा उनी व्यस्त छन् ।

प्रधानमन्त्री ओलीका लागि चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । ओलीले पनि बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरूको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका छन् ।

चीनमा ओलीले आथित्य बटुलिरहँदा यता नेपालमा भने उनी चीन भ्रमणमा जानुअघि देखि नै उनको पहिलो औपचारिक द्विपक्षिय विदेश भ्रमणका साथै चिनियाँ परियोजना बीआरआई र चीनको ऋणमा बनेको पोखरा विमानस्थललाई ऋण मिनाहा लगायतका विषय चर्चाको शिखरमा रहे ।

खासगरी बीआरआईलाई लिएर सत्ता गठबन्धनमै निक्कै रस्साकस्सी चलेको थियो । जनस्तरदेखि बुद्धिजिवी वर्गसम्मै बीआरआई दानमा लिने कि रिणमा लिने भन्नेमा पक्षविपक्षमा बहस चलिरहे, अहिले पनि त्यो जारी छ ।

तर यसबीच नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । जसमा न बीआरआईको नाम परेको छ र पोखरा विमानस्थलको उच्चारण नै गरिएको छ ।

प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । जसअनुसार नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सहमतिको दोस्रो बुँदामा नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ ।

उक्त द्विपक्षीय भेटवार्तामा सहभागीसमेत रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले भने, ’यो द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ ।’ नेपाल–चीनबीच भएका सहमति र समझदारीमा टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदानसँगै नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान, ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान, भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर, विकास योजनासम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र र नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप(सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो समझदारी पत्रमा बीआरआई कतै उल्लेख छैन् ।

यस्तोमा प्रधानमन्त्रीको यो भ्रमणमा भएको एउटा महत्वपूर्ण सम्झौता भनेको टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने सहमति जुट्नुलाई मान्न सकिन्छ । २०७६ मा चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले सुरुङमार्ग बनाउन सकिने उल्लेख गरेको थियो । यद्यपि यसको काम अघि बढ्न सकेको छैन ।

सरकारले गत आर्थिक वर्ष काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग अघि बढाउने घोषणा गरे पनि प्रगति हुन नसकिरहँदा अहिले भएको समझदारीले निर्माण अघि बढ्ने आशा गरिएको छ । गत आर्थिक वर्ष सरकारले १ अर्ब रुपैयाँ बजेट विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन गर्न बजेट छुट्याए पनि काम अघि बढ्न सकेको थिएन।

प्रारम्भिक अध्ययनबाट ४ किमि लामो सुरुङ मार्ग बनाउन सकिने देखिएको छ । चीनसँग सन् २०१७ मै भएको बीआरआईको एमओयुलाई कार्यान्वयन सम्झौतासम्म लैजान तयार नभए पनि नेपालमा सत्तारुढ कांग्रेस र एमालेले फ्रेमवर्क समझदारीपत्र बनाएका थिए ।

तर मदन भण्डारी विश्वविद्यालय लगायत यहाँ सहमति भएका विषय नौ बुँदे सहमतिमा अँटाएका छैनन् । यस्तोमा सो फ्रेमवर्कलाई चीनले कति मान्यता दियो भन्ने स्पष्ट हुन सकेको छैन । यद्यपि, बीआरआईलाई लिएर जुन अप्ठेरोमा ओली थिए, त्यसमा भने प्रवेश नगरेर चीनले थोरै भएपनि राहत दिएकै विश्लेषण गरिएको छ ।

किनभने यो यस्तो विषय थियो, जसले सरकारकै आयुसमेत निर्धारण गर्न सक्थ्यो । यस्तोमा आफूलाई साथ दिएको नेपाली कांग्रेसको अडानबाहिर गएर विआरआईमा अगाडी बढ्नु र त्यसका लागि चीनले कर लगाउनु ओलीका लागि घातक हुनसक्थ्यो ।

ओलीले आज चिनियाँ राष्ट्रपति सीसँग पनि वार्ता गरेका छन् । तर त्यसमा कुनै थप सहमति भएको देखिएन । अब संयुक्त वक्तव्य जारी हुँदा थप नयाँ विषय आउने सम्भावना पनि कमै छ । जानकारहरुले बताए अनुसार यसअघिका भ्रमणहरुमा भइसकेका एजेन्डालाई फेरि उच्चारण गर्नेबाहेक उल्लेख्य सहमति भएको देखिँदैन ।

ऋणलाई अनुदानमा बदल्ने काठमाडौंका बाचाहरु पनि त्यहाँ गएर कार्यान्वयनको दिशातर्फ लगेको पाइएन । स्वयं बीआरआई परियोजना, जुन चीनको विश्वव्यापी स्तरको महत्वाकांक्षी कदम हो, त्यसमा नेपाल कसरी अघि बढ्छ भन्ने अन्योल पनि जारी नै छ ।

यस्तो अवस्थामा हाललाई अप्ठेरो परिस्थितिमा पनि चीन जानु र द्विदेशीय सम्बन्धलाई न्यानो बनाइराख्न मेहनत गर्नुमा नै ओली भ्रमणको सफलता मान्नुपर्छ । खासमा चीन सरकार यसपटक बीआरआईमा केही न केही प्रगति होस् भन्ने चाहन्थ्यो ।

चीनले सन् २०२० देखि नै हस्ताक्षर गर्न प्रयास गरेको बीआरआई कार्यान्वयन योजनालाई अघि बढाउने चीनको स्वाभाविक चाहना थियो । त्यो विषय स्वाभाविक रूपमा नेपाली कांग्रेस र एमाले पार्टीबीचको दुई दलीय संयन्त्रमा प्रवेश ग¥यो ।

यो विषयमा ओली र देउवाले नै काम गर्ने र परराष्ट्रमन्त्रीले संयोजन गर्ने भन्ने कुरा भयो । तर, जब यसअघिको सरकारले हस्ताक्षर गर्न तयारी अवस्थामा राखेको भनिएको ‘बीआरआई इम्प्लिेमेन्टेसन प्लान’ को मस्यौदा कांग्रेस र एमालेका नेताको हातमा प¥यो, तब दुवै दलका नेता के निष्कर्षमा पुगे भने यही रुपमा यो दस्तावेजमा हस्ताक्षर गर्न सकिँदैन ।

चार वर्षदेखि नेपालका विभिन्न निकायमा घुमिरहेको त्यो ३० पेजको दस्तावेजमा नेपालका राजनीतिक दलसँग काम गर्नेदेखि सरकारको नियन्त्रण भएको बजार प्रणाली बनाउनेसम्मका विषय थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डले यो दस्तावेजमा हस्ताक्षर गर्ने भनेर पटक–पटक आश्वासन दिएको तर हस्ताक्षर नगरेको दस्तावेज थियो त्यो ।

त्यसमा खानीदेखि जलवायु परिवर्तनसम्म सहकार्य गर्ने कुरा उल्लेख थियो । एकातिर अमेरिका र भारतको नेपाल बीआरआईमा नपरोस् भन्ने दबाब अर्कातिर यसैका कारण सरकार नै जोखिममा परेपछि ओली र देउवाले गज्जबकै मेहेनत गरे ।

यो मामलामा कारण एमाले र कांग्रेसको सम्बन्ध नबिग्रियोस् भन्नेमा उनीहरु दुवै थिए । चाहे बीआरआई होस् वा अन्य कुनै विषय हामी एकैठाउँमा छौं भन्ने सन्देश दिनुपर्छ भन्ने दुवैको स्वार्थ थियो । यही कारणले एमालेसँगको सम्बन्ध बिग्रने अवस्थामा नपुगोस् भन्ने देउवाको स्वार्थ थियो ।

त्यसो भयो भने सरकार ढल्न सक्छ र एमालेले त्यसलाई ‘एन्टी इन्डिया’को भावनामा खेल्छ र कांग्रेसलाई खलनायकीकरण गर्न सक्छ भन्नेमा देउवा निकै सचेत थिए । त्यति मात्रै होइन, बीआरआईमा सही भएन भने ‘एमसीसी ग¥यो, बीआरआई रोक्यो’ भन्ने अबगाल आउँछ भन्ने डर पनि देउवामा थियो ।

यता ओली चाहिँ चीनसँगको सम्बन्ध अघि बढोस्, कांग्रेस नरिसाओस् भन्नेमा थिए । किनभने प्रधानमन्त्री बनेपछि गरेका अनेक प्रयासका बाबजुद दिल्लीसँग ओलीको सम्बन्ध जमेको छैन । एक हिसाबले ओली र दिल्लीबीच संवादविहीनताको अवस्था नै छ ।

यस्तोमा एकातिर सत्तारुढ दलहरुबीच अहिले बीआरआईलाई अगाडी नबढाउने भन्नेमा सहमति जुट्नु अर्कातिर चीनले इच्छाएको परियोजना अगाडी बढाउने कुरा फेरि पनि रोकिनु र भारत र अमेरिकी दबाब पनि कायम रहनुका बीच प्रधानमन्त्री ओलीको चीन भ्रमण र आज भएका सम्झौतापत्रमा हस्ताक्षरबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top