साउदीमा रहेका अवैध नेपालीलाई बैध हुने बाटो खुल्यो

२० मंसिर ८१, बिहीबार
Share this
818shares

२० मंसिर, विराटनगर।

Advertisement

साउदी अरब सरकारले दुई महिनाका निम्ति ‘हुरुब’ हटाएको छ । साउदी सरकारको यो निर्णयसँगै त्याहा अवैध रूपमा रहेका नेपालीलगायत आप्रवासी कामदारलाई वैध हुने बाटो खुलेको छ। साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले एक सूचना प्रकाशित गरी दुई महिनाका निम्ति हुरुब हटाइएको जनाएको छ ।

साउदीले सन् २०२४ डिसेम्बर १ देखि २०२५ जनवरी २९ सम्म (०८१ मंसिर १६ देखि माघ १६ गतेसम्म) ६० दिनको अवधिमा हुरुब हटाई अवैध कामदारलाई नयाँ कम्पनीमा जाने अवसर प्रदान गरेको हो ।

Advertisement

साउदीले दुई महिनाका निम्ति हुरुब हटाएपछि रियादस्थित नेपाली दूतावासले सूचना जारी गर्दै अवैध रहेका नेपाली कामदारलाई वैध बन्न आग्रह गरेको छ । साउदी बोलीचालीको भाषामा ‘हुरुब’ भन्नाले कम्पनीले कामदार कम्पनीमा अनुपस्थित रहेको भनी अनलाइन सिस्टममा ‘रिपोर्ट’ गरेको अवस्था हो ।

Advertisement

साउदीमा नेपालबाट जुन कम्पनीमा काम गर्न सम्झौता गरी गएको हो, त्यसैमा कार्य गर्नुपर्छ । आफूखुसी उक्त कम्पनी छोडेर अर्कोमा काम गर्न जान पाइँदैन । यसैकारण हुरुब भएको व्यक्तिको अवस्था साउदीमा अवैधानिक हुने गर्छ ।

हुरुब हटाई नयाँ कम्पनीमा जानका निम्ति ‘किवा’मा खाता खोलेको हुनुपर्छ । नयाँ कम्पनीबाट किवामा ट्रान्सफरका निम्ति रोजगार सम्झौतासहितको अनुरोध गर्नुपर्छ । किवामा लगइन गरेपछि कामदारले १० दिनभित्र अध्ययन गरी नयाँ कम्पनीले प्रस्ताव गरेको रोजगार सम्झौता स्वीकार गर्नुपर्छ ।

यो कार्य २०२५ जनवरी २९ भित्र गरिसक्नुपर्नेछ । रोजगारदाता र कामदारबीच सम्बन्ध स्थापित, नियमित र सञ्चालन गर्न साउदी सरकारद्वारा विकास गरिएको अनलाइन वेबसाइट वा प्लेटफर्म ‘किवा’ हो ।

किवा वेबसाइटमार्फत कामदारले कार्यानुभवको प्रमाणपत्र प्राप्त गर्न, आफ्नो रोजगार सम्झौता हेरी स्वीकार÷अस्वीकार÷पुनरवलोकन, रोजगारी अन्त्य, नयाँ कम्पनीबाट रोजगारीको अनुरोध प्राप्त गर्नलगायत धेरै सुविधा प्राप्त गर्न सक्छन् ।

कामदार कम्पनीमा अनुपस्थित रहेको भनी कम्पनीले सिस्टममा उल्लेख गर्नासाथ किवामा अकाउन्ट हुने व्यक्तिहरूको मोबाइलमा म्यासेज जान्छ । किवामा अकाउन्ट नहुने व्यक्तिले हुरुब लागेको म्यासेज प्राप्त गर्न सकिँदैन ।

नेपाली दूतावासले भनेको छ “हुरुब हटी नयाँ कम्पनीमा ट्रान्सफर भएपश्चात् कामदार साउदीमा अवैध नहुने र नयाँ कम्पनीले ‘अकमा’ बनाई वैधानिक रूपमै आफ्नो कम्पनीमा काममा लगाउन सक्छ,”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top