×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

ओलीको चीन भ्रमणलाई भारत–अमेरिकाले कसरी हेर्लान् ?

२० मंसिर २०८१

२० मंसिर, काठमाण्डौ।
चीनको ४ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन् । उनी चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ गएका थिए ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । भेटका अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

Advertisement
Advertisement

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ ।

यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसै अवसरमा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ । स्वदेश फर्किनासाथ प्रधानमन्त्री ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीका बेलामा ऋणबारे कुनै कुरा नचलेको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ऋण लिने सम्झौता नगरेको बताएका हुन् । ‘अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ । अब धेरै दोहो¥याउन नपरोस् भन्ने मेरो आग्रह छ ।

ऋण होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ ? सधैं ऋण–ऋण–ऋण यो रट किन साह्रै बजिरहेको छ ? होइन भनेर हामीले पटकपटक भनेका छौं । सञ्चार माध्यमहरूले पनि हाम्रा भनाइलाई क्यारी गरेका छन् ।’

उनले आमसभादेखि नै कुनै ऋण लिन हामी जाँदै छैनौं भनेको बताउँदै उनले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल र सहमति गर्ने बताए । ‘ऋणसम्बन्धी कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ । कुनै कुरा पनि चलेन । छलफल पनि भएन । हामीले यसपटक बीआरआई अन्तर्गत विभिन्न परियोजनाहरूको कुरा ग¥यौं । हरेक परियोजना अन्तर्गत पछि हामी छुट्टै छलफल र सहमतिहरू गर्छौं । त्यसको कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा,’ उनले भनेका छन् ।

यसबीच नेपालबाट भएको यस पटकको प्रधानमन्त्रीस्तरीय चीन भ्रमण उपलब्धिमुलक नै रहेको विश्लेषकहरुले बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले छिमेकी देशसँग विश्वासको वातावरण नबिगारी र देश हितविपरित नगई मैत्री सम्बन्ध विकसित गर्न सकिन्छ भन्ने भन्ने विषयमा उदाहरणीय परिपक्वता देखाएको विश्लेषण गरिएको छ ।

विगतमा नेपालका प्रधानमन्त्रीहरूले अधिकांश विदेश भ्रमण भारतबाट सुरु गर्ने गरे पनि भारतले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिन खासै चासो नदेखाएपछि चीन भ्रमण पहिलो औपचारिक विदेश भ्रमण हुन पुग्यो ।

यस्तै चीन भ्रमणको मूख्य विषय चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौताको विषयमा केन्द्रित थियो । नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार हुँदा बीआरआईको विषयमा यी दलको अडानले यो सरकार नै धरमराउने राजनीतिक विश्लेषकहरूको अनुमान गरेका थिए ।

तर, त्यसविपरित भ्रमणको पूर्वसन्ध्यामा दुवै राजनीतिक दलहरूले बीआरआईको विषयमा स्पष्ट सहमति बनाए र परराष्ट्र मन्त्रालयले सोही अनुरूप कूटनीतिक माध्यमको सही ढंगले प्रयोग ग¥यो ।अन्ततोगत्वा नेपाल र चीनबीच बीआरआईको सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ र यसले दुई देशको सम्बन्धमा देखिन लागेको ’चिसो’लाई न्यानो बनाएको छ ।

किनभने प्रधानमन्त्रीको पहिलो चीन भ्रमण हुँदा सत्ता गुमेको इतिहास छ । टंकप्रसाद आचार्य र पुष्पकमल दाहाल त्यसका बलियो साक्षी हुन्, अनि भारतले नरुचाएको व्यक्ति प्रधानमन्त्री हुँदा निम्ता आउँदैन भन्ने उदाहरण झलनाथ खनाल र सुशील कोइराला हुन् ।

त्यसलाई नजरअन्दाज गरेर ओलीले चीनसँग कनेक्टिभिटी बढाउने कुरा मात्र होइन, अहिले बीआरआईमा सम्झौता गर्नु जोखिमपूर्ण छ । त्यसैले पनि धेरैले ओलीको अहिलेको निर्णय जोखिमपूर्ण र चुनौतीपूर्ण रहेको ठान्छन् ।

अब बीआरआई फ्रेमवर्क नेपालका लागि महत्त्वपूर्ण र अर्थपूर्ण सम्झौता भए पनि भारत र अमेरिकी प्रतिक्रियालाई पनि चासोमा राख्नुपर्ने विश्लेषण पनि भइरहेका छन् । किनभने अब अमेरिका र भारतले कसरी लिन्छन्, त्योचाहिँ निकै चुनौतीपूर्ण छ ।

बीआरआई सम्झौतासँगै भारतीय प्रतिक्रिया ओलीका लागि अर्थपूर्ण त हुनेछ तर ओली ठूलो दबाब महसुस नगर्ने मनस्थितिमा छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top