विपिन जोशी जिवितै, ट्रम्पले सकुशल फिर्ता ल्याउने

२१ मंसिर ,काठमाण्डौ ।

एक वर्षभन्दा लामो समयदेखि गाजापट्टीमा सक्रिय अतिवादी समूह हमास समूहले बन्धक बनाइराखेका नेपाली विद्यार्थी विपिन जोशी जिवित नै रहेको इजरायल सरकारले जानकारी दिएको छ। नेपालका लागि इजरायलका नवनियुक्त राजदूत समुलिक ए वासले जोशी गाजा क्षेत्रमा जीवित नै रहेको सूचना पाएको बताएका हुन् ।

इजरायलमा कृषि अध्ययनका लागि गएका महेन्द्रनगरका विपिन जोशी हमासको आक्रमणको क्रममा १४ महिनाअघि बन्धक भएका थिए । त्यसपछि नै उनको विषयमा कुनै खबर सार्वजनिक भएको छैन ।

काठमाडौंस्थित इजरायली राजदूत वासले बिहीबार भनेका छन्, ‘नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले अरबी देशको स्रोतबाट पाएका छौं । हाम्रा लागि विपिन निकै महत्वपूर्ण छन् । उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’

अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी जोशी जीवितै रहेको सूचना आफूहरूले पाएको बताउँदै उनले बिहीबार काठमाडौंमा पत्रकारहरूसँग भने, ‘हाम्रा लागि विपिन निकै महत्त्वपूर्ण छन् । उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’

७ अक्टुबर सन २०२३ मा विपिनलाई हमासले इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो । त्यसयता उनको अवस्था अज्ञात छ । राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए ।

’अरब स्रोतहरूले विपिन जीवित रहेको बताएका छन् । तर, उहाँलाई कहाँ राखिएको छ र अहिले कुन अवस्थामामा छन् भन्ने हामीलाई थाहा छैन,’ राजदूत वासले भनेका छन् । उनका अनुसार हमासको कब्जामा अझै पनि १०० भन्दा बढी इजरायली र विदेशी नागरिक छन् ।

‘म जोशीको परिवार र अन्य व्यक्तिहरूले उहाँका बारेमा कस्तो महसुस गरिरहनुभएको छ भनेर बुझ्न सक्छु । विपिन धेरै महत्त्वपूर्ण हुनुहुन्छ । तर, हामीले बुझ्नुपर्छ, विपिनजस्ता अरु पनि धेरै छन्,’ उनले भनेका छन् ।

नेपालले विपिनको रिहाइका लागि लामो समयदेखि कूटनीतिक पहल गरिरहेको छ । इजरायलसँगको सम्झौताअनुसार हमासले केही बन्धकहरूको रिहाइ गरे पनि त्यो सूचीमा विपिन परेका थिएनन् ।

केही समयअघि गाजाको एक अस्पतालमा विपिन देखिएको दाबीसहितका समाचार सञ्चारमाध्यमहरूमा आएका थिए । हमास समूहले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो ।

विपिन जोशीका परिवार र आफन्तले नेपाल सरकारलाई उनको रिहाइका लागि पहल गरिदिन बारम्बार अनुरोध गर्दा पनि सरकारले रिहाइको पहल गर्न सकेको छैन । तर पछिल्लो समय अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल बन्धकलाई रिहाई गर्न हमासलाई चेतावनी दिएपछि बन्धकको रिहाइको संभावना बढेको छ ।

इजरायली मिडियाले कतारको एक रिपोर्टलाई उदृत गर्दै भनेको छ इजरायली सुरक्षा एजेंसीका निर्देशक रोनेन बारको नेतृत्वमा एक इजरायली प्रतिनिधिमंडल हमासका साथमा नयाँ ढंगले बंधकहरुको रिहाईका लागि वार्ता गर्न इजिप्ट गएका छन् ।

हिज्बुल्लाहका साथ सीजफायर एग्रीमेन्टपछि हमासले पनि इजरायलसंग आफ्नो युद्धविराम होस् भन्ने चाहेको छ । हमासका अधिकारीले नै यसको संकेत दिएका थिए । इजराइली मिडियाका अनुसार प्यालेस्टाइनी टेरर ग्रुपले इजिप्ट, कतार, तुर्कीएलाई संदेश पठाएर हमासको कब्जामा रहेका इजरेली बन्धकहरुका फिर्ताका बदलामा युद्धविराम गर्न चाहेको छ ।

ट्रम्पले आफ्नो धम्कीपूर्ण संदेशमा भनेका छन् कि २० जनवरी २०२५ सम्म बन्धकहरुलाई रिहा गरिएन भने त सिंगोे मिडिल ईस्टमा तबाही मच्चिने छ र ती मानिसहरुविरुद्ध कडा एक्शन लिइने छ, जो मानवताविरुद्ध अत्याचार गरिरहेका छन् ।

ट्रम्पले भनेका छन्, जसले यो काम गरिरहेको छ अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो सजाय पाउने छ । यस्तोमा ट्रंपको वाइट हाउसमा आउनुअघि नै अहिले अवस्थामा परिवर्तन देखिन थालेको हो । हमास स्वयं युद्धविरामका लागि इच्छुक भएको छ । यसले पनि हमासको नियन्त्रणमा रहेका विपिन घर फर्किने संभावना बढेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top