Nepal Times
Nepal Times
3
Shares

मुना पाण्डेको हत्या प्रकरणमा आयो फैसला

मुना पाण्डेको हत्या प्रकरणमा आयो फैसला

२१ मंसिर , एजेन्सी ।

अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी साहसँग दश लाख अमेरिकी डलर धरौटी माग गरिएको छ । ह्युस्टनस्थित एक अदालतमा भएको सुनुवाइमा न्यायाधीशले अभियुक्त बबीसँग सो धरौटी रकम माग गरेका हुन् ।

बबीका वकिल विल्भिन कार्टरले उक्त धरौटीलाई ५ लाख डलरमा घटाउन आग्रह गरेका थिए तर, न्यायाधीशले उक्त अनुरोध अस्वीकार गरेका छन् । ‘यो धेरै उच्च छ, साह गरिब हुनुहुन्छ, उहाँसँग एक मिलियन डलरको बन्ड बनाउन कोष छैन,’ कार्टरले भनेका थिए ।

गत अगष्ट २४ मा आफ्नै अपार्टमेण्टमा गोली हानी मारिएकी पाण्डेको हत्या अभियोगमा हाल ह्यारिस काउण्टी जेलमा रहेका साहलाई घटनाको केही दिनपछि स्थानीय प्रहरीले पक्राउ गरेको थियो । साहले १० लाख डलर धरौटी बुझाउन सके जेल बाहिर बसेर मुद्दा लड्न सक्ने क्लिकटुह्युस्टनले जनाएको छ ।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी २१ वर्षीया पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले साहविरूद्ध हत्या र गैरकानुनी हातहतियार विरूद्धको मुद्दा दर्ता गरेको छ ।

मुनाको ह्युस्टन राज्यस्थित हिलक्रप्ट नजिक उनी बस्दै आएको अपार्टमेन्टमा भदौ ११ मा गोली हानी हत्या गरिएको थियो । उक्त दिन अपरान्ह ५ बजेर ३५ मिनेटमा घटनास्थल पुगेका प्रहरीले उनलाई मृत फेला पारेका थिए ।

हत्याको अभियोगमा गत भदौ १३ मा अमेरिकी प्रहरीले बबीसिंहलाई पक्राउ गरेको थियो । साह मुना बस्ने अपार्टमेन्टमा पेस्तोलसहित पुगेका थिए । पेस्तोलसहित पुगेका उनले केहीबेर ढोका ढक्ढकाए ।

ढोका खोलेर बाहिर निस्केकी मुनाले सोधखोज गर्न नपाउँदै उनले कोठा भित्रतर्फ धकेलेको र आफूपनि प्रवेश गरी भित्रबाटै चुकुल लगाएका थिए । प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजअनुसार त्यसको एक घन्टापछि अभियुक्त घरबाहिर निस्किएका थिए ।

त्यही रात छिमेकीहरूले केही पड्केको असामान्य आवाज सुनेको पनि प्रहरीलाई बताएका थिए ।उनको शरीरका विभिन्न भागमा गोली प्रहार भएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीका अनुसार मुनाको टाउको पछाडिको भागमा पनि एउटा गोली प्रहार भएको थियो ।

घटनाको दुई दिनपछि प्रहरीले साहलाई सडकबाट पक्राउ गरेको थियो । सुरुमा उनलाई अदालतले जमानतमा छाड्न अस्वीकार गरेको थियो । उनी यसअघि पनि पटक–पटक जेल परेको थिए ।

उनीविरूद्ध दर्ता भएको अभियोगमा आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय माग गरिएको नेपयोर्कले जनाएको छ । स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी २१ वर्षीया पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।

मुनाको मावलीघर भोजपुरको साल्पासिलिछो–३ चौकीडाँडा हो । उनको घर संखुवासभाको खाँदबारी नगरपालिका– २ चेवामा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.