Nepal Times
Nepal Times
3
Shares

ट्रम्पको धम्कीको असर, छुट्ने भए गाजाका बन्धक

ट्रम्पको धम्कीको असर, छुट्ने भए गाजाका बन्धक

२० मंसिर,एजेन्सी ।

लेबनानमा रहेको इरान समर्थित हिज्बुल्लाह जो विश्वको सबैभन्दा अत्याधुनिक हतियार सम्पन्न एक चरमपन्थी संगठन हो, जसलाई आतंकबादी समेत घोषणा गरिएको छ, यसले इजराइली सेनालाई युद्धमा कडा टक्कर दियो ।

इजरायलले लेबनानमै पसेर आक्रमण गर्दा पनि यो समूह नगलेपछि र इजरायलमा नेतान्याहुकै घरलाई ताकेर आक्रमण गर्न थालेपछि अन्ततः अमेरिकाले बीचमा पसेर युद्धविराम गरायो । त्यसपछि इजरायलले हिज्बुल्लाहबाट ध्यान हट्दा अब इरानमा नजर राख्न सहिलो भएको प्रतिक्रिया दियो, यता हिज्बुल्लाहले पनि यो युद्धमा आफूले जितको घोषणा नै गर्यो ।

यद्यपि, यो युद्धविराम पूर्णरुपमा भने सफल भएन । दुवैले आक्रमण जारी नै राखेका छन् । यता यो युद्ध जुन कारणले सुरु भएको थियो, त्यो कारण भने अहिले पनि जस्ताको त्यस्तै छ अर्थात हमासविरुद्ध इजरेली हमला अहिले पनि जारी छ ।

कयौं पटक इजिप्ट, कतार, अमेरिकाले इजरायल र हमास बीच पनि सीजफायरलाई लिएर कयौं चरणमा वार्ता गरे तर उपलब्धि हासिल भएन । तर अब भने ट्रंपको धम्कीपछि सो वार्ताको प्रयासहरु फेरी सुरु हुँदै छ ।

इजरायली मिडियाले कतारको एक रिपोर्टलाई उदृत गर्दै भनेको छ इजरायली सुरक्षा एजेंसीका निर्देशक रोनेन बारको नेतृत्वमा एक इजरायली प्रतिनिधिमंडल हमासका साथमा नयाँ ढंगले बंधकहरुको रिहायीका लागि वार्ता गर्न विहीबार इजिप्ट गएको बताइएको छ ।

हिज्बुल्लाहका साथ सीजफायर एग्रीमेन्टपछि हमासले पनि इजरायलसंग आफ्नो युद्धविराम होस् भन्ने चाहेको छ । हमासका अधिकारीले नै यसको संकेत दिएका थिए । इजराइली मिडियाका अनुसार प्यालेस्टाइनी टेरर ग्रुपले इजिप्ट, कतार, तुर्कीएलाई संदेश पठाएर हमासको कब्जामा रहेका इजरेली बन्धकहरुका फिर्ताका बदलामा युद्धविराम गर्न चाहेको छ ।

यद्यपि, हमासलाई पनि थाहा छ कि जबसम्म बन्धकहरु उसको कब्जामा छन् त्यतिबेलासम्म इजरायलको गर्दन उसको हातमा छ । यस्तोमा उसले आफ्नो सबै डिमान्ड पूरा गराउन चाहान्छ । जसमा बन्धकहरुको रिहाईको बदलामा युद्ध अन्त्य गर्नु, गाजाबाट इजरायली सेना सम्पूर्णरुपमा फिर्ता हुने र इजराइलका जेलमा रहेका प्यालेस्टाइनी कैदीहरुलाई छोड्नु पनि सामेल छ ।

यता प्रधानमंत्री बेंजामिन नेतन्याहूले ७ अक्टूबरमा भएको हमलापछि साफसाफ भनेका छन् कि जबसम्म हमासको पुरै सफाया हुँदैन तबसम्म युद्ध जारी रहने छ । यद्यपि, इजराइलका तर्फबाट हमासका अघि पाँच पटक बन्धकहरुको रिहाईका लागि प्रस्ताव राखएिको थियो तर हरेक प्रस्तावलाई उसले खारेज गर्यो ।

अहिले फेरि ट्रंपको एक धम्कीपछि वार्ता फेरि शुरू हुन गइरहेको छ । ट्रंपले आफ्नो धम्कीपूर्ण संदेशमा भनेका छन् कि २० जनवरी २०२५ सम्म बन्धकहरुलाई रिहा गरिएन भने त सिंगोे मिडिल ईस्टमा तबाही मच्चिने छ र ती मानिसहरुविरुद्ध कडा एक्शन लिइने छ, जो मानवताविरुद्ध अत्याचार गरिरहेका छन् ।

ट्रम्पले भनेका छन्, जसले यो काम गरिरहेको छ अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो सजाय पाउने छ । यस्तोमा ट्रंपको वाइट हाउजमा आउनुअघि नै अहिले अवस्थामा परिवर्तन देखिन थालेको हो । हमास स्वयं युद्धविरामका लागि इच्छुक भएको हो ।

तर प्रश्न के उठिरहेको छ भने जुन प्रकारले हिजबुल्लाह इजरायलबीच सीजफायरपछि पनि हमला र काउंटर अट्याक जारी छ, यस्तोमा बन्धकहरुको फिर्तीपछि हमास र इजरेलबीच पनि युद्धविराम जारी रहन्छ कि झन घातक बन्छ ?

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.