×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

रविलाई भेटेपछि बाबुरामले भने प्रतिशोध, रविलाई दुःख दिए

२१ मंसिर २०८१

२१ मंसिर , काठमाण्डौ।

सहकारी प्रकरणमा पक्राउ गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मध्यरातमा चितवनबाट कास्की लगिएको भन्दै सरकारको आलोचना भइरहेका बेला पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कास्की हिरासतमा पुगेर रविसम्ग भेट गरेका छन् ।

Advertisement
Advertisement

उनले भेटपछि लामिछानेलाई अनेक काण्ड लगाएर दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको बताएका छन् । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई शुक्रवार बिहान भेटेर फर्किने क्रममा डा. भट्टराईले राज्यले रविमाथि राजनीतिक प्रतिशोध साँधेको देखिएको समेत बताए ।

‘विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइराखेको छ । यो अलि अस्वाभाविक र अन्याय पूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हु,’ उनले भनेका छन् । रविमाथि राज्यले प्रतिशोध साँधेर सहकारीको वचत अपचलनको विषयलाई विषयान्तर गरिरहेको समेत उनले बताए ।

उनले तीन टाउकाले नै जनतालाई ठग्ने र प्रतिस्पर्धीलाई तर्सादै देशलाई बर्बादीतर्फ लैजाने चिन्ता ब्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले सहकारीको वचत तीन दलका तीन शीर्ष नेताकै वरिपरि अपचलन भएको दाबी समेत गरेका छन् ।

रविले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेपनि आफूलाई दुःख दिने काम भएको बताएको भट्टराईले बताएका छन् । रविलाई चितवनबाट मध्यरातमा मादकपर्दाथ सेवक गरेका प्रहरी अधिकारीहरुले जवरजस्ती कास्की पुर्याएर मानवीयताविरुद्ध काम गरेको भन्दै उनका कानूनी सल्लाहकार र सचिवालयले दावी गरेपछि सार्वजनिक रुपमा सरकारको यो कदमको आलोचना बढेको छ ।

चर्चित अग्रज पत्रकार विजयकुमार पाण्डेले समेय यही विषयमा केन्द्रित रहेर प्रधानमन्ी र गृहमन्त्रीलाई सामाजिक संजालबाट प्रश्न सोधेका छन् । उनले लेखेका छन्, सम्माननीय प्रधानमंत्री ओलीजी , तपाई मित्रराष्ट्र चिनको भ्रमणमा रहनु भएकोबेला , नेपालमा भएका दुई चित्त नबुझेका घटनाप्रति ध्यान आकर्षण गराउन चाहन्छु ।

१. हाल हिरासतमा रहेका रास्वपा सभापति रबि लामिछानेलाई, चितवनमा मध्यरातमा सुतेको बखत प्रहरीले जबजस्ती उठाई रातारात पोखरा अड्डासार गरिएको समाचारआएको छ । आजको दिनमा पनि , नेपालको कानुन अनुसार उनलाई अदालतले दोषी भनेको छैन। कानुनी प्रकृया जारी छ । नेपालको संविधानले , अदालतले दोषी घोषणा गरेकाहरुको वा जेल चलान भैसकेकाहरुको पनि मानव अधिकार सुरक्षित राखेको छ ।

कानुन पढेका हाल कायम गृहमंत्री रमेश लेखक र लामिछाने गृहमंत्री छदा पनि आईजिपी पदमा नै रहेकाअधिकृतलाई – यो प्रावधान थाहा नहुने कल्पना गर्न सकिन्न । मलाई लाग्छ– सबैभन्दा पहिला हामी सबै मान्छे हौ । त्यसपछी मात्र पक्ष–बिपक्ष , दोषी –निर्दोष हौ । कोही दोषी नै हो भने पनि, के कति मात्राको दोषभागी हो? यो सब परिवेशको अन्तिम व्याख्याताका रुपमा अदालतहरुको संवैधानिक व्यवस्था छदैछ ।

त्यतिमात्र होइन , बेलाबखतमा , कानुन (बिध) र न्याय (वगकतष्अभ) एकै कुरा नहुन पनि सक्छन । त्यसैले त आमजनताले दुनियाले कानुनमात्र हेर्दैन, न्याय पनि हेर्छ । त्यसैले विश्वका अदालतहरुमा सर्वकालिक महान , औसत र घटिया ; तिनै थरि मान्छेहरु न्यायमुर्तीको आसनमा बस्छन । रुसी साहित्यकार दोस्तोवस्कीको कालजयी कृति छ – ऋचष्mभ बलम एगलष्कजmभलत । साहित्यमा ओलीजीको थोरबहुत रुचिसंग म वाकिफ छु ।

कुनैदिन मौका मिले त्यसैमा केन्द्रित बात मारौला पनि । प्रिय ओलीजी,तपाईले कुनै रात सुनाउनु भएको हरिभक्त कटुवालको कविता भुलेको छुइन मैले – जूनलाई धेरै नजिकबाट नहेर .. दाग देखिन सक्छ त्यसमा .. । उनको दोस्रो अध्यायका रुपमा नेपाल विद्युत प्राधिकरणमा उर्जामन्त्रीको कार्यालय स्थापनाको विषय उठाएका छन् ।

उनले लेखेका छन्, मेरो नजरमा, दोस्रो चित्त नबुझ्दो घटना नेपाल बिधुत प्राधिकरणको कार्यालयमा दिपक खडका मंत्रीजीले रातोरात आफ्नो कार्यालय स्थापना गर्नु हो । सबै मंत्रीले , आफु मातहतका संस्थाहरु ÷ कार्यालयहरुमा , यसरी नै कार्यालयहरु स्थापना गर्दै जाने काम एसियाको दोस्रो गरिब देशमा न्यायिक हो ? कानुनी त होला पनि भनेर तर्क गर्न सकिन्छ । तर के न्यायिक हो ?

कुलमान घिसिङ यदि सरकारलाई खपि नसक्नु भएका छन भने , उनलाई तत्काल बरखास्त गरौ । होइन भने उनी माथी सस्तो राजनिति बन्द गरौ । नेताले कर्मचारीसंग राजनिति गर्नु हुदैन । जरुरी भए , उस्लाई पुरस्कृत वा दण्डित गर्नु पर्छ । ठूलो नेतालाई , सानो मन शोभा दिदैन। आज हेडलाईन लेख्नेहात त भाडामा पनि किन्न सकिन्छन ।

तर ती हातले इतिहास लेख्ने औकात राख्दैनन । प्रिय केपी ओलीजी – आज तपाई प्रधानमंत्री पदमा हुनुहुन्छ । भोली हुनु हुने छैन । यो सत्यले न तपाईलाई फरक पार्छ , न मलाई । किनभने हिजोपनि त तपाई पदमा हुनुहुन्नथ्यो नि । तपाईसंग पहिलो परिचय हुदा , म लक्का जवान थिए , प्रधानमंत्री पदबाट तपाई कोशौ टाढा हुनुहुन्थ्यो ।

Advertisement

पछी प्रधानमंत्रीपदमा हुदा, नहुदा र फेरी हुदा – तपाईका केही ससानाकुराहरुले , देखाएको स्नेहका ती क्षणले भनौ ; मेरो मन कहिलेकाही छोएको पनि छ । र कहिलेकाही चित्त बुझ्दैनपनि । आज एकमन त लागेको थियो , समय मागेर , मौकामिले , भेटेरै विविध बिषयमा कुरा राखौ । फेरी अल्छी लाग्यो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top